Nawami Shraddha | नवमी श्राद्ध | २०७७ भदौ २६ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Aug/Sep 2020
२०७७ भदौ
२६
शुक्रवार
Sep 11, 2020
Nawami
नवमी श्राद्ध ( Nawami Shraddha )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

नवमी श्राद्ध





सोह्र श्राद्धमा पितृहरुको देहान्त भएको महिना र पक्षलाई विचार गरिन्न, वहाँहरुको देहान्त भएको तिथीका आधारमा सोह्र श्राद्ध अर्थात पितृ पक्षका यि १६ दिनमा सोही तिथीमा वहाँहरुको संझना, दानपुण्य र श्राद्धकर्म गरिन्छ ।

हाम्रो पात्रोमार्फत हरेक सनातन चाडवाड, अवसर अनि तिनको सांस्कृतिक, वैज्ञानीक र सामाजिक प्रार्दुभावहरु हामी लिएर आइरहेका हुन्छौं, सोह्र श्राद्धको यो नवमी तिथीमा पनि यस छोटो सामाग्री प्रस्तुत छ ।

सोह्र श्राद्धका तिथीहरु क्रमश अघि बढ्दैछन्, यस वर्ष अन्य वर्षहरु भन्दा फरक छ, यस वर्ष कोरोना त्रासका कारणले सहज पितृ कर्महरु गरिन सकिएको छैन यद्धपी आँउदा वर्षहरुमा यी कठिनता र जटिलता हटेर जाउन, हाम्रो कामना छ ।

सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?

अन्य तिथी मा झैं यस तिथीमा देहान्त हुनुभएका पितृहरुहरुको श्राद्धकर्म, संझना, दानपुण्यका साथै सोह्र श्राद्धको नवमी तिथीमा पितृहरुको वैदिक तवरले संझना र अर्चना गरिन्छ ।

आजको विशेष तिथीमा मोक्षको द्धार सबैका लागि खुलोस् । बैतर्नी नदिको भेल सहज बनोस, धर्मको रक्षा होस ।

सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.