गएका शताब्दीहरुमा अर्थतन्त्रले भौतिक रुपमा छुन मिल्ने, अनुहार भएका कागज अनि धातुका मुद्रँहरु देखेको छ । सुस्तरि डिजिटल प्रविधीको शुरुवातसंगै भर्चुअल मुद्राहरुको अवधारण र केही प्रयोग शुरु भएको हो । क्रिप्टोकरेन्सी पनि यस्तै भर्चुअल मुद्राका स्वरुपहरु हुन् । भर्खरै नेपालमा यस्ता करेन्सीहरु रोक लगाएको कुराहरु आएका छन्, आउनुहोस् जानौं यस्ता करेन्सीहरुका बारेमा ।
यो पनि हेर्नुहोस् : मदिराको वैदिक इतिहास..
क्रिप्टोग्राफीबाट क्रिप्टोकरेन्सी हुन गएको हो, क्रिप्टोग्राफी भनेको भौतिक जानकारीहरुलाई अरुले थाहा नपाउने गरि डिजिटल फर्ममा क्रयाक गर्न नमिल्ने गरि राख्ने तवर हो । यसरी डिजिटल रुपमा यस्ता करेन्सीहरुको विनिमय र हस्तान्तरण हेरिने र नियन्त्रण गरिने हुन्छ ।
क्रिप्टोग्राफी दोश्रो बिश्वयूद्ध ताका सैनिकहरुको सञ्चार गर्न, यूद्धपोतहरु बिच कुराकानी गराउन अकं लगायत अरुले नबुझिने पालसी भाषा मार्फत जानकारी आवतजावत गराउन गरिएको प्रविधी हो । सुस्तरि क्रिप्टोग्राफीले गणीत र सञ्चारको अदभूत नवप्रवर्तन ल्याउन सफल भयो, सञ्चारको डिजीटल एराको शुरुवात नै यही क्रिप्टोग्राफी वाट भएको भन्दा फरक नपर्ला ।
शरुमा कागजमा मुद्रा, अनि बैंकका चेक लगायत एटीम, डेबिड अनि क्रेडिट कार्ड लगायत अनलाईन पेमेन्टसम्म आएको अर्थतन्त्रका लागि क्रिप्टोकरेन्सी नौलौ स्वरुप हो । नेपालमा मात्र नभई बिकसीत बिभिन्न देशरुमै पनि यो अवधारण नौलो रुपमा हेरिएको छ, कत्ति देशको साईबर कानुनले सोच्दै नसोचेको परिवेशसम्म क्रिप्टोकरेन्सीको परिवृत फैलिएको छ ।
बिश्वको प्रथम क्रिप्टोकरेन्सी चाँही सन् २००९ बाट शुरु भएको बिटकोइन हो । अहिले सरर गुगल मा हेर्ने मात्रै हो भने पनि करिश ९०० हाराहारीमा क्रिप्टोकरेन्सीहरु पाइन्छ ।
क्रिप्टोकरेन्सीहरुले कसरी काम गर्दछ ?
बैकंमा नाम र विवरणहरु प्रयोग नगरि सरल र बिश्वसनिय हिसाबले पैसा राख्न र कारोवार गर्न यस्ता मुद्राहरु बनाइएको हो । बहुवितरणीय सार्वजनिक लेजरका रुपमा व्लकचेनलाई प्रयोग गरिन्छ । यो प्रविधी अत्यन्त बिकेन्द्रीत हुन्छ र यस्ता व्लकचेनमा कारोवारी आँफैले कारोवारका विवरणहरु रेकर्ड गर्दछन् ।
अचम्मको कुरा त के हो भने बिश्वको पहिलो क्रिप्टोकरेन्सी बनाउने कम्यूटर जिनियस सातोशी नाकोमोटोको हुन भन्ने कुरा अहिलेसम्म कसैलाई प्रमाणका साथ थाहा छैन् । यसरी क्रिप्टोकरेन्सीबाट कारोवार गर्दा सरकार या संयन्त्र कसैलाई कारोवारको बारेमा थाहा हुँदैन जसले गर्दा लागुऔषध कारोवारी लगायत अन्य गैरकानुनी धन्दाका कारोवारीहरुलाई रकम लिनदिन सहज हुने भय रहन्छ ।
क्रिप्टोकरेन्सीका एकाईहरु माइनिगं भन्ने प्रक्रियावाट तैयार गरिन्छ, अत्यन्त जटिल गणीतीय प्रक्रिया र हिसाबबाट तयार गरिने यस्ता करेन्सीलाई स्थानीय स्टोर या दलाल मार्फत खरिद गरेर आफ्नो भर्चुअल खल्तीमा राख्न सकिन्छ ।
यदि क्रिप्टोकरेन्सी को प्रयोग बढेर जाने हो भनें शेयर कारोवार लगायत बन्ड अनि थुप्रै कारोवारहरु यसै मार्फत हुने र अन्ततोगत्वा बैकं लगायतका बित्तिय सस्थाहरु नै बाइपास हुने संभावना पनि छ । यस बिषयमा स्पष्टसंग नबोलेको नेपाली कानुनी परिवेश र अर्थव्यबस्थामा अहिले भने क्रिप्टोकरेन्सी बन्द गर्ने नियम ल्याइएको छ । नेपालीहरुको पनि मौन रुपमा यस करेन्सीमा लगानी भएको कुरा भने जगजाहेर नै छ ।
बैंकमा खाता खोलेपछि मात्र केही रकम लिएर पैसा कारोवार हुने चलनलाई क्रिप्टोकरेन्सीले बिना खाता र नाम या विवरणको पूर्ण जानकारी बिना नै एउटा अन्जान व्यक्ति या नामले कारोवार गर्न सहज बनाएको छ ।
क्रिप्टोकरेन्सी भर्चुअल्ली सबैका लागि हरदम उपलव्ध छ । यसो भन्दैमा क्रिप्टोकरेन्सी फाईदा जनकनै छ भन्ने छैन्, मानिस बीचको नभई कम्प्यूटर र डिजीटल आधारमा गरिने यो कारोवार उत्तिकै जोखिमपूर्ण छ ।
भोली आफ्नो लगानी हराएमा कहाँ जाने ? कसलाई भन्ने ? क्रिप्टोकरेन्सीमा यो सुबिधा न्यून छ । स्मरण रहोस् यसअघि पनि बिभिन्न नेटवर्किगं व्यवसाय र मुनाफाको लोभमा नेपालीहरुको धेरै लगानी डुबेको छ । बिश्व मानचित्रमा क्रिप्टोकरेन्सीको बैधानिक र फाईदाजनक प्रयोग हुन शुरु भएमा नेपालमा पनि यसलाई स्वागत गरिन जरुरी छ अन्यथा केहीसमय बुझ्न पर्ने देखिन्छ ।
रातारात धनी हुने सपनामा भएका सम्पती पनि दाउमा नलगाऔं, क्रिप्टोकरेन्सी अहिलेलाई नेपालमा बन्देज लगाइएको छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: