विश्वकप समारोहमा नेपालको झन्डा फहर्याउँदै प्रदीप र दिब्या
onlinekhabar.com · Sun Jun 14 07:05:12 GMT 2026

काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री दिब्या रायमाझी अहिले विश्वकप फुटबल प्रवर्धनको लागि क्यानडामा छन् । कोकाकोला नेपालका व्यवसायिक दूत रहेका उनीहरू त्यहाँ पुगेका हुन् ।
क्यानडाका विभिन्न सहरमा आयोजना भैरहेका विश्वकप खेलमा दर्शकको रुपमा उनीहरू सहभागी छन् । सह-आयोजक राष्ट्र क्यानडा र बोस्निया हर्जगोभिनाबीचको उद्घाटन खेलमा प्रदीप र दिब्याले नेपालको राष्ट्रिय झन्डा फहराए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)