तिव्बती शरणार्थी हुँदै भुटानी शरणार्थीहरुले सम्म नेपालमा शरण लिएका छन् । सहिष्णु नेपाली समुदायले अफठेरोमा परेका शरणार्थीहरुलाई खुल्ला दिलले शरण नदिएका हैन तथापि शरणार्थी आगमनको आर्थिक अनि सामाजीक भार भनें गन्तव्य राष्ट्रले भोग्नै पर्दछ ।
यो पनि हेर्नुहोस् : तालिवान र अमेरिका बिचको तनाव
रोनिगिया शरणार्थीहरुलाई धर्म या बिश्वासको ब्रान्ड बाहिर राखेर तठस्त रुपमा शरणार्थी भनेंर बुझिन जरुरी छ । शरणार्थीलाई धर्मको खोल ओढाएर अनि बिशेषत ईस्लामीक भएकै कारणले बिभेद अनि भविष्यको सुरक्षा मुद्धासंग जोडेर हेर्ने गरिएको छ ।
हुन त सिरियन शरणार्थीहरुलाई शरण दिएकै कारणले पनि जर्मनीमा सुरक्षा संवेदनशीलताको कुरा
उठिरहेको छ । हुन त देशको सुरक्षा संबेदनशीलता र कुनै धर्म बिशेषको समबन्ध पक्कै छैन तथापि बिश्व
परिपेक्ष्यमा धार्मीक कट्टरताले गर्दा आततायी घटनाहरु घटेका कुराहरु पनि झुठा हैनन् ।रोनिगियाहरुको नेपाल आगमन असंभव भनें छैन्, बिश्वभरिनै सबैभन्दा गरिब देशहरुमा नै अधिकतम शरणार्थीहरुको चाप रहेको छ । मित्र राष्ट्रहरु भारत अनि बगंलादेश यस मामिलामा खासै उदार छैनन, गएका दुई दशकमा भुटानी शरणार्थीको मुद्धामा पनि भारतको असहयोगले नेपाली भूमिमा शरणार्थीहरु आएर बसेका हुन् ।
यस पटक पनि नेपालको कमजोर सरकार अनि परनिर्भरता ले गर्दा म्यानमारवाट तटिय क्षेत्र हुँदै बगंलादेश अनि भारत हुँदै फूलवारी मार्गवाट रोनिगियाहरु नभित्रने भने छैन् । सामाजिक रुपमा मिलेर बसेका नेपाली समाजमा आगन्तुक पाहुनाको आगमन अनि सामाजिक समायोजन सहज भने छैन, मानवता एक ठाँउमा छ तर मानवताका साथै राष्ट्रको प्रथम प्रार्थमिक्ता भने नागरीकको सुरक्षा र सम्पन्नता हुन जरुरी छ ।
भर्खर पठाएको भुटानी शरणार्थी अनि रहलपहल तिव्वतीयन शरणार्थीहरु पछि के नेपाल यो भार थाम्न
सक्षम छ त ? पक्कै पनि छैन् , हैन र ?
स्मरण रहोस्, नेपालमा गएका ५ बर्षदेखि नै केही सख्याँमा रोनिगियाहरु रहेको तथ्य छ तर दुख्खद कुरा
के छ भनें नेपाली प्रशासनले रोनिगियाहरुलाई शरणार्थीका रुपमा लिन सकेको या अझ भनौं समेट्न
सकेको छैन् ।
भारत संगको खुल्ला सिमानाका कारणले पनि नेपालमा आगन्तुकहरुको उपस्थितीलाई काबुमा राख्न
तथ्याकंगत पार्ने चलन छैन् । अर्कोतर्फ नेपालले सन् १९५१ को शरणार्थी कन्भेसन हस्ताक्षर गरेको छैन्, खुल्ला सिमाना भएको नेपालले शरणार्थीहरुलाई पहिचान गर्ने संयन्त्र जरुरी छ । गैरकानुनी शरणार्थीहरुको उपस्थितीलाई नेपालले सम्बोधन अनि उपचार गर्ने प्रावधान नभएसम्म रोनिगियाहरु को भावी उपस्थितीलाई नेपालमा नकार्न सकिँदैन् । नेपाल आईडल जस्तो प्रतिभाको खोजिमा पनि त जातिय भाव अनि समुदायका आधारमा झगडा गर्न सक्ने नेपाली समुदायमा थपिन जाने अर्को एउटा नितान्त आगन्तुक शरणार्थी रोनिगियाहरुले बोकेर ल्याउने आर्थिक र सामाजिक भारलाई नेपालले अहिले नै जोडघटाऊ गर्न जरुरी छ ।
शदियौं देखि म्यानमारमा पीडा र उत्पीडन सहेका रोहिनिगाहरु जुनै पनि देशमा गएर शरण लिएपनि
उनिहरुमा सैयौं बर्षदेखि रहेको प्रतिकारात्मक व्यबहार अनि जीवनको थोरै सिमान्त उपयोगिताहरुले संभाव्य नकारात्मक सामाजिक प्रभाव पार्न सक्दछ ।
अर्कोतर्फ शरणार्थीहरुको उपस्थितीले गन्तव्य राष्ट्रको अनौपचारीक अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्दछ । उनिहरु बसेको ठाँउमा श्रमको मुल्य घट्ने कारणले गर्दा त्यहाँ नेपाली नागरीकहरु को नै रोजगारी घट्न सक्दछ ।
शरणार्थीहरु जे जसो काम पाए पनि थोरै मुल्यमा काम गर्न राजी हुन्छन्, यस कारणले श्रमको मुल्य त्यस क्षेत्रमा घट्न सक्दछ । अत्याधिक बेरोजगारी अनि बैदेशिक रोजगारीको धेरै प्रचलन भएकाले नेपालमा थप शरणार्थीहरुको संभावना पक्कै पनि आर्थिक अनि सामाजिक रुपमा बिखण्डनकारी नै हुनेछ ।
नेपाली भूमिमा शरणार्थीहरु को पृष्ठभूमि हेर्दा लगभग समान सस्कार र परिवेश भएक शरणार्थी को
गन्तव्य नेपाल भएको पाइन्छ । तिव्बती शरणार्थीको पृष्ठभूमि पनि एतिहासिक रुपमा नेपाली संग कहिले
व्यापार त कहिले सामाजिक र धार्मीक समबन्ध संग जोडिएको छ । अर्कोतर्फ भुटानी शरणार्थीको ईतिहास पनि नेपाल अनि नेपाली भाषासंग जोडिएको छ । यसपाला यदि रोनिगियाहरु नेपाल भित्रिएको अवस्थामा भनें भाषा, संस्कार अनि पृष्ठभूमि कुनै पनि हिसाबले कुरो मिल्ने देखिँदैन् । पृष्ठभूमिको यो फरकले गर्दा सामाजिक समागम अनि सामान्य वार्तालापमा समेत अफ्ठेरो पर्न जानेछ । बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले पनि गरिब मुलुक नेपाललाई रोनिगियाहरु को अबको संभाव्य एउटा गन्तव्यका रुपमा कुरा गरिरहँदा नेपालले भनें आफ्नो राष्ट्रिय हीत र निती कत्तिको बुझेको छ , जान्न पर्ने कुरा पक्कै हो ।
हाम्रो पात्रोकालागि सुयोग ढकाल
Liked by: