तरकारीमा वर्षाको प्रभावः बेमौसमीको घट्यो आपूर्ति, वर्षे तरकारी क्रमिक सस्तिँदै, केके बढे-घटे?
bizmandu.com · Mon Jun 27 09:04:26 GMT 2022
काठमाडौं। वर्षा लागेसँगै बेमौसमी तरकारी महँगिएका छन्। वर्षा लागेसँगै उत्पादन घटेका तरकारीको मूल्य उच्च हुन सुरु भएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ। तर वर्षायाममा पाइने तरकारी भने सस्तिएका छन्।
समितिका अनुसार वर्षा निरन्तर हुन थालेयता कालीमाटी थोक बजारमा तरकारीको आपूर्तिमा कमी आएको छ। बजारमा भित्रिने परिमाण गत साताभन्दा घटेको छ। गत साता दैनिक सरदर ६ सय टन भित्रिएको तरकारी यो हप्ता घटेर दैनिक सरदर ५ सय टनमा आइपुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)