नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्नेछ। कामको प्राथमिकता छुट्याउँदा समय बच्नेछ। नजिकको व्यक्तिसँग आवश्यक छलफल हुनेछ। थकान भए शरीरलाई विश्राम दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

विश्व स्वतन्त्रता दिवस
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
विश्व स्वतन्त्रता दिवस
पृष्ठभूमि
हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन संयुक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गर्दछ । अमेरिकाका पूर्व राष्ट्रपती जर्ज डब्ल्यु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वी र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वी युरोपमा कम्युनिस्ट शासनको औपचारिक अन्त्य भएको उपलक्ष्यमा सोही दिन अर्थात् नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । सन् २००१ मा जर्ज डब्ल्यु वुशले विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् ।
विश्वमा पूजिँवादको अत्यन्त जोडदार प्रवर्तक राष्ट्र अमेरिकामा आजको दिन युवा विद्यार्थीहरू अनि रिपब्लिकन पार्टीका युवाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाउने गर्दछन् ।

तपाईंका लागि सबैभन्दा महत्वपूर्ण स्वतन्त्रता कुन हो?
शित यूद्धको अन्त्य
विश्वमा शित यूद्धको अन्त्य गर्दै सोभियत युनियनलाई धराशायी पार्न ठुलो भूमिका निर्वाह गर्ने अमेरिकी पूर्व राष्ट्रप्रमुख रोनाल्ड रेगनको पनि आजको दिन अमेरिकामा चर्चा हुने गर्दछ ।
अमेरिकीहरूले विशेष जोड दिएर आजको दिनलाई विश्व स्वतन्त्रता दिवसका रूपमा मनाए पनि विश्वका अन्य राष्ट्रहरू विशेषतः यूरोपी राष्ट्रहरू भने आजको यस दिनलाई विश्व स्वतन्त्रता दिवसका रूपमा मनाउन उदासीन देखिन्छन् । शितयूद्धकाल देखिनै संसारमा पूजिँवादी, कम्युनिस्ट र केही समाजवादी देशहरूमा वैचारिक, कार्यगत अनि प्रणालीगत विवाद रहिआएको छ ।
न्यु ग्लोवलाइजेसन अनि न्यु न्याशिनोलिजमको विचार अनुसार सम्पूर्ण विश्वका बासिन्दालाई एउटै पहिचान अनि विश्वबन्धुत्वको दर्शन भित्र फराकिलो दायरामा राखिएको छ ।
चाहे हामी कम्युनिस्ट विचारधाराका हौँ या पूजिँवादी विचारधाराका हौँ या अन्य कुनै विचारधाराका हौँ तर स्वतन्त्रताको प्रत्याभूति अनि स्वतन्त्र जीवनयापनको महत्त्व मानव समुदायमा अति नै महत्त्वपूर्ण छ ।
नेपालमा स्वतन्त्रता
नेपालमा पनि क्रमैसँग विसं २००७, २०४६ अनि २०६३ गर्दै स्वतन्त्रताका नयाँ नयाँ आयामहरू थपिँदै गएको छ । स्वतन्त्रताको परिधिभित्र सहज जीवनयापन गर्न पाउने सहजता पनि पर्दछ । बाटोको अत्यधिक सवारी जाम देखि ग्याँस अनि तेलको लाइन, मूल्य वृद्धि, भ्रष्टाचार अनि कानुनी राज्यको कमी नेपाली समाजको स्वतन्त्रताका समस्याहरू हुन यसलाई हामी कुनै न कुनै रूपमा हरेक दिन हामी सबैले भोगी आएका छौँ । आशा छ नेपाली स्वतन्त्रताको परिभाषामा नेपालीहरूको सहज र पारदर्शी जीवनयापन पनि छिट्टै पर्नेछ । स्वतन्त्रताको शुभकामना ।





पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका –४ मास्टारमा आज साँझ बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट गजुरीतर्फ आउँदैगरेको बाप्र ०१–०२७ च ०३४० नम्बरको बोलेरोको ठक्करब...
म्याड्रिड । ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले पाँच अङ्कको अग्रता अझ बढाउने अवसर गुमाएको छ। आइतबार रियल रायो भायकानोसँग गोलरहित बराबरीमा रोकिएको हो। ३६ पटकको लिग विजेता रियल म्याड्रिड ...

महोत्तरी — जलेश्वर नगरपालिका–२ की सुदमा देवीको आर्थिक अभावमा उपचार गराउन सक्ने अवस्था छैन । ढाडको समस्याले ग्रस्त सुदमा हिँडडुल र उठबस गर्न सक्दिनन् । घरमा पीडाले छटपटिरहेको देख्न नसकेर बुहारी सन्त...

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले माग गरेका छन्।
झापाको शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । फाइल...

पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीले जेन–जी आन्दोलनमा तोडफोडसँगै लुटपाटमा संग्लनलाई धमाधम पक्राउ गर्न थालेको छ। आइतबार मोटरसाइकल, कम्प्युटर लगायतका सामाग्री चोर्ने दुई युवकलाई पक्राउ गरेको छ।
जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको छ । प्रदेश प्रमुख कार्...
२३ कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्स र ट्रेनिङ ग्राउण्डले लगातार जित निकाल्दै समृद्धि खुला महिला बास्केटबल प्रतियोगिताको उपाधि होडमा पुगेका छन् । आइतबार ग्राण्ड स्टार्सले लगातार पाँचौ र ट्रेनिङ ...