यसपटकको "एकादेशमा"मा "लछमनिया"- निर्देशक विकास न्यौपानेसँगको कुराकानी | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

यसपटकको "एकादेशमा"मा "लछमनिया"- निर्देशक विकास न्यौपानेसँगको कुराकानी




निर्देशक विकास न्यौपानेसंग कुराकानी

भैरहवा देखि नेपालगंजसम्म बसोबास गर्दै आएका अवधि समुदायको कथा बोकेर निर्देशक विकास न्यौपानेले निर्देशन गरेको चलचित्र "लछमनिया' यसपटकको एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवमा प्रदर्शनकोलागि छनौट भएको छ ।  "लछमनिया" अवधी समुदायमा हुने विवाहसंग सम्बन्धित कथा हो, यो समुदायमा रहेको "गौना"को चलनलार्इ चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ ।

यो पनि हेर्नुहोस् : "एकादेशमा"मा प्रदर्शन हुदै लघुचलचित्र "The Colors Of Life"

अवधि समुदाय र गौनाको बारेमा थुप्रै मानिसहरुलार्इ केहि अत्तो पत्तो नहुन सक्छ । यसअघी "The Silence Of Rickshaw" नामक लघुचलचित्र निर्देशन गरेका विकास न्यौपानेले धेरै समय र परिश्रम खर्चेर "लछमनिया" निर्माण भएको हाम्रो पात्रोसंगको कुराकानीमा बताए।

विकास न्यौपानेसंगको कुराकानी हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।

एकादेशमा अन्तराष्ट्रिय लघुचलचित्र महोत्सवमा प्रदर्शन हुने ४० भन्दा धेरै देशका ९० भन्दा धेरै लघु चलचित्र हेर्न आफ्नो सहभागिता अवश्य जनाउनु होला । महोत्सव १६ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म कुमारी सिनेमा हलमा चल्नेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.