Pradosh Vrata/World Day for Safety and Health at Work/SEE 2078-Compulsory Environment Population And Health | प्रदोष व्रत/काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस/SEE २०७८-अनिवार्य स्वास्थ , जनसंख्या तथा वातावरण शिक्षा | २०७९ वैशाख १५ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2022
    २०७९ वैशाख
    १५
    बिहिवार
    Apr 28, 2022
    वैशाख कृष्ण त्रयोदशी
    प्रदोष व्रत/काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस/SEE २०७८-अनिवार्य स्वास्थ , जनसंख्या तथा वातावरण शिक्षा ( Pradosh Vrata/World Day for Safety and Health at Work/SEE 2078-Compulsory Environment Population And Health )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    प्रदोष व्रत | काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस





    प्रदोष भनेको के हो ?
    त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

    प्रदोष व्रत कहिले गर्ने ?
    प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।

    प्रदोषमा के नगर्ने ?
    प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।

    प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
    पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।

    काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस

    काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको पृष्ठभूमि के हो ?
    काम गर्ने स्थलले एउटा छुट्टै अर्थ राख्ने गर्दछ । यो कामदारहरुको स्वास्थ्यसँग प्रत्क्षय सरोकार राख्ने विषय हो । विभिन्न सर्वेक्षण अनुसार विश्वमा प्रतिदिन ६३०० श्रमिकको मृत्यु कार्यसम्बन्धी जोखिमले हुने गर्दछ । यस हिसाबमा कार्यमा सुरक्षा र स्वास्थ्यको अवस्थाको कमीले वर्षभरिमा २३ लाख मान्छे मर्दछन्, जुन तथ्याकं भयानक हो । स्वास्थ्य र सुरक्षाको सम्झौताका कारण कहिले संक्रामक रोग फैलिने त कहिले कार्यस्थलमा दुर्घटना हुने जस्ता अप्रिय घटनाहरू घट्ने गर्दछन् । काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस सन् २००३ देखि सुरक्षित, स्वस्थ र सभ्य कामलाई बढावा दिनको मनाउदै आएको अन्तर्राष्ट्रिय अभियान हो। यस दिवसले कार्यस्थलमा हुने व्यावसायिक दुर्घटना र रोगहरुको रोकथामको लागि सचेनता फैलाउन उल्लेखनिय भुमिका खेल्ने गरेको छ ।

    किन मनाइन्छ काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस ?
    सामान्यतया दैनिक ८ घण्टा कार्य गर्ने नियम छ जुन २४ घण्टाको एक तिहाइ समय हो । १० मा ८ दशमलव ८ अकं ल्याउने गरी विश्वभरिका कामदारको कार्य वातावरणमा सुधार गर्ने सन् २०३० सम्मको सहश्राव्दी लक्ष्य रहेको छ । कामदारहरुले ढुक्क भएर काममा जाने, काम गर्ने अनि फर्कन सक्ने वातावरण होस्, कामदारको स्वास्थ्य र सुरक्षामा कुनै कमी नहोस् भन्ने उद्देश्यका साथ यो दिवस मनाइन्छ ।

    यो वर्षको काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको नारा के हो ?

    यो वर्षको काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको मुल नारा “Act together to build a positive safety and health culture” अर्थात “सकारात्मक , सुरक्षित र स्वस्थ संस्कार निर्माणकालगि सामुहिक पहल गरौँ “ भन्ने रहेको छ । यो नाराले मजदुर र कामदारहरुको सुरक्षा र स्वास्थ्यको वकालत गर्दै सकारात्मक संस्कारको निर्माणमा जोड दिएको छ ।



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.