New Year 2020/Rashtriya Melmilap Diwas/Topi Diwas | सन् २०२० प्रारम्भ/राष्ट्रिय मेलमिलाप दिवस/टोपी दिवस | २०७६ पुष १६ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Dec/Jan 2020
    २०७६ पुष
    १६
    बुधवार
    Jan 01, 2020
    वैशाख शुक्ल प्रतिपदा
    सन् २०२० प्रारम्भ/राष्ट्रिय मेलमिलाप दिवस/टोपी दिवस ( New Year 2020/Rashtriya Melmilap Diwas/Topi Diwas )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    सन् २०२० आरम्भ | राष्ट्रिय मेलमिलाप दिवस | टोपी दिवस




    बिदाई भनौ या स्वागतम, जाँदैछ सन् २०१९ अनि आयो सन् २०२०, आजबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताकासाथ सन् २०२० को स्वागत गरिँदैछ ।


    सन् २०२० आरम्भ विशेष अडियो दिवस

    बिदाई भनौ या स्वागतम, जाँदैछ सन् २०१९ अनि आयो सन् २०२०, आजबाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताकासाथ सन् २०२० को स्वागत गरिँदैछ । जिन्दगीलाई अनुभव र यादहरुको डोको रुपमा लिन सकिन्छ, हरेक बर्ष एउटा नयाँ अनुभव सगालिँदै पुरानो बर्ष बित्छ भनेँ नयाँ बर्ष आँउदछ । हुन त हामी नेपालीहरुको क्यालेन्डर देखि चाडवाड अनि कार्यलयगत कुराहरु धेरैजसो विक्रमसंबतमा आधारित भएकाले यो ईस्वीसंवतलाई आगन्तुक र पराई संवतका रुपमा लिने पनि गरिन्छ तर विदेश बस्नेहरु अनि अन्तराष्ट्रिय सँस्थाहरुमा काम गर्ने लगायत अन्तराष्ट्रिय संवतहरु ईस्वीसंवतमै संसारभरि हुनेभएकाले यो संवतको पनि भिन्नै प्रतिष्ठा र उपयोगीता छ । भनिन्छ नि, शुभकार्य र शुभकामना दिन ढिलाई गर्न हुँदैन भनेर तसर्थ छिटो छिटो गरेर हाम्रो पात्रो पनि आफ्ना प्रयोगकर्ताहरुलाई यस २०२० सालको हार्दिक मगंलमय शुभकामना ब्यक्त गर्न चाहन्छ । बिसं भने ईस्वी संवत भन्दा ५७ बर्षले अगाडी छ र जनावरी फेवरुवरि जस्ता १२ महिनाहरुले बर्ष दिनको घोतक गर्ने ईस्वी संवत हो भने बिक्रम संवतमा हाम्रा वैशाख, जेष्ठ जस्ता १२ महिनाहरु हुन्छन् भन्ने त हामीलाई थाहै छ ।

    हामीमध्य धेरैलाई फूर्सतिलो बनेर केहीवेर सोचाईमा अलमलिएर गएको बर्षको समिक्षा गर्न मन लागेको हुनपर्दछ, केहीबेर सोचौँ न कस्तो रह्यो त सन् २०१९ हाम्रो लागी ? के कस्ता उतारचढावहरु जिवनमा आए ? कसरी सामना गरियो ? के के कुराहरु लिएर अनि कस्ता कस्ता कुराहरु दिएर गयो त यो गएको बर्ष ? अनि अब आउने बर्षमा के कस्ता योजनाहरु, प्रक्रियाहरु, धारणाहरु तपाईले अवलम्बन गर्ने चाह राख्नुभएको छ ?

    हरेक नयाँ बर्षहरुमा हामी केही सोचाई या परिवर्तन गर्ने चाह राख्दछौ तर ती धेरै जसो चाहहरु अनि वाचाहरु त्यतिकै तुहिएर जाने पनि गर्दछन्, यस बर्षको सकारात्मक सोच अनि प्रगतीका लावालस्करहरु तपाईको पाईला अगाडी रहिरहुन्, फर्केर हेर्नुनपरोस अनि ताकेका चिताएका कुराहरुमै निशाना लागोस् ।

    यो नयाँ वर्ष नेपाल सरकारले घोषणा गरेको 'नेपाल भ्रमण वर्ष, २०२०' को कारण पनि सम्पूर्ण देश तथा देशवाशीहरुका लागि विशेष रहने भएको छ। पर्यटनका अथाह सम्भावनाहरु भएको हाम्रो देशमा यस वर्षलाई एउटा उत्सवको रुपमा लिन सकिन्छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठूला पूर्वाधार तथा योजनाहरुमा जोड दिने कार्यहरुमा पर्यटन क्षेत्रमा आबद्ध र अन्य सरोकारवालाहरुको सन् २०१९ व्यस्त रह्यो । भ्रमण वर्ष २०२० ले यस वर्ष मात्र नभई नेपालमा पर्यटनको भविष्यलाई समेत थप उज्ज्वल बनाउने विश्वास बोक्दै सबैलाई पर्यटन वर्ष २०२० को शुभकामना।


    यस अभियानका रचयिता पर्यटनमन्त्री रवीन्द्र अधिकारीको भने १५ फागुन २०७५ मा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा भएको निधनले सम्पूर्ण देशलाई स्तब्ध बनायो। मन्त्री अधिकारी जस्तै २०१९ मा अरु पनि धेरै चर्चित व्यक्तित्वहरुले हामीलाई छाडेर गए। नेपाली चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई,सशक्त कलाकार बि यस राणा र दिपक क्षेत्रीले पनि यसै वर्ष हामीलाई छाडेर गए। नेपाली कला क्षेत्रमा उहाहरुको अतुलनिय योगदान सदैव याद रहनेछ।

    सन् २०१९ मा २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिन्पिङको नेपाल भ्रमणले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बढाउँदै अन्तराष्ट्रिय ध्यान आकर्षण गरेको र नेपालमा विदेशी पूँजी प्रविधि भित्र्याउने वातावरण सिर्जना गरेको थियो। वर्ष २०१९ का सफल कार्यहरुमध्य एक सी जिन्पिङको नेपाल भ्रमण समेत हो।

    त्यसबाहेक सन् २०१९ मा सरकारले ल्याएको गुठी विधेयकको विरोधमा राजधानीमा विशाल जनप्रदर्शन समेत भयो। गुठी विधेयकको विरोधमा उर्लिएयो मानवसागरले आन्दोलन चर्काएपछि सरकारले विधेयक फिर्ता लिएको थियो। जनताहरुको असन्तुष्ट भए कुनै पनि कुराको विरोध गर्न मानवसागर ओर्लने सक्ने कुराको उदाहरण फेरी नेपाली जनताले यसवर्ष दिए र सोही आन्दोलनमा केहि दिन अघि प्रहरीको लाठि र पानीको फोहोराको दमन खेपेका आन्दोलनकारीले सुरक्षाकर्मीहरुलाई गुलाबको फुल तथा पानि खुवाएको दृश्यले अन्तराष्ट्रिय चर्चासमेत पायो। यसका साथै यहि वर्ष सार्वजनिक स्थलहरु सार्वजनिक नै हुनुपर्छ भन्ने आसयका विभिन्न अभियानहरु समेत प्रारम्भ भए। चाहे त्यो तराईको गुठिका जग्गाहरु खोज्ने अभियान होस् अथवा अकुपायी टुडिखेल, खुल्लामंच जस्ता अभियानले आधुनिकतासँगै जनजीवनको लागि खुला आकाश मुनि खुला चौर, बगैचा र सार्वजनिक जग्गाहरु चाहिन्छ र यो कुनै पनि आधुनिक मानवका लागि स्वस्थ फोक्सो जस्तै हो भन्ने संदेश पनि दिएको छ।

    सन् २०१९ मार्चको अन्तिममा बारा र पर्सामा गएको अनुमानित ३५ किमी लम्बाइ र औसतमा २०० मिटर चौडाइ रहेको हुण्डरी (टोर्नाडो)ले ठूलो जनधनको क्षति गरेको थियो। यसअघि नेपालमा ‘टोर्नाडो’ गएको तथ्य पहिला फेला नपरेकाले २०१९ को ‘टोर्नाडो’ नै नेपालको पहिलो ‘टोर्नाडो’ रहेको पुष्टि भएको हो।

    बहालवाला सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिनुपरेको लज्जास्पद खबरपनि २०१९ को चर्चामा आएको खबरहरु मध्य एक हो। अहिले कृष्णबहादुर महरा डिल्लीबजार स्थित कारागारमा छन्।

    आफ्नै महिला अनुयायिले यौन हिंशाको आरोप लगाएपछि का योगी सिद्धबाबाको विरुद्ध पक्राउ पुर्जी जारि भएसँगै अस्वस्थताकमो कारण देखाउदै अस्पतालको आइसीयुमा भर्ना भएका सिद्धबाबा केहि दिन पछि अदालतबाट ३ लाख धरौटीमा रिहा भए।

    कारागारमा परेर चर्चित भएको अर्को घटनाभने कमेडियन प्रनेश गौतम र गायक भी टेनको थियो। लोकतान्त्रिक देशमा वाकस्वतन्त्रता माथि भएका नियन्त्रणका केहि घटनाहरु यस वर्ष लाजमर्दो थियो। प्रनेश गौतमको सिनेमा समीक्षामा गरिएको कटाक्ष होस् अथवा र्‍याप गायक भी टेनलाई गीतकै कारण प्रहरीको चिसो छिंडीमा बास बस्नु पर्यो। शब्दकै कारण युत्युबमा अपलोड भै २४ घण्टामै लोकप्रिय बन्न सफल लोक गायक पशुपति शर्माको गीती भिडियो "लुट्न सके लुट" डिलिट गर्न बाध्य पारियो।

    चर्चित पत्रकार तथा टिभी प्रस्तोता रवि लामिछाने पक्राउ प्रकरणले पनि यस २०१९ लाई उत्कर्षमा राख्यो। सहकर्मी शालिकराम पौडेलले गरेको आत्महत्या अघिको भिडियो रेकर्डमा उनको नाम लिएपछि अनुसन्धानका लागि न्युज २४ को उनको कार्यस्थलबाटै पक्राउ गरिएको थियो। जसको विरोधमा चितवनमा मानवसागर ऒर्लिएको थियो।

    सन् २०१९ मा १३ औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग) को नेपालले सफल आयोजना गर्यो। सन् १९८४ मा काठमाडौंबाट सुरु भएको दक्षिण एसियाली खेलकुदको १३ औँ संस्करण फेरी २० वर्षपछि तेश्रोपटक नेपालमा आयोजना भएको हो। यस प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ५१ स्वर्ण पदक जित्न सफल रह्यो। खेलकुदकै कुरा गर्दा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले यस वर्ष टि-२० क्रिकेटमा सर्वाधिक विकट लिन सफल रहे। त्यसैगरी नेपाली अलराउण्डर करण केसीले त्यहि सुचीमा तेश्रो स्थानमा परे।

    यो बर्षभरिको हतारो सँगै, विस्मात र आश्चर्यसँगै, मिलन र विछोडसँगै अनि संभावनाका संवाहकहरुसित कतै यहाँले पालैपिच्छे मुस्कुराउन त विर्सनुभएको छैन रु एकफेर सोचौँ है, जिवनको मुलभुत उदेश्य र हरेक दिनको एउटामात्र निश्चय भनेको चाँही हाम्रो मुहारमा एउटा मिठो मुस्कान हो ।यस बर्षमा हाम्रा हाँसो अनि मुस्कानहरु उधारोमा नजाउन्, हरेक अवसरहरुलाई उत्साहका साथ मनाउन पाईयोस अनि दुख्खनै लेखेको छ भने पनि सामना गर्ने साहस होस् । बर्षहरु सँगै हामीपनि परिवर्तन भईरहेका छौ, जिवनका आयामहरु पनि परिवर्तनशील छन्, सन् २०२० ले यी परिवर्तनका आयामहरुलाई सकारात्मक गोरेटो तर्फ लग्नेछ, हैन त ? कुनै लत या बानी छोड्न चाहनुहुन्छ भने अटल आत्मविश्वास र दृढ सकंल्प होस्, यूवा पुस्ताका साथीहरु हुनुहुन्छ र कसैलाई आफ्नो मायाको उजागर गर्न चाहनुहुन्छ र सकिरहनुभएको छैन भनेँ यो बर्षले त्यो किस्सालाई पनि बल दिएर अभिब्यक्तगर्ने सामथ्र्य दियोस है , कि कसो ?

    पुराना दिनमा पोष्कार्डहरु साटासाट गर्दा लेखेर नयाँ बर्षका शुभकामनाहरु साटासाट गर्ने चलन अब त नेपालमा इन्टरनेटमा म्यासेज र च्याटले प्रतिस्थापन गरिसकेको छ । बर्षैपिच्छे प्रविधी अनि पहुँचमा नेपालले फड्को मार्दे छ, अबका बर्षमा पुराना अनि नयाँ दुबै चलनको निरन्तरता होस् । सातै प्रदेशका हिमालका हिँउ, पहाडका चुचुरा अनि तराईका हरिया फाँटहरुमा नेपालीपनाको महत्व झल्किरहोस् । २०२० सालमा, सपनाहरु साँच्न पाईयोस अनि तिनलाई पूरागर्न अगाडी बढ्ने अवसरहरु पाईयोस्, पसिनाको मुल्य पाईयोस् अनि अटल मुस्कानले नेपाली अनुहारहरु शोभायमान बनाईरहोस् है ।

    सन् २०२० का हरेक दिन मंगलमय हुन्, चित्त शुद्ध होस अनि शान्ति फैलियोस् ।

    शुभकामना


    राष्ट्रिय मेलमिलाप दिवस

     

    बहुभाषी, बहुसंस्कृती अनि बहुपहिचान भएको यो सानो तर सिङ्गो अनि पूर्ण देश नेपालमा विभिन्न जातजाती, धर्म, समूदाय, सम्प्रदाय अनि प्रजातीका मान्छेहरु नेपाली मनले बनेको एकसुत्रमा बाँधिएर बसेका छौं । यसरी धेरैभन्दा धेरै प्रकारका मान्छेहरु एकैठाउँमा यसरी मिलेर बसेको उदाहरणयुक्त देश हाम्रै हो । उदाहरणको लागि नेपाली क्यालेन्डरलाई एकफेर नियालेर हेरौ न! एकवर्षमा कति प्रकारका चाडवाडहरु, विशेष अवसरहरु अनि दिवसहरु रहेकाछन त?  नेपालीपन भनेको एउटा विविधता भित्रको एकता हो । यो एकता अनि सदासयता कायम गर्न हामी नेपालीहरुको एकअर्काप्रतिको सद्भाव, शान्त चरित्र, शालिन अभिव्यक्ति लगायत मेलमिलापको लामो इतिहास अनि वर्तमान आकांक्षा अत्यन्तै महत्वपूर्ण छ ।

    आज यहि मेलमिलाप अनि सदासयताको राष्ट्रिय दिवस, हो 'राष्ट्रिय मेलमिलाप दिवस' ।

    यूग नेता विपि कोईरालालाई काँग्रेसको राजनीति अनि एउटा पार्टीगत छवीबाट नहेरिकन स्वतन्त्र नेपाली वैचारीक योद्धाका रुपमा नियाल्ने हो भने मेलमिलापको राष्ट्रिय नीति वहाँको महत्वपूर्ण योगदानको रूपमा लिन सकिन्छ । उनैद्वारा स्थापित यस सद्भावात्मक विचारको कदर स्वरूप हरेक वर्ष पौष १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाइन्छ ।

    इतिहास पल्ट्याएर हेर्ने हो भने तात्कालिन राजतन्त्रात्मक शासन पद्धत्तिले मृत्यूदण्ड सुनाए पश्चात् प्रवासनमा रहेका बहूदलका पक्षधर अनि प्रजातन्त्रका सेनानी नेताहरु २०३३ सालमा आजकै दिन मेलमिलापको अवधारणा लिएर स्वदेश फर्किएका थिए । यस मेलमिलापको नीतिनुरुप सम्पूर्ण नेपाली राजनैतिक दलहरु र राजसंस्था मिलेर नेपालीपनको रक्षा गर्नुपर्ने अवधारणा अगाडी सारेका थिए । राजनैतिक खिंचातानीले विकासको मूलबाटो विराएको आजको देश देख्दा मेलमिलापको आजसम्मको ४१ वर्ष पुरानो नीति अझै सान्दर्भिक लाग्दछ ।

    आज सम्पूर्ण राजनैतिक पार्टि, तिनका अनेक भगनी सङ्गठनहरुले प्रजातान्त्रिक अभ्यासमा इतिहासका ति विशेष कालखण्डका महान जननेताहरु वि.पी. कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी, कृष्ण प्रसाद भट्टराई आदिका तस्वीरमा माल्यार्पण गर्दे राष्ट्रिय मेलमिलापमा वहाँहरुको योगदानको चर्चा गर्दछन् ।

    सन् २०६२/६३ पछी पहिचानको एउटा दौड नै शुरु भएको छ । पहिचानको यस दौडमा हामीले हाम्रो सामूदायीक, धार्मीक, भाषीक तथा भौगोलिक पहिचानको पैरवी त गर्यौं तर नेपालीपनको सकल पहिचान कतै ओझेलमा परेको त हैन ? सोचनिय छ है...

    राजनैतिक पार्टी, समूदाय, सभ्यता, धर्म अनि भाषा लगायतका कुराहरुमा मेलमिलाप र सदासयताको भावना नेपाली जनमनमा मिठास बनि घुलिरहोस्, एकताको विगुल फुकोस, सबै नेपाली एक हौं । बादल, चरा, नदि अनि बतासलाई कुनै सीमानाले छेक्न सक्दैन । नेपालीपन त्यस्तै विशाल शक्ति हो जून सदैव नेपाली हुनुमा गर्व गर्ने ताकत प्रदान गर्दछ अनि यो भावना सर्वदा जिवित रहोस्, जिवन्त रहोस् । तराइलाई दुख्दा हिमालले सहयोग गरोस्, पहाडका घाउहरुमा हिमाल र तराई मिलेर ओखती गरुन् । नेपाल साँच्चै पनि एउटा स्वर्गको टुक्रा हो, मेलमिलाप र एकताको भावनाले यो अनूपम स्वर्गलाई अझै उज्यालो पार्नेछ । आजको दिनको सम्पूर्ण नेपालीमा शुभकामना !

    टोपी दिवस

    सम्वत फेरिन्छ, वर्ष फेरिन्छ । बर्षहरुको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरुप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौं ।

    विश्व युद्धमा ढल्किएका वीरको शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको आज महिमा गान गर्न चाह्यौं, कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका बिषयमा कुरा जति गरेपनि अपुग नै हुन्छ । शिरमा सगरमाथाको स्वरुपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ, अनि सम्वतसंगै हरेक वर्ष जनवरि १ तारिखमा नेपाली टोपी दिवस स्वस्फूर्त रूपमा नेपालीजनले मनाउँदै आएका छन् ।

    ढाका टोपी दिवस भनेपनि नेपाली पुस्ताले ढाका टोपीसंगै भादगाउँले टोपीको पनि महत्व बुझ्न जरुरी छ । प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरु पनि ढाका टोपी पछाडीका अपुष्ट इतिहास हुन् । 'ढाका' नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान् । ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमैं रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यहि टोपी नेपाली शानको पर्याय हुन गएको हो । आज नेपाल ढाका कपडामा स्वनिर्भर छ, पाल्पा लगायतका धेरै ठाँउमा ढाका कपडाको उत्पादन हुनेगर्दछ ।

    नेपालका हरेक विवाह अनि समारोहमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन् । नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य छ, नेपाली राष्ट्रिय पोशाकमा ढाका टोपी बिना कुनै अर्थ रहँदैन पनि ।

    जाँदा जाँदै एउटा अर्को गीतको शब्द सम्पूर्ण नेपाली नेतृत्वलाई छाड्न चाह्यौं

    नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
    नेपालै नरहे

    पहाड या हिमाल हैन तराई अनि बिदेशमा रहेको नेपालीका लागि पनि यस टोपी उत्तिकै महत्वपूर्ण छ । जाँदाजाँदै सोघ्न चाह्यौं, के तपाईसंग नेपाली टोपी छ ?

    ---
    हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.