International Day of Sport for Development and Peace | अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस | २०७५ चैत २३ | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Mar/Apr 2019
२०७५ चैत
२३
शनिवार
Apr 06, 2019
प्रतिपदा
अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस ( International Day of Sport for Development and Peace )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस





जब किर्तिपुरको मैदानमा नेपाली क्रिकेट हेर्न खचाखच दर्शकहरुको भिड जम्मा हुन्छ, तब त्यो दर्शकको भीडमा कोहि धनि या गरीब हुदैन, कोहि ठुलो जातका या सानो जातका हुदैनन्, या भनौ कोहि पहाडका कोहि तराइका हुदैनन्। सबै एकै हुन्छन, सबै नेपाली हुन्छन। धेरैले याद गर्नु भएको होला, नेपालले कुनै पनि खेल जित्दा "नेपाल जिन्दाबाद"को नारा लगाउने भिडमा जति एकताको भावना सायदै कतै देखिन्छ। यो प्रभाव खेल को हो, विश्वलाई एक सुत्रमा बाध्ने विभिन्न खेलहरुको।

हरेक वर्षको अप्रिल ६ तारीखको दिन खेलकुदले सामाजिक परिवर्तन, समुदायको बिकास र सबैमा शान्ति र समझदारीको भावना उजागर गर्न दिएको योगदानको सम्मान गर्दै अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइन्छ। संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१३ देखि यो दिवस मनाउन शुरु गर्ने निर्णय गरेको हो। खेलकुद एउटा विश्वब्यापी भाषा हो, यो समाजमा हुनेगरेको सबै किसिमको भेदभावबाट मुक्त हुन्छ। खेलकुदले युवा महिला र पुरुष जनसङ्ख्या, व्यक्तित्व र समुदायहरूको साथसाथै स्वास्थ्य, शिक्षा र सामाजिक उद्देश्यहरूको सशक्ततालाई प्रोत्साहन पनि गर्दछ। नेपालमा धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्नलागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानले नेपालको खेलकुद जगतको बिकासका लागि एउटा नया शुरुवात गरेको छ।

खेलकुद सधै एउटा शुद्द खेल मात्र होस्, यसमा राजनीति नहोस् , भारत र पाकिस्तान बिचको सम्बन्ध जे जस्तो भएपनि यिनीहरुको आउन लागेको विश्वकपमा प्रतिष्पर्धा हेर्न विश्व उत्सुक छ। खेलमा जति सुकै प्रतिद्वन्दी भावना भएपनि खेल सकिएपछि खेलाडीहरुले एक अर्का सँग हात मिलाउने या फुटबलमा जर्सी साट्ने बानिले यसको शुद्दता बयान गर्छ। यो सदा कायम होस्, आजको दिनको शुभ कामना।



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.