पूर्वि पाकिस्तानबाट छुटै राज्य भएको बंगलादेशीहरुको स्मरणमा अझै पनि स्वतन्त्रताको आन्दोलनका यादहरु ताजै छ । अहिले रोनिगियाहरुका लागि बंगलादेशको यो उदारता यूद्धका पीडा प्रतिको समभाव पनि हुनसक्दछ ।
गएका महिनामा दक्षिण एसियामा म्यान्मारबाट भागिरहेका रोनिगिया समुदायको पीडा अनि व्यथाले दक्षिण एसियामा माईग्रेशन क्राइसिस नै सृजना गरेको हो । आखिर कहाँ जान्छन् त रोनिगिया हरु,
म्यानमार छाडेपछि ?
यो पनि हेर्नुहोस् : मदिराको वैदिक इतिहास..
प्रश्नको जवाफ एसिया प्रशान्त महासागर तटका कुनै देश अनि बन्दगरगाहसंग थिएन । उदासिन भारत, कडा थाइल्याण्ड, पहुँच बाहिरको पाकिस्तान लगायत थुप्रै देशहरुले रोनिगियाहरुलाई अपनाउन नसक्दा, बगंलादेशको सरकारले जनताको स्वीकृतीका साथ रोनिगियालाई स्वागत गर्ने भएको छ ।
केही बर्ष अघि जर्मनले पनि सिरियन शरणार्थीहरुलाई समायोजनका प्रक्रियामा ल्याएको थियो, त्यसका
सकारात्मक अनि नकारात्मक दुबै असर थियो र अझै छ पनि । बगंलादेशको यो कदम अनि त्यस पछाडिका कारणहरु आज प्रस्तुत गर्न चाह्यौं ।
पूर्वि पाकिस्तानबाट छुटै राज्य भएको बंगलादेशीहरुको स्मरणमा अझै पनि स्वतन्त्रताको आन्दोलनका
यादहरु ताजै छ । अहिले रोनिगियाहरुका लागि बंगलादेशको यो उदारता यूद्धका पीडा प्रतिको समभाव
पनि हुनसक्दछ । यता भारतका पनि बिभिन्न समुदाय अनि मुख्यत शिख समुदायले रोनिगियाको बसोवास र खानपिनका लागि थुप्रै खर्च अनि कसरत नगरेका भने हैन ।
बगंलादेशी प्रधानमन्त्री शेख हसिना आँफै रोनिगियाहरु बस्ने शरणार्थी क्याम्पमा गएर उनिहरु प्रति समभाव देखाँउदै म्यानमारी सरकारको यस कदमको बिरोध पनि गरेकी छिन् । म्यानमारले आफ्ना नागरीकलाई फिर्ता बोलाउनै पर्ने अनि ससम्मान जीवन दिनैपर्ने उनको भनाई छ ।
तत्कालका लागि अस्थाई वसोवास र राहतका लागि बगंलादेश तयार रहेको उनले बताइन् । एसियाली राष्ट्रहरुमा शक्तिका लागि घम्साघम्सी गर्ने भारत र पाकिस्तान जस्ता भिमकाय अर्थतन्त्र र राज्य व्यबस्थाको मौनताका बाबजुल बगंलादेशको यो स्नेह मानवीय संवेदनाका लागि यूगौ सम्म उदहारण
रहने पक्का छ ।
मुसलमान बाहुल्यता भएको बंगलादेशमा बहुसख्यक मुसलमान समुदाय रहेका रोनिगिया प्रतिको यो
समभाव कतै धार्मीक समबन्धको उपज मात्र त हैन ? अड्कल वाजी व्यर्थ छ । स्मरण रहोस्, रोनिगियाहरुको इतिहासले शताव्दी अघि बगंलादेश नै उनिहरुको उदगम बिन्दु रहेको देखाँउदछ ।
बगंलादेशी प्रधानमन्त्रीले रोनिगियाको मुद्धालाई हालै संयूक्त राष्ट्रसंघको साधारण सभासमक्ष पनि
पूर्याएकी छिन् । उनले त म्यानमार भित्रै संयूक्त राष्ट्र संघको सुपरिवेक्षणमा क्याम्प रहनु पर्ने आवश्यक्ता
समेत देखाइन् ।
आफ्नो देशमा केही बर्ष ५ देखि ६ लाख रोनिगिया थपिँदैमा आपत नआउने उन्को तर्क थियो । राष्ट्रसंघको प्रतिवेदन अनुसार करिब साँढे चार देखि ५ लाख रोनिगिया बगंलादेश भित्रिएको देखिन्छ । ५ करोड २०
लाख म्यानमारी जनसख्याँमा ११ लाख रोनिगिया रहेको छ । उतातिर आराकान रोनिगिया मुक्ति आर्मीले
भनें आफ्ना समुदाय माथि क्रुर व्यबहार गर्ने म्यानमारी पुलिस, आर्मी र सरकारलाई नछाड्ने बताएको छ ।
स्मरण रहोस् रोनिगिया समुदायमा ९८ प्रतिशत न्यून्तम गरिबी रहेको पाइएको छ र कूल रोनिगिया
शरणार्थीमा करिब ६० प्रतिशत बालबालिका रहेका छन् । सन् २००८ मा घोषणा भएको म्यानमारी संबिधान अन्तर्गत सैनिक नेतृत्वको सरकार रहेको छ । अहिले बिश्व भरि नै शरणार्थीहरु को दर्दका कथाहरु छन् । दक्षिण एसियाली परिपेक्ष्यमा तिव्बतियन पछि भुटानी शरणार्थीहरुलाई सम्म खुल्ला दिलले भित्राएका नेपालको जसरी नाम लिइन्छ त्यसै गरि यस पटक बगंलादेशले पनि नेपाल झैं साहसी काम गरेको छ ।
बंगलादेशी सरकार, समुदाय अनि संस्थाहरु लाखौं रोनिगियाहरुको बसोवास मिलाउने क्रममा व्यस्त भएको बिभिन्न सञ्चार माध्यमले जनाएको छ । बास्तवमा रोनिगिया मुक्ति आन्दोलनको नाममा बिभिन्न आतंकवादी संगठन हरुले म्यानमारी आर्मी अनि पुलिसको केन्द्रमा यहि २०१७ सालकै अगस्त २५ मा आक्रमण गरेपछि सर्वसाधरण रोनिगियाहरुको अवस्था दर्दर बनेको हो ।
आर्मीको क्रुर यातना, हत्या लगायत सिंगो गाँउ नै भलभती जलाउने सम्मका घटनाहरु भएको पाइन्छ ।
सिरिया, साउथ सुडान, नर्थ कोरीया, यमन, अफगानीस्तान, भेनेजुएला लगायतका अन्य थुप्रै देशहरुको
अवस्था यस्तै छ । दैनिक शरणार्थीहरु बाहिरिने क्रम धेरै छ, मान तस्करीहरुको बिगबिगी छ अनि दर्दनाक
घटनाहरु भइरहेका छन् । रोनिगियाहरुले जस्तै उनिहरुले पनि असल छिमेकीका रुपमा बगंलादेश जस्तै कुनै देशको मित्रवत बसाई पाउन् ।
शरणार्थी अधिकारलाई मानव अधिकारसंगै प्रत्याभूत गरियोस् ।
रोनिगियाहरुको बगंलादेश बसाई छिटै सकिओस् अनि सहृदय ससम्मान देश फर्कन पाउन् ।
नेपालबाट धेरै माया ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: