स्तनपानका फाईदाहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

स्तनपानका फाईदाहरु




   Suyog Dhakal - Aug 07 2017

सन् १९९२ देखि अगस्त महिनाको प्रथम हप्तालाई बिश्वभरिनै स्तनपान सप्ताहकारुपमा मनाउने चलन छ । यो परिपेक्ष्यमा नेपाली समाज र स्तनपानका फाईदाहरु बारे अझै पनि जानकारी र जागरण पर्याप्त छैन र बढ्दो आधुनिकीकरणको चपेटामा नेपाली समाज यता न उता को पनि नभएको हैन् ।

यो पनि हेर्नुहोस् : लुतोका घरेलु उपचारहरु

कानुनी दायरा अनि परिभाषाले स्पष्टसँग स्तनपानलाई प्रार्थमिक्ता दिँदै बाहिरी फर्मुला दुध र लेपहरुलाई दुरुत्साहीत पार्ने भनिएतापनि नेपालमा बटुवा र पसलेहरुले कुनै हिच्किचाहट बिनानै फर्मुला दुध र अन्य लेपहरुको प्रयोग र प्रयोगकालागि हौसला दिनेगर्दछन् ।

यसपालाको स्तनपान दिवसको नारा भनें सबै मिलेर दिर्घकालिन स्तनपान भन्ने रहेको छ । बिश्वमा करिब ४० प्रतिशतमात्र शिशुहरुलाई सम्पूर्ण र पर्याप्त रुपमा स्तनपान गराइन्छ भनें कूल १९४ देशहरुमा केवल २३ वटा देशमा मात्र ६० प्रतिशत माथि सम्पूर्ण रुपमा स्तनपान गराइने दर छ । स्मरण रहोस् बिश्वभरि कुनैपनि यस्तो देश छैन जसले स्तनपानको पर्याप्तता र सम्पूर्णतालाई चाहेजती कायम गर्न सकेको छ ।
नेपाल डेमोग्राफिक हेल्थ सर्भेका अनुसार केवल केवल ५५ प्रतिशत शिशुले मात्र जन्मेको एक घन्टा भित्र स्तनपान गर्न पाउने गर्दछन् । र ६ मनिाभित्रका केवल ६६ प्रतिशत शिशुले मात्र पर्याप्त र सम्पूर्ण स्तनपान गर्न पाउदछन् ।

नेपाल जस्तो न्यून आर्थिक स्तर भएको बिकासोन्मुख देशमा स्वस्थ पुस्ता पाउनकालागि स्तनपान मात्र एउटा भरपर्दो तरिका हो तथापि यसको जागरणमा नेपाली संयन्त्रहरुउदासिन देखिन्छन् ।
स्तनपानका ३ मुख्यमन्त्रहरु यस प्रकार रहेका छन् ।

जन्मेको एकघन्टा भित्र स्तनपान
६ महिनासम्म सम्पूर्णरुपमा स्तनपान
र २ बर्षसम्म अन्य पुरक आहारहरु संगै स्तनपान

ल्यान्सेटको रिपोर्ट अनुसार यि तिनै स्तनपानका मन्त्र अवलम्बन गर्न पाए मात्र पनि बार्षिक रुपमा ८ लाख शिशुहरुलाई मृत्यूवाट जोगाउन सकिने छ ।

स्तनपानले शिशुमात्र नभई आमाकालागि अनि परिवारकै लागि पनि धेरै फाइदा गर्दछ । आर्थिक रुपमा पनि निशुल्क र सर्वश्रेष्ठ बाल आहारका रुपमा स्तनपान गर्नाले आमा र बच्चाबीचको भावनात्मक समबन्ध पनि अझ सुदृढ हुन्छ । दुख्खद कुरा त के छ भनें काठमाडौ लगायत बिकसीत शहरहरुकै पनि भएका मातृशिशु वार्डमा जाने हो भनें बेडै पिच्छे फर्मुला दुधका प्याकेट पाइन्छ ।

गाँउतिर पनि ५ महिनासम्म पनि स्तनपान नगराउने चलन पाइन्छ । नेपाली ठूलाठूला शपिगं मलहरुमा समेत एउटा स्तनपानको कुनो सम्म बनाइएको हुँदैन, स्तनपान मैत्री बिकासका संरचना नेपाली आवश्यक्ता हो ।

स्मरण गरौं त दैनिक रुपमा ८ पटक स्तनपान गराउन कतिजना नेपाली आमाहरु सक्षम छन् त ? भर्खरै नेपाल सरकारले सुत्केरी बिदालाई ६ महिना बनाएतापनि पर्याप्त र सम्पूर्ण स्तनपानकालागि २ बर्ष सम्म आमाहरु समय निकाल्न सक्षम छन त ? अनि बच्चाको स्वास्थजस्तो संवेदनशील कुरामा हामी किन संझौता गरिरहेका छौं, मननयोग्य कुरा छ ।

बिकसित देशहरुमा भनें कार्यवातावरणमै बालमैत्रि संरचना श्रृजना गरेर कार्यरत आमा र बच्चालाई एकै ठाँउमा समायोजन गर्ने चलन शुरु भएको छ । आशा छ अब आउने बर्षहरुका स्तनपान दिवसमा फर्मुला दुधहरुको बिक्रि बितरण नेपालमा हुने छैन र बिधालय स्तरवाटै स्तनपानकालागि जागरण गर्ने संरचना तैयार गरिनेछ ।

स्तनपान दिवस र सप्ताहको शुभकामना
अगस्त महिनाको १ तारिदेखि हप्तादिनसम्म स्तनपान सप्ताह मनाइन्छ, अगस्त ७ तारिखलाई स्तनपान दिवसका रुपमा मनाउने चलन छ ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.