Dashami Shraddha/International Day For The Preservation Of The Ozone Layer | दशमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस | २०८२ भदौ ३१ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Aug/Sep 2025
    २०८२ भदौ
    ३१
    मंगलवार
    Sep 16, 2025
    असोज कृष्ण दशमी
    दशमी श्राद्ध/विश्व ओजोन तह बचाउ दिवस ( Dashami Shraddha/International Day For The Preservation Of The Ozone Layer )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    दशमी श्राद्ध

    दशमी श्राद्ध

    विशेष अडियो

    पितृ गायत्री मंत्र

    देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।

    यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।

    What is your wish for ancestral liberation on Dashami Shraddha?

    सोह्र श्राद्ध को प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?


    प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवङ्गत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

    वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्


    दशमी तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।

    विश्व ओजोन तह बचाउ दिवस

    International Day For The Preservation Of The Ozone Layer

    विशेष अडियो

    विश्व ओजन तह बचाउ दिवसको पृष्ठभूमि

    विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरू को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाउँदछ । यस्ता हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरो कार्बन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो ।

    किन मनाइन्छ यो दिवस ?

    सेप्टेम्बर १६, १९९४ मा मोन्ट्रियल प्रोटोकलमा हस्ताक्षर भएको सम्झनामा, संयुक्त राष्ट्र महासभाले ओजोन तहको संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा घोषणा गर्यो। त्यसबेलादेखि प्रत्येक वर्ष सेप्टेम्बर १६ लाई सुरक्षात्मक ओजोन तहको संरक्षणको महत्त्वमा समर्पित गरिएको छ।

    ओजोन तह विनाश

    स्मरण रहोस् पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कबज हो । यसले सूर्यका हानिकारक किरणहरू लाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाउँदछ । मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगीकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरू च्यातिन अनि विनाश हुन थालेको छ ।

    विश्व ओजोन तह बचाउ दिवस विश्व ओजोन तह बचाउ दिवस २०२५ को नारा "From Science to Global Action" यो विषयले देखाउँछ कि वैज्ञानिक अनुसन्धानले कसरी ओजन तह संरक्षणको लागि वैश्विक पहलमा रूपान्तरण गर्‍यो। ओजन तहलाई नष्ट गर्ने रासायनिक पदार्थहरू (जस्तै CFCs) नियन्त्रण गर्न Montreal Protocol लागू गरियो, जुन ऐतिहासिक अन्तर्राष्ट्रिय सहमति हो।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.