Rashtriya Poshak Diwas | राष्ट्रिय पोशाक दिवस | २०७६ पुष १७ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Dec/Jan 2020
    २०७६ पुष
    १७
    बिहिवार
    Jan 02, 2020
    वैशाख शुक्ल प्रतिपदा
    राष्ट्रिय पोशाक दिवस ( Rashtriya Poshak Diwas )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    राष्ट्रिय पोशाक दिवस




    राष्ट्रिय पोशाक दिवस विशेष अडियो सामाग्री

    “मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मुल नारा लिएर वि.सं. २०७० साल पौष १७ गतेका दिन देखी काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट सुरुवात गरिएको राष्ट्रिय पोशाक दिवस नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरुले हरेक बर्ष पौष १७ गते भव्यताका साथ मनाउदै आईरहेका छन्। यो अभियान देशको शान र सम्मानको प्रतिक हो र यसमा हामीले सदैव गर्व गर्नुपर्दछ ।

    राष्ट्रिय पोशाक दिवसको मुल लक्ष्य भनेको नेपालको औपचारिक पोशाक सरकारले घोषणा गरि सिंगो नेपालीहरुको पहिचान विश्वसामु पुर्याउनु हो। राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले राष्ट्रिय पोशाक संरक्षणको पहल गरियोस भन्दै विगत ७ बर्ष देखी निरन्तर सम्वन्धित निकायहरुमा दवाव दिँदै आएका छन्।

    आजको दिन विभिन्न जिल्लाहरुका अभियान्ताहरुको सहकार्यमा प्रदेश प्रदेशमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु गर्दै हरेक नेपालीहरुको मानसपटलमा पोशाकको सम्मान,आवश्यक्ता र संरक्षणमा युवाहरुलाई समेट्दै २० भन्दा बढी जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

    राष्ट्रिय पोशाक दिवसको सुरुवात गर्नुको मुख्य कारण पाश्चात्य संस्कृतिले नेपाली धर्म,संस्कृति,चाडपर्वलाई समेत नष्ट पार्ने हुनाले यसैको प्रतिकार स्वरुप यो अभियानको सुरुवात भएको हो।

    विगतका विभिन्न क्रान्तिहरुमा नेपालको राष्ट्रिय धरोहर,सम्पदा,चाडपर्वको इतिहास सकिए,विभिन्न जातिका पोशाक,रितिरिवाज समाप्त भए त्यसै गरि नेपालीहरुको विश्वमा पृथक र सर्वश्रेष्ठ रुपमा हेरिएको दौरा सुरुवाल,ढाका टोपी,गुन्यूचोली जसलाई नेपालको औपचारिक पोशाकको रुपमा हेरिन्छ। त्यसै तथ्यलाई आत्मसाथ गर्दै नेपालको अन्तर्राष्ट्रिय पहिचानको रुपमा रहेको राष्ट्रिय पोशाक(दौरासुरुवाल,टोपी,गुन्यूचोली) लाई सरकारले औपचारिक पोशाक घोषणा गर्दै सम्मान दिनुपर्ने यो अभियानको उद्देश्य हो।

    जनस्तरमा देखिएको पहिचानको यस स्वस्फुर्त योगदानमा सरकारको चासोको जरुरी हैन र ?

    किन आवश्यक छ राष्ट्रिय पोशाक ?
    हरेक देशको आफ्नो पोशाक हुन्छ तर प्रायः देशहरु कोट,पाइन्ट,सर्ट र टाईलाई सर्वव्यापी बनाउछन । जसरी हरेक देशले पहिचानमा झण्डा देखाउछ त्यसैगरि आफ्नो पहिचानको लागि आफ्नो राष्ट्रिय पोशाकलाई पनि प्रर्दशित गर्ने गरेको देख्न तथा सुन्न सकिन्छ । नेपाल सानो देश छ तर हरेक देशको स्वाभिमानको कुनै मुल्य हुदैन त्यसैले देशको राष्ट्रिय पोशाक हुनुपर्छ । देशको पहिचान विदेशमा झल्काउनको लागि विदेश यात्रा लगायतका अन्य औपचारिुक कार्यक्रम तथा भेटबार्तामा पनि देशको राष्ट्रिय पोशाक लगाउनाले त्यसमा देशको शान,सम्मान समेत जोडिन्छ ।

    हाम्रो नेपाली पोशाक विश्वमा नै पृथक,ऐतिहासीक र बेग्ले पहिचान बोकेको पोशाकको रुपमा रहिआएको छ ।  हरेक राजनैतिक कार्यक्रम,समारोह,सरकारी कार्यालयका कर्माचारी तथा उच्च ओदाहका ब्यक्तित्वहरुको आचरण तथा शिस्टतामा सम्पूर्ण देशको शान तथा ईज्जत जोहिएको हुन्छ तसर्थ जनताको प्रतिनिधिको रुपमा विशिष्ट दर्जाका व्यक्तित्वहरुले ष्ट्रिय पोशाक लगाई बैदेशिक भ्रमण गरे उत्कृष्ट हुने धारणा सायद हामी सबैको होला।  परिवर्तन सकारात्मक कुराहरुको गर्नुपर्दछ । 
    राष्ट्रिय पोशाक दिवसको शुभकामना

    -----
    राजानन्द माण्डब्य 



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.