तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि दिन सामान्य रहेको छ। सूर्यको द्वादश भावमा गोचरले खर्चमा वृद्धि लिएर आउनेछ। अनावश्यक तनावले मनमा चिन्ता रहनेछ। परिश्रम गरे पनि तत्काल लाभको लागि संघर्ष गर्नुपर्ने हुन्छ। माहको मध्यपछि बुधको युतिले वैदेशिक यात्रा वा विदेशतिरबाट केही सकारात्मक संकेत लिएर आउनेछ। शुक्रको एकादश भावमा गोचरले गर्दा आयका नयाँ अवसरहरू पनि फेलापर्नेछन्। विशेषगरी परिवारमा रमाइलो वातावरणको सिर्जना हुनेछ। दाजुभाइ आफन्त आफूभन्दा ठूलाप्रति प्रेम स्नेह बढ्नेछ। स्वास्थ्यको दृष्टिले समय अनुकूल नहोला आँखा दुख्ने समस्याले सताउला। व्यवहारमा परिपक्वता र समझदारीको कमी आउनेछ। विद्यार्थीहरूको लागि समय राम्रो रहेको छ। परिश्रम गरे कार्यक्षेत्रमा राम्रो परिणाम मिल्नेछ। प्रेम सम्बन्धमा भावनात्मक उतारचढाव रहनेछ। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal


Liked by: