संगीत वा कलाको क्षेत्रमा आफन्तहरूको साथ मिल्नाले मन प्रसन्न र आनन्दित रहनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्राबाट सफलता प्राप्त हुनेछ। आर्थिक स्थिति सन्तोषजनक रहनुका साथै प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

हरेक वर्षको भाद्र शुक्ल पक्ष तृतीया तिथिमा वराह जयन्ती मनाइने गरिन्छ ।
वेदका अठार पुराणमध्ये वराह पनि एक हो । बराहको दाँतले बलिको प्रतिनिधि गर्छन् । उनको आँखाले दिन र रात बनाउँछन् भने उनको शिरले भगवान् ब्रह्मालाई स्थान दिएको धार्मिक मान्यता रहिआएको छ । यिनै वराह अवतारले पृथ्वीलाई प्रलयबाट बचाएर एउटा नयाँ सुरुवात दिएका हुन् भन्ने विश्वास गरिन्छ । श्री वराह देव को कृपा ले हामी सबैको समस्त मनोकामना पूर्ण होस् ।
वराह जयन्तीको सबैलाई शुभकामना छ !



