Falgunanda Jayanti | महागुरु फाल्गुनन्द जयन्ती (किरात धर्मावलम्बीहरुलाई मात्र) | २०७८ कार्तिक २५ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Oct/Nov 2021
    २०७८ कार्तिक
    २५
    बिहिवार
    Nov 11, 2021
    कार्तिक शुक्ल सप्तमी
    महागुरु फाल्गुनन्द जयन्ती (किरात धर्मावलम्बीहरुलाई मात्र) ( Falgunanda Jayanti )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    महागुरु फाल्गुनन्द जयन्ती




    फाल्गुनन्द जयन्ती विशेष अडियो सामग्री

    भनिन्छ, युग पुरुषहरुको जन्मका लागि निकै लामो समय लाग्छ; एउटा लामो कालखण्डमा एक जना मात्र युग पुरुषको जन्म हुन्छ भन्ने विश्वास पनि गरिँदै आइएको छ । यस्ता युग पुरुषहरुले आफ्नो ज्ञान, अनुभव र सिपको आधारमा युगौँयुगसम्म पनि समाजलाई सकारात्मक प्रभाव पार्ने र उत्प्रेरणाको पथमा अविचलित यात्रा गराइरहने विश्वास पनि गरिन्छ । यस्ता युग पुरुषहरुले आफूले मोक्ष मात्र प्राप्त गर्दैनन्, त्यसलाई समाजमा उपयोगी होस् भनेर ज्ञानको भण्डारलाई बाँड्ने पनि गर्छन् ।

    हाम्रो पात्रोले यस्ता युग पुरुषहरुबारे पनि विभिन्न सामग्री प्रकाशित गर्दै आएको छ, उनीहरुको जन्मजयन्तीको अवसरमा इतिहासका विभिन्न पक्षहरुलाई हामीले उजागर गर्दै आएका छौँ ।

    आउनुहोस्, आज चर्चा गरौँ, त्यस्तै एक महापुरुष गुरु फाल्गुनन्दबारे । १९४२ सालमा पूर्व नेपालको इलाममा जन्मनुभएका गुरु फाल्गुनन्दसँग अद्भूत तथा चामत्कारिक गुण रहेको विश्वास गरिन्छ । पूर्वी नेपालका विभिन्न ठाउँमा किराँतहरुको मगंहिम मन्दिरको स्थापना गर्न उहाँको विशेष र महत्त्वपूर्ण योगदान र सहभागिता रहेको मानिन्छ ।

    पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने अत्यन्त शालीन अनि प्रकृतिप्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको पार्दुभाव गर्न गुरु फाल्गुनन्दको विशेष भूमिका रहेको मानिन्छ । त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुनन्दको ठूलो भूमिका छ । त्यसैले पनि वर्षौपछि पनि विशेषगरि किराँत समुदायमा गुरु फाल्गुनन्दको चर्चा निकै चल्ने गरेको छ ।

    नेपाल सरकारले २०६६ साल मंसिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको सम्मानस्वरुप पाँचथर जिल्लामा एक गाउँपालिकको नाम फाल्गुनन्द गाउँपालिका राखिएको छ । अनि झापा जिल्लाको शान्तिनगरमा उहाँको पूर्णकदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडकमार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामाकरण गरेको छ ।

    प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रुपमा पनि चिनिने गुरु फाल्गुनन्दको तस्वीर प्रयोग गरेर नेपाल सरकारले हुलाक टिकट पनि जारी गरेको छ ।

    नेपालमा मात्र होइन, भुटान र भारतमा फैलिएका किराँत समुदायले पनि आजको दिनलाई गौरवशाली दिनका रुपमा लिने गरेका छन् । फाल्गुनन्द जयन्तीको अवसरमा किराँत समुदायका अगुवाहरुले विभिन्न कार्यक्रम गरिरहेका हुन्छन् ।

    समाज सुधारकका रुपमा पनि लिइने फाल्गुनन्दको पूरा नाम चाहिँ फाल्गुनन्द लिङ्देन हो । उहाँलाई अति प्रतिष्ठित गुरु, सत्यवक्ता र साधुका रुपमा पनि लिने गरिएको छ । उहाँले दिनुभएका दिव्यज्ञान अनि परमसत्य वचनहरुले आज पनि मानव जीवनको विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ । यीनै सामाजिक अनि आध्यात्मिक चिन्तनका गुरु फाल्गुनन्दको सम्झनामा नेपालका विभिन्न स्थानमा साँस्कृतिक कार्यक्रमहरु पनि गरिन्छ ।

    गुरु फाल्गुनन्दको दिव्य वचन तथा ज्ञानलाई आत्मसाथ गर्दै २०७० सालमा पहिलो पटक नेपालमा लिम्बु सम्मेलन पनि आयोजना गरिएको थियो । ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन् हेःक्याम्’ मूल नाराका साथ यो सम्मेलन आयोजना गरिएको थियो । यो सम्मेलनले लिम्बुहरुलाई अन्तर्राष्ट्रिय स्तरमा नै संस्थागत तथा संगठित हुने वातावरण सिर्जना गरेको विश्वास गरिन्छ ।

    गुरु फाल्गुनन्दका अहिंसाका सिद्धान्तहरु उदाहरणीय भएको पनि मानिन्छ ।

    तर, १९४२ सालमा जन्मिँदा फाल्गुनन्दको सुरुवाती दिन सहज थिएन । बाबु जगनबाज लिम्बु र आमा हंसमती लिम्बुका साँहिला छोराका रुपमा जन्मिनुभएका फाल्गुनन्दको न्वारनमा नरध्वज लिङ्देन नाम राखिएको थियो । तर, बाल्यकालमा सिकिस्त बिरामी भएपछि उहाँलाई बाबुले फलामका चुरा बनाएर हातमा लगाइदिएपछि उनको नाम फलामसिंह रहन गयो । पछि बेलायती सेनामा भर्ती हुन जाँदा फलामसिंहलाई परिवर्तन गरेर उहाँको नाम फाल्गुनन्द रहेको हो ।

    आठ वर्षको उमेरमा नै हत्या र हिंसाको विरोधमा फाल्गुनन्दले आफ्ना धारणा राख्नु भएको थियो । उहाँले नारीजाति सृष्टिकर्ता भएकाले उनीहरुलाई समाजमा उँचो सम्मान दिनु पर्ने, आफ्नो कूलदेवतालाई सदा विहान र बेलुका पूजा आरधना गर्नु पर्ने, माछामासु, मदिरा सेवन गर्न नहुने धारणा राख्नु हुन्थ्यो ।

    सेनामा रहँदा पनि साँझ विहान पूजापाठमा लीन रहने भएकाले उहाँलाई उहाँकै साथीहरुले ध्यानी योगी, तपस्वीलगायतका उपनामले बोलाउने गरेका थिए । लडाइँबाट विश्वमा शान्ति स्थापना नहुने निष्कर्ष निकालेर गुरु फाल्गुनन्दले बेलायती सेनाको जागिरबाट राजीनामा दिनु भएको थियो ।

    हत्याहिंसाका विरोधी, सत्य वचन र धर्मकर्ममा निष्ठ, समाज सुधारक महागुरु फाल्गुनन्दको आज परेको जन्म जयन्तीमा उहाँप्रति श्रद्धासुमन !



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.