मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका जातकका लागि जेठ महिनामा लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभारम्भको चर्चा चल्नेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । यो महिनाको लागि शुभ अङ्क ४, ५ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
View All monthly Rashifal
Liked by: