बर्खायाममा कटहर बास्तवमै एउटा पुरस्कारजस्तै फल हो । रुखमा फल्ने यस फलको स्वाद र पोषण अनि बर्खायामका याद र अनुभवहरु अलौकीक हुन्छन् ।
यो पनि हेर्नुहोस् : जब फेवा तालमा साँझ पर्यो
अगेंजीमा ज्याकफ्रुट भनिने कटहर वास्तवमा नेपाली जनमानसका लागि नौलो नहुन सक्दछ । तराई, मध्यपहाडी र पहाडी क्षेत्रमा समेत कटहर फल्ने गर्दछ बाहिरी आवरण हरियो र पहेंलो रगंको हुने कटहर भित्रपटि मस्याईलो र केस्रैकेस्रा सहितको मिठो फल हो ।
एकतमासको बास्ना आउने यस फलको केस्रो भित्रको एउटा पातलो पहेंलो झिल्ली हटाएर खानपर्ने हुन्छ भने भित्रको दानाको पनि आफ्नै बिशेषता छ । कटहरका दानालाई ठाँउअनुसार बिभिन्न नाम दिइएको छ, तराईमा भनें आंटी भनिन्छ । यस्ता आंटीहरुलाई सुकाएर अनि पोलेर अचारका रुपमा या तरकारीकारुपमा पनि सेवन गर्ने चलन छ ।
कटहर भित्रको डांठलाई भिनाजु भनिन्छ , कतिपय ठाँउमा यस डांठको पनि तरकारी खाने चलन छ ।
के तपाईहरुलाई थाहा छ ?
कटहर संभवतः बिश्वभरिनै रुखमा फल्ने सबैभन्दा ठुलो फल हो । भिटामीन बि र पोटासियमको भण्डार कटहरमा अन्य थुप्रै पोषणहरु हुन्छन् । पाचन प्रक्रियाकालागि पनि कटहर अत्यन्तै उपयूक्त फल हो । यसको सेवनले पेट सफा हुने, निन्द्रा लाग्ने र अनुहारमा चमक समेत आउने बिश्वास गाँउघरमा छ ।
फाईबर, मीनरल र भिटामिनमा धनी यस फलको सेवनले कोलेस्टेरोलको समस्या पनि कम हुन्छ ।
हेर्दा खेरिनै कटहर पहेंलो र खाऊं खाऊं लाग्ने फल हो ।
सामान्यतया एउटा कटहर भित्र ५० देखि ५०० ओटासम्म केस्राहरु हुन्छन भनें हरेक केस्रामा एउटा दाना हुन्छ ।
गाईबस्तुकालागि पनि कटहरको बोक्रा अत्यन्त पोषक मानिन्छ, बिशेषतः लैना बस्तुभाउलाई कटहरको बोक्रा खुवाउनाले दुध बढ्नेगर्दछ ।
कांचो कटहरको तरकारी खान पनि असाध्यै मिठो हुन्छ ।
Liked by: