आउँदा दिनहरु
-
२१माघविश्व क्यान्सर दिवस भोलि
-
२५माघरविसप्तमी व्रत ५ दिन पछि
-
२६माघगोरखकाली पूजा ६ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ७ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ११ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १५ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १६ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १७ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १८ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा २१ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २६ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २७ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २९ दिन पछि
-
२४फागुननारी दिवस ३३ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३६ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ४१ दिन पछि
-
३चैतपाहाँचःह्रे ४२ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ४३ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४४ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४७ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४८ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४९ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ५२ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५४ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५५ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५६ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५७ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५९ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
कार्तिक कृष्ण चतुर्दशी
लक्ष्मी पूजा | सुखरात्री | महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती | कुकुर तिहार | नरक चतुर्दशी | विश्व शहरीकरण दिवस
श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम:॥
कमलमा विराजमान श्रीहृश्री जस्ता बीज मन्त्रले आशीर्वाद दिनुहुने महालक्ष्मी माताको जय, वहाँ माताको याद मात्र गर्नाले सबै प्रकारको प्रसाद र आशीर्वाद प्राप्त हुन्छ।
आजको दिनको विशिष्टता
हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्ग को पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेल रोटी, अर्सा अनि अनर्साको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिर झीर गरिरहेको छुरछुरे (झिर झीरे), आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूल झरी लगायतका रौनकहरू आजको दिनको विशिष्टता हो ।
आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ । यी द्वारहरूबाट वर्षै भरि खुसी अनि उत्साहको प्रवेश होस् । ऊर्जावान् तिहारको उज्यालो शुभकामना !
सुखरात्रि
सुख रात्रि बुझ्नका लागि चार विशेष रात्रिहरू पहिले बुझ्न पर्दछ । सनातन दर्शनमा वर्षभरिमा चार रात्रिहरूलाई महत्त्व र चन्द्रमानका आधारमा विशेष मानिन्छ ।
यी चार रात्रिहरू वर्षका फरक फरक दिनमा पर्दछन् ।
चार रात्रिहरू
पहिलो, भदौ महिनामा पर्ने जन्मसँग सम्बन्धित भगवान् श्रीकृष्णको जन्माष्टमीको रात हो जसलाई मोहरात्री पनि भनिन्छ । मोह रात्रिबाट वर्षका चार विशेष रात्रिहरूको सुरुवात हुन्छ ।
दोस्रो, असोज महिनामा पर्दछ । नवरात्रिको अष्टमीको रात अथवा कालरात्रि पनि भनिन्छ, यस रात्रि शक्ति र सामर्थ्यका लागि विशेष महत्त्वपूर्ण रहन्छ ।
तेस्रो, कार्तिक महिनामा पर्ने ऐश्वर्यसँग सम्बन्धित लक्ष्मीपूजाको रात अथवा सुख रात्रि
चौथो, फाल्गुण महिनामा पर्ने मोक्षसँग सम्बन्धित भगवान् शिवको रात अथवा शिवरात्रि । आज चाँही सुख रात्रि, यस वर्षको सुख रात्रिको सबैलाई शुभकामना छ ।
"भैलिनी आयौ आँगन, गुन्यू चोलो माँगन्
हे औँसीको बारो, गाईतिहारो भैलो...."
आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार 'गौ माता'को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रूपमा हेर्ने गाइका हरेक कुराहरू पूजनयोग्य मानिन्छ । कुनै चोखो नितो काम गर्दा यी नै गौ माताको गौँत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परिक नेपाली माटोका घरहरू एकाबिहानै गाइको गोबर र माटो मिसाएर दैलो, चुल्होलाई लिप्ने चलन छ । गाईको दूधको महिमा त अपरम्पारै छ ।
आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चे, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान् पृथ्वी लोकमा आउने र आशिष् दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडीको तुलसी मोठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यी नै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।
रङ्गहरू, बत्तीहरू अनि पर्वमय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरू आकाशबाट पृथ्वी लोकमा झरेर सबैका आँगनमा बत्तिका रुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरु झै हामी सबैको जीवनको आशाको बत्ती कहिल्यै ननिभोस्, भैलिनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस् अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।
लक्ष्मी जयन्ती
कालो बादलबाट खसेको
अन्धकारमा भित्र पसेको,
ईश्वर हो कि भिखारी ?
ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवि लक्ष्मीप्रसाद देवकोटाले ।
माग्दछ करुणा भाइहरूमा
आई पृथिविवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी ?
समाजको छर्लगं चित्रलाई बडो चित्ताकर्षक ढगंले पस्कने महाकविका कृती अनि अन्तर्राष्ट्रिय लेखकहरू सँगै अब्बल ढङ्गले पौंठेजोरी खेल्न सक्ने उनका कृतीहरूकै कारणले गर्दा होला देवकोटालाई कतिले 'जियोग्राफिक मिस्टेक' भनेर समेत चित्रण गरेका छन् । स्वर्गमूमि नेपाल अनि नेपालको साहित्य रसका हिरा कृतीका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर विद्यमान छन् ।
आजको दिन नेपाली साहित्य कालागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा जन्म भएको हो ।नेपाली साहित्य अनि वाङमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । वहाँका अमर कृतीहरुः मुना-मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरूले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।
"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन"
मुनामदनको यी श्लोक उति बेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी सामाजिक न्यायको बिगुल स्वरूप महाकवि छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उति बेलाको नेपाली समाजकालागि यो एउटा ठुलो क्रान्ति नै हुनुपर्छ । शायद यही कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तर्राष्ट्रिय लेखकहरूले पनि दिल खोलेर गरेका छन् ।
तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात् लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।
निबन्ध स्वरूपमा अझ प्रखर र भरिला अभिव्यक्तिहरू दिन सक्ने महाकविले सत्र वर्षको उमेरमै भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा कलामा स्नातकोत्तर अध्ययन गर्नुभएको हो । वहाँका मुनामदन, वन कुसुम, प्रमिथस लगायतका कृतीहरू अनि भिखारी, गाइनेको गीत, पागल, पुतली लगायतका कविता संग्रहहरु नेपाली साहित्य अनुरागी कालागि सृजनाको कोशे ढुङ्गा साबित भएको छ । वहाँका कृतीमा वेदना र रसिकताको अद्भुत मिश्रण सहितको एउटा सम्मोहन पाइन्छ ।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठुलो मानव अवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दा बल्दा तीन कवि जय शङ्कर प्रसाद, सुमित्रा नन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटाका जीवनका विभिन्न घटनाक्रमहरू अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन् । विद्यालय जीवनमा आफूले लेखेका कविताहरू साथीहरूलाई सुनाउँदा उनीहरूले त्यो कविता देवकोटाले लेखेका हुन भनेर पत्याउथेनन । सुरुवातकालीन दिनहरूमा कवि शिरोमणि लेखनाथ पौड्यालका कृतीहरूबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरू वर्डसवर्थ र सेलीका अङ्ग्रेजी सृजनाहरूलाई पनि पढ्न थाले । पढाई का हिसाबमा देवकोटाले आईएस्सी त्रिचन्द्र कलेज वाट गरेका हुन् भनेँ बिए बिएल चाहिँ पटना विश्वविद्यालयबाट गरेका हुन् ।
बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एक दिनभरि नै लगातार छाताका विषयमा भाषण गरिदिएका थिए । दिनै भरि एउटा उदेक लाग्दो विषयमा भए पनि आकर्षक शब्दहरूको माला र वह आयाम केलाउन सक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रूपमा नेपाली बाङ्गमय को प्रगतिका लागि आएका हुन् ।
वर्तमान त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन अनि बढोत्तरी कालागि पनि महाकवि आफू शिक्षा मन्त्री हुँदा गरेका दूरगामी कदमहरू प्रशंसनीय छन् ।
चिताग्नि तापी जल डाल्न फाली
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखीर भै खाक त्यसै बिलाएँ।
वि सं २०१६ सालमा संसारबाट बिदा भएका यिनै महाकविको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धा सुमन । भाषा, साहित्य र हाम्रा मूर्द्धन्य साहित्यकार तथा स्रष्टाहरू वहाँहरूको सृजनासँगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुन्जेल बाँचिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् ।
कुकुर तिहार
दीपावली अर्थात् उज्यालोले भरिएको खुसीयालीयुक्त तिहार, एउटा विशेष ऊर्जासहितको उमङ्गमय चाड । हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि परिचित छ । पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रीत वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ ।
मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित छ आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्त्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।
ऋग्वेदमा कुकुर
ऋग्वेदमा स्पष्ट रूपमा 'समरा'को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।
महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्ग को प्रतिनिधिका रूपमा लिइन्छ । तन्त्र साधक निडर भगवान् भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ ।
आज यिनै कुकुरहरूको पूजा गरिने दिन हो है, आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति छ । मानव समाज र कुकुरहरूको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ । आज घरपालुवा मात्र नभई सडकका कुकुरहरूलाई पनि माला पहिराइ, अबिरको टिका लगाई खाना खान दिने गरिन्छ । यसरी फूलको माला लगाइदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्त्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरूप्रति समर्पित दिन हो ।
आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्ड भोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।
सनातन धर्म एकदमै पृथक् छ र त्यत्तिकै वैज्ञानिक पनि छ । यसका संस्कारका आधारहरू, प्रकृति, प्रेम अनि मानवतालाई अत्यन्त विशिष्ट स्थान दिएको अनि हरेक प्रकृतिका सृजनाहरूमा इश्वरत्व अनुरूप व्याख्या गरिएको छ ।
मानव व्यवहार एउटा ऐनाजस्तै हो, हामीले जस्तो व्यवहार गर्छौ त्यस्तै प्रतिविम्बस्वरुप व्यवहार पाँउछाै । यस पृथ्वीका हरेक जनावरहरूलाई हाम्रो माया र सदाचारको खाँचो छ र शायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यही ज्ञान दिन खोजेको हुनुपर्छ । विज्ञानले पनि पारिस्थितकी तन्त्र (Eco-System) का रूपमा हरेक प्राणीहरूको अस्तित्व एक अर्कासँग सम्बन्धित देखाएको छ ।माया दिऔँ, माया बाँडौँ अनि माया पाँऔं, सबैको मङ्गल होस्, जीव र मानव जीवनबिचको सुमधुर सम्बन्धको यो यात्रा जूगाै जुग चलिरहोस् । शुभकामना !
नरक चतुर्दशी
यस वर्षको यमपञ्चकका दिनहरू मध्य एउटा मानिने नरक चतुर्दशी मा सबैलाई स्वागत छ । मलाई यस चतुर्दशी असाध्यै दार्शनिक र तार्किक लाग्छ, आउनुहोस् सुरु गरौँ कुराहरू ।
आखिर नर्क या नरक के हो त ?
आखिर जन्म र मरण पछिका सनातन विश्वासहरूमा सदैव आउने कुरा नै स्वर्ग र नर्क त हो । राम्रो कर्म गरेमा स्वर्ग जाने र नराम्रो कर्म गर्दा नर्क जाने जनमान्यता छ । यो सनातन दर्शनमा मात्र नभई लगभग हरेक धर्म र विश्वासमा पाइने तर्क हो । नर्क कसैको रोजाई मा पर्दैन किनभने नर्कमा अनेक सास्ती र दुख्नका भोगाई रहने विश्वास गरिन्छ ।
वैतरणी नदी तरेमा मात्र स्वर्ग पुगिन्छ भन्ने मान्यता छ । नरक चतुर्दशी मात्र यस्तो तिथि हो जहिले नर्कको उपस्थिति र केही हदसम्म नर्कको महत्त्व पनि बयान गर्दछ । नर्क बिनाको स्वर्गले खासै मान्यता राख्दैन, नर्क चतुर्दशी ले यस कुरालाई सबैलाई विचारयोग्य बनाएको छ ।
नरके भनेको के हो ?
यस चतुर्दशी ले हरेक मान्छेलाई नर्कमा नजानका लागि सत्कर्मको बाटो अवलम्बन गर्न पैरवी पनि गर्दछ । यस दिन नर्के नुहाउने चलन हुन्छ, तिलको तेल दलेर जलाशयमा नुहाउनुलाई नर्के नुहाउने भनिन्छ, कार्तिकको यस मन्द जाडोमा नुहाएपछि तिलका झिँगटाहरु बालेर ताप्ने चलन छ । आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काइ बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउने कार्यलाई नरके बगाउने भनिन्छ।
स्नान गर्दा हरेक पल नर्क नजानका लागि सत्कर्म गर्ने तत्परता र धर्मको पथमा हिँड्ने वचनलाई आत्मसाथ गरिनुपर्दछ । भन्ने नै हो भनेँ नर्क र स्वर्ग पृथ्वीमा नै छ, नर्क चतुर्दशी ले सबैलाई कर्मको पथमा सत्यले डोर्याउन सकोस् ।
शुभकामना
विश्व शहरीकरण दिवस 
विश्व सहरीकरण दिवस २०२४
आज ‘विश्व सहरीकरण दिवस २०२४’ विश्वभरि अनेक कार्यक्रम गरी मनाइँदै छ ।
आज यूएनहेबिट्को सहजीकरण मा विश्वभरिका देशका प्रतिनिधिहरूको संलग्नतामा विश्व सहरीकरण दिवस मनाइँदै छ ।
विश्व सहरीकरण दिवसको पृष्ठभूमि
अक्टोबर ३१, २०१४ मा पहिलो सहरीकरण दिवस मनाइएको थियो । सन् २०२४ को विश्व सहरीकरण दिवस एघारौं संस्करण हो ।
अक्टोबर महिनालाई अर्बन अक्टोबर भनिन्छ, सहरी महिनाका रूपमा अक्टोबर मासको अन्तिम दिनलाई सहरीकरण दिवसका रूपमा मनाइन्छ । उत्कृष्ट सहर, उत्कृष्ट जीवन भन्ने सोचलाई मध्यनजर गरी हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख सहरी रूपान्तरण’ भन्ने नाराका साथ पहिलो सहरीकरण दिवस मनाइएको थियो ।
गाउँ र सहर
गाउँको छुट्टै मौलिक पहिचान हुन्छ । तर, सहर भन्ने बित्तिकै सबैको अनुमानमा सुविधा सम्पन्न संसार भन्ने धारणा हुन्छ । सहर एक ठुलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग र सञ्चारका लागि व्यापक सुविधायुक्त जगत् हो । सहरीकरण भन्नाले एक स्मार्ट र हरियो सहर बनाउने भन्ने मात्र पनि हैन, यो त सांस्कृतिक, सामाजिक, आर्थिक र राजनीतिक जगको स्थापना गर्नु पनि हो ।
अन्तर्राष्ट्रिय समुदायको हितलाई बढवा दिन विश्वव्यापी सहरीकरणको अवसरहरू भेट्न, सहरीकरणको चुनौतीहरू सम्बोधन गर्न, गाउँ र सहरहरूबिचको सहयोग बढाउन र सहरी विकासका लागि योगदान पुर्याउन विश्व सहरीकरण दिवस मनाइन्छ ।
सन् २०२४ को सहरीकरण दिवसको नारा चाहिँ Youth Leading Climate and Local Action for Cities हो । विश्व शहर दिवस २०२४ को विषयवस्तु युवा नेतृत्व जलवायु र शहरहरु को लागी स्थानीय कार्य संग जोडिएको छ। युवाहरूले हाम्रा सहरहरूमा जलवायु संकटसँग जुध्न साहसी कदमहरू र कार्यहरूको वकालत गर्छन्। यसले हामीले यी साहसी विचारहरू र महत्वाकांक्षी लक्ष्यहरूलाई उपलब्धिहरूमा परिणत गर्न सक्छौं भनेर वकालत गरेको छ ।
जलवायु र शहरहरूको लागि स्थानीय कदमहरु चाल्न युवा नेतृत्व भन्ने अर्थ लाग्दछ । सहरीकरण दिवसको अर्थपूर्ण शुभकामना ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
२१माघविश्व क्यान्सर दिवस भोलि
-
२५माघरविसप्तमी व्रत ५ दिन पछि
-
२६माघगोरखकाली पूजा ६ दिन पछि
-
२७माघसुरक्षित इन्टरनेट दिवस ७ दिन पछि
-
२८माघ
-
१फागुन
-
२फागुनशनि प्रदोष व्रत/प्रणय दिवस ११ दिन पछि
-
३फागुन
-
६फागुनग्याल्पो ल्होसार १५ दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस / निर्वाचन दिवस १६ दिन पछि
-
८फागुनसामाजिक न्याय दिवस १७ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस १८ दिन पछि
-
१२फागुनभौमाष्टमी व्रत/गोरखकाली पूजा २१ दिन पछि
-
१५फागुन
-
१७फागुनप्रदोष व्रत/शून्य भेदभाव दिवस २६ दिन पछि
-
१८फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २७ दिन पछि
-
१९फागुन
-
२०फागुनतेल लगाउने र आँपको मुजुरा खाने दिन २९ दिन पछि
-
२४फागुननारी दिवस ३३ दिन पछि
-
२७फागुनगोरखकाली पूजा ३६ दिन पछि
-
१चैत
-
२चैतसोम प्रदोष व्रत ४१ दिन पछि
-
३चैतपाहाँचःह्रे ४२ दिन पछि
-
४चैतघोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) ४३ दिन पछि
-
५चैततेल लगाउने र नीमको पात खाने दिन ४४ दिन पछि
-
६चैत
-
७चैत
-
८चैतविश्व जल दिवस ४७ दिन पछि
-
९चैतविश्व मौसम विज्ञान दिवस ४८ दिन पछि
-
१०चैतविश्व क्षयरोग दिवस ४९ दिन पछि
-
१२चैत
-
१३चैतश्री राम नवमी व्रत/विश्व रङ्गमञ्च दिवस ५२ दिन पछि
-
१५चैतकामदा एकादशी व्रत ५४ दिन पछि
-
१६चैतसोम प्रदोष व्रत ५५ दिन पछि
-
१७चैतमहावीर जयन्ती ५६ दिन पछि
-
१८चैतपूर्णिमा व्रत/विश्व मूर्ख दिवस ५७ दिन पछि
-
१९चैत
-
२०चैतSEE २०८२ -अनिवार्य नेपाली ५९ दिन पछि
-
२२चैत
-
२३चैतSEE २०८२-अनिवार्य विज्ञान तथा प्रविधि ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन