Tilkunda Chauthi | तिलकुन्द चौथी | २०७९ माघ ११ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jan/Feb 2023
    २०७९ माघ
    ११
    बुधवार
    Jan 25, 2023
    माघ शुक्ल चतुर्थी
    तिलकुन्द चौथी ( Tilkunda Chauthi )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    तिलकुन्द चौथी





    आजको तिथिमा विवेक र ज्ञानका स्वामी भगवान् गणेशको जन्म भएको मानिन्छ । भगवान् गणेशप्रति समर्पण गरिएको यस तिल कुन्द चौथीको पावन अवसरमा सबैलाई स्वागत छ । माघ शुक्ल पक्षको यस चौथीलाई गणेश जयन्तीका, विनायक चौथी वा वरद चौथी का रूपमा पनि मनाइन्छ । पवित्र तिल र कुन्द अर्थात् गणेशको प्रिय चमेलीको फुल, आजका दिन तिल र चमेली फुलको सुगन्ध भएका परिकारहरू भगवानलाई अर्पण गर्ने चलन हुन्छ ।

    यस दिन व्रत बस्ने र साँझमा गणेश र चन्द्रमाको पूजा गर्ने चलन छ ।

    घरको उत्तर पूर्व दिशाको कुनामा पूजा आसन राख्ने र नरिवलको तेलमा दियो बालेर पूजा गर्ने, आरती गर्ने र ॐ गं गणेश्वराय विघ्ननायकाय नमः॥ मन्त्रलाई १०८ पटक जप गर्ने चलन छ ।

    गणेशलाई प्रिय वस्तुका रूपमा तिलको मिठाइलाई लिइन्छ, आजका दिन गणेशलाई तिल कुट नाम गरेको तिलको लड्डु चढाउने चलन छ ।

    दुख् कष्ट निवारण गर्दे बाधा अड्चनहरूलाई हटाउन आजको दिनको पूजाको विशेष भूमिका रहने बताइन्छ ।

    शास्त्रमा वर्णित छ कि बाधा हटाउने भगवान् श्री गणेशको नियमित पूजा गर्ने सबैको दुःखको अन्त्य हुन्छ । मंगलमूर्ति र पहिलो पूजा गरिने भगवान् श्री गणेशलाई "संकथरण" पनि भनिन्छ। तिलकुन्द चौथी को दिन व्रत बसेर भगवान् श्री गणेशको पूजा–आराधना गर्नाले सुख–समृद्धि, ऐश्वर्य–वैभव र आन्तरिक शान्ति प्राप्त हुन्छ । यति मात्र होइन, व्यापारमा सदैव समृद्धि र घरमा सुख समृद्धि रहन्छ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.