Tula | Nepali Yearly Rashifal 2078 | तुला वार्षिक राशिफल २०७८

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूकालागि २०७८ साल मध्यम रहनेछ । देवगुरु वृहस्पतिले शुभ फल दिनेछ । यसको प्रभावले आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र धार्मिक यात्रा समेत हुनेछ, तर अढैया शनि, राहु र केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानशीक चिन्ता र ईज्जत प्रतिष्ठामा ह्रास आउनसक्छ । जन्म कुण्डलीमा शनि राम्रो हुनेहरूलाई भने वैदेशिक कार्यबाट राम्रो सफलता मिल्नेछ ।

व्यापार/व्यवसाय
तुला राशिकोलागि यो बर्ष आर्थिक हिसावले सामान्य उतारचडाव रहन सक्छ । शैक्षिक तथा विमा क्षेत्रमा गरिएको लगानि मौलाउनेछ भने धातु र स्वास्थ्यमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाईनेछैन । आर्थिक दृष्टिले साउन, भाद्र, असोज र चैत्र महिना शुभ रहनेछ ।

प्रेम/सम्बन्ध प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । आफन्त र नजीकका व्यक्तिबाट टाढिनु पर्ला । वर्षको अत्यामा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ र घरपरिवारबाट टाढिएकाहरू नजिकिनेछन् । सन्तानको रहर गर्नेले सन्तान सुख मिल्ने सम्भावना पनि रहेकोछ ।

शिक्षा
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । व्याक लागेका विद्यार्थीरुले सम्बन्धित विषयमा उत्तीर्ण गर्न सक्छन् । शोध र टेक्निकल क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । पढाईको सिलसिलामा बिदेश जानेले पनि राम्रो सफलता पाउनेछन् ।

पेशा/रोजगार
वृहस्पतिको कारणले नयाँ जागीर वा रोजगारको अवसरले पछ्याउनेछ । वैदेशिक रोजगारमा रहेकाहरूलाई पनि यो वर्ष सफलता मिल्नेछ । सरुवा र बडुवाको सम्भावना पनि प्रवल छ, शनि राहु र केतुको कारणले विद्या र बुद्धिमा केही कमजोरी भने हुनसक्छ ।

स्वास्थ्य
यो वर्ष चोटपटकको भय रहेकोछ । हात गोडामा चोटलाग्न सक्छ । नासा तथा ग्यासटिक रोगले सताउन सक्छ, र औषध उपचारमा खर्च बढ्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवस्यक छ ।

शुभ रङ्ग
सेतो, खैरो, पहेँलो, गुलाबी र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा
प्रत्येक शुक्रबार दुर्गाजीको आराधना, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । वर, पिपाल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहवाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.