छ सय ८१ कैदीलाई आममाफी
kathmandupress.com · Sun Sep 18 13:59:00 GMT 2022
काठमाडौं, असोज २ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएकी छिन् ।
राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बूसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार बैठकको सिफारिसमा असोज ३ गतेदेखि लागू हुने गरी आममाफी दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)