Nepali Monthly Rashifal 2083 Jestha | राशिफल - जेठ २०८३

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। द्वितीय भावमा सूर्यको गोचरले गर्दा सरकारी निकाय, प्रशासन र बैंकिंग सम्बन्धित कामकाजमा सक्रियता बढ्नेछ। धन संचयन वा आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछ तर अनावश्यक खर्च र घर सम्बन्धी कुराकानीहरूमा सतर्कता अपनाउनु उपयुक्त हुनेछ। महिनाको मध्यदेखि बुधको तृतीय भावमा गोचरले गर्दा धैर्य र पराक्रमले More...

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

वृष राशि हुनेहरूको लागि यो समय उत्तम रहेको छ। लग्न स्थानमा सूर्य र बुधको गोचरले गर्दा समय प्रभावशाली रहनेछ। समाजिक रुपमा मानसम्मान र प्रतिष्ठालाई बलियो बनाउन सकिनेछ। आफ्नो मूल्य सिद्धान्त र दीर्घकालीन लक्ष्य प्रति स्पष्टता आउनेछ। अरुको मान्यता खोज्नुभन्दा आफ्नै क्षमता र उपलब्धिमाथि भरोसा गर्ने प्रवृत्ति बढ्नेछ। सरकारी नेतृत्वमा कार्यरत More...

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। द्वादश भावमा सूर्यको गोचरले आर्थिक खर्चमा वृद्धि हुनुका साथै स्वास्थ्य र धार्मिक कार्यमा खर्च बढ्न सक्छ। वैदेशिक यात्राको साथै आध्यात्मिक उन्नतिको लागि पनि समय लाभदायी रहनेछ। पुरातत्व विभाग वा आध्यात्मिक खोजप्रति रुचि बढ्नेछ। मंगलको एकादश भावमा गोचरले गर्दा आयका नयाँ अवसरहरू फेलापर्नेछन्। More...

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। एकादश स्थानमा सूर्यको गोचरले आर्थिक पक्ष मजबुत रहनेछ। रोकिएका पुराना कामहरू पुनः प्रारम्भ हुनेछन्। साझेदारी व्यापारमा लाभ रहनेछ। आत्मविश्वासमा वृद्धिको साथै मान प्रतिष्ठामा वृद्धि हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। सामाजिक क्षेत्रमा सक्रियता बढ्नुका साथै प्रभावशाली More...

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। सूर्यको दशम स्थानमा गोचरले गर्दा उद्योग,व्यापारमा आफ्नो अलग पहिचान बनाउन सफल भइनेछ। बुवासँगको सम्बन्धमा सुधार आउनेछ भने बुवाको माध्यमबाट नोकरी वा पेशामा विशेष लाभ हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिको योग छ। प्रशासिनक र राजनीतिक क्षेत्रमा विशेष सफलता हात लाग्नेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन More...

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। सूर्यको नवम स्थानमा गोचरले गर्दा धार्मिक कर्ममा झुकाव बढ्नेछ। ज्ञान प्राप्तिमा रुचि र कार्यक्षेत्रमा सक्रियता बढ्ने संकेत देखिनेछ। पहिला रोकिएका कामहरू सहज रुपमा अघि बढ्नेछन्। कानुनी प्रक्रिया र प्रतिस्पर्धाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। नोकरी वा पेशामा अनुभवी व्यक्तिबाट उपयोगी मार्गदर्शन More...

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ। अष्टम भावमा सूर्यको गोचरले गर्दा आर्थिक पक्षमा आकस्मिक खर्च वा पुराना आर्थिक दायित्वहरू सक्रिय हुन सक्छन्। कर र ऋण सम्बन्धी विषयमा ध्यान दिनु लाभदायी रहनेछ। जोखिमपूर्ण लगानीबाट सावधान रहनुहोस्। मंगलको सप्तम भावमा गोचरले गर्दा साझेदारीमा नेतृत्व लिने इच्छा बढ्छ र व्यापारिक सम्झौता, सहकार्य More...

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सप्तम भावमा सूर्यको गोचरले गर्दा सार्वजनिक जीवनमा स्पष्टता र प्रतिष्ठा ल्याउने समय रहेको छ। परामर्श र जनसम्पर्कसँग सम्बन्धित क्षेत्रहरूमा सक्रियता बढ्नेछ। साझेदारीमा आफ्नो स्पष्ट भूमिका वा नेतृत्व ग्रहण गर्ने अवसर प्राप्त हुन सक्छ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनुका साथै More...

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धनु राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। षष्ठ स्थानमा सूर्य र बुधको गोचरले गर्दा नोकरी,पेशा र राजनीतिक क्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। आत्मविश्वास वा साहसमा वृद्धि हुनेछ। कानुन विपरीत कार्य नगर्नुहोस्। प्रशासनिक कामलाई व्यवस्थित गर्ने अवसर प्राप्त हुनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। दिएको ऋण फिर्ता लिने समय More...

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। पञ्चम स्थानमा सूर्य र बुधको गोचरले रचनात्मक क्षेत्रमा कार्यरत व्यक्तिहरू जस्तै लेखक,कलाकार, शिक्षक वक्ता,अनुसन्धानकर्ताहरूका लागि यो समय लाभदायी रहनेछ। आफ्नो प्रतिभा उजागर गर्ने अवसर प्राप्त हुनेछ। समाजमा प्रशंसा र लोकप्रियता बढ्नेछ। नेतृत्व क्षमता र अभिव्यक्ति कौशलतामा उल्लेखनीय सुधार आउनेछ। More...

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कुम्भ राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। चतुर्थ स्थानमा सूर्य र बुधको युतिले गर्दा घरको वातावरणमा केही परिवर्तन वा सक्रियता बढाउन सक्छ। घरको मर्मत, सजावट र वाहन सम्बन्धी कार्यहरूमा बढि ध्यान केन्द्रित हुनेछ। सरकारी कामकाज वा प्रशासनिक विषयवस्तुहरूमा प्रगति हुनेछ। मातासँग सम्बन्धित विषयवस्तुमा विशेष ध्यान आवश्यक रहेको छ। छरछिमेकी More...

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ। सूर्य र बुधको तृतीय स्थानमा गोचरले गर्दा व्यवहारमा परिपक्वता र कार्यक्षेत्रमा कार्यकुशलताको प्रशंसा हुनेछ। मेहनत वा लगनशीलताले अरुको मन जित्न सकिनेछ। नयाँ काम सुरु गर्नलाई हिम्मत बढ्नेछ। लामो समयदेखि रोकिएका योजनाहरू पुनः सक्रिय हुनेछन्। कठिन परिस्थिति वा प्रतिस्पर्धामा पनि आफूलाई दृढतापूर्वक More...

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.