एमाले सचिवालय बैठक बस्दै
gorkhapatraonline.com · Fri May 22 02:38:34 GMT 2026

काठमाडौँ, जेठ ८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न सो पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।
यही जेठ ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ । एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ः३० बजे अध्यक्ष ओली निवास भक्तपुर, गुण्डुमा बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)