
अजा एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
अजा एकादशी
अजा एकादशी चतुर्मासअन्तर्गतको तेस्रो एकादशी हो । यस एकादशीका दिन अन्य एकादशीसरह व्रतको नियम र विधि पालना गरी भगवान् श्रीहरिको ऋषिकेश स्वरूपको पूजाआराधना गरिन्छ ।
भगवान् श्रीहरिको ऋषिकेश भन्नाले भगवान् विष्णुले दैत्य र राक्षसहरूको वितण्डा र पीडाबाट सुरक्षित रहन ऋषिहरूलाई प्रदान गरेको भूमि हो, जहाँ भगवान् विष्णु स्वयंले आफ्नो दैवी शक्तिसहित उपस्थित भई यज्ञ–यज्ञादि र धार्मिक कृत्य सुसञ्चालन गर्ने गरेका छन् । यो दिन शुद्ध चित्त लिएर व्रत बस्दा भगवान विष्णुले सबै दुःखबाट उद्धार गर्छन् र यस एकादशीको कथा श्रवण मात्रले अश्वमेघ यज्ञ गरेबराबरको फल प्राप्त हुने मान्यता पनि रहीआएको छ ।
छिटो निर्णय लिने बानीले काममा गति दिनेछ। अधुरो जिम्मेवारी पूरा गर्नुपर्ने अवस्था आउनेछ। प्रतिस्पर्धामा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। शारीरिक थकान भए आरामलाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

तपाईं अजा एकादशीको व्रत बस्नुहुन्छ?
अजा एकादशी व्रतकथा
धर्मशास्त्रका अनुसार, यस दिन व्रत बसेर चक्रवर्ती राजा हरिश्चन्द्रले आफ्ना छिन्नभिन्न भएका परिवार र साम्राज्य फिर्ता पाएका थिए । प्राचीनकालका राजा हरिशचन्द्रले आफ्नो कर्मको मूल्य चुकाउन नसकेर आफ्नो सारा राज्य र धन–दौलत त्यागी आफूलगायत आफ्नो परिवारलाई समेत राजा चण्डालको दास बनेका थिए ।
सत्यवादी राजा हरिशचन्द्रले वर्षौ त्यसरी दास भएर बिताएपछि आफ्नो अवस्थामा निक्कै चिन्तित हुन थाले । त्यसबेला उनको चिन्ता दूर हुने गरी उनको भेट एकजना गौतम ऋषिसँग भयो । हरिशचन्द्रले गौतम ऋषिलाई आफ्नो चिन्ता बताएपछि गौतम ऋषिले उनलाई भाद्रपद कृष्ण पक्षको अजा नामको एकादशीको विधिपूर्वक व्रत बसेमा दुःख हरण हुने सुझाव दिए ।
राजाले गौतम ऋषिकै भनाइअनुसार एकादशीको व्रत विधिपूर्वक बसे र जागरण गरे । त्यसपछि नभन्दै उक्त व्रतको प्रभावले राजाका समस्त पाप नष्ट भए । त्यसपछि ती राजाले आफ्नो परिवार र साम्राज्य फिर्ता पाएको कथन छ । त्यही समयदेखि यस एकादशीको विधिविधान र नियमलाई पूर्ण रूपले पालना गरी व्रत लिनाले सबै किसिमका पाप नष्ट हुने मान्यता रहीआएको हो ।
सबैलाई शुभकामना ।


निजामती सेवा दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
भाद्र २२ गते निजामती ऐन ल्याएको दिन
नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । देश चलाउन प्रशासन चाहिन्छ अनि सरकारी रुपमा नियूक्त प्रशाशक या भनौ कर्मचारीले दिने सेवाको आज दिवस हो , निजामती दिवस । बिसं २०६२ सालवाट यस दिवसको शुरुवात भएको हो, बास्तवमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो । यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि बिभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गर्दछ ।
म्याक्श वेवरका अनुसार
निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासनको प्रदान गर्न निजामती कर्मचारीहरुको भुमिका अतुलनिय हुन्छ । निजामती सेवाको आदर्श र यस क्षेत्रमा अन्य क्षेत्रहरुवाट ब्यवहारले सुशाशन र प्रशासन प्रति जनविश्वास जाहेर गर्दछ । जर्मनका विश्वप्रसिद्ध समाजशास्त्री एवं दार्शनिक म्याक्श वेवरले कर्मचरीतन्त्र या भनौ निजामतीतन्त्रलाई आफ्ना विभिन्न पुस्तक र विचारहरुमा एकदमै गहन, संवेदनशील र आदर्श कर्मचारीतन्त्रकारुपमा ब्याख्या गरेका छन् ।
उनका अनुसार राज्यको इच्छा लाई साकारतुल्याउन अनि राज्यलाई नागरीहरुको घरदैलोसम्म पूर्याउने पुल नै निजामती सेवा हो । राज्य भनेको आफैमा कुनै छुटै कुरा नभइक्न हामीले चुनेर पठाएका प्रतिनिधीहरु र तिन्को जनताप्रतिको अभिारा वहन गर्ने निकाय हो, कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिका मिलेर राज्यकालागी चाहिने नियम कानुनको निर्माण, त्यस्को पालना अनि कानुन विपरित गर्नेहरुलाई दण्ड सजायको ब्यबस्था गर्ने गर्दछन् । राज्य चलाउनमा चौतर्फी हात जनताको हुने कुरा प्रजातान्त्रि अभ्यासले सुनिश्चिित गरेको भएतापनि नेपालको हकमा धेरैजसो सामान्य जनताहरु सहज प्रशाशन अनि सुलभ राज्यको पहुँचमा छैनन ।
राज्य अहिले पूर्नसंरचनाको क्रममा छ र यस क्रममा निजामति कर्मचारीहरुको भुमिका अझै महत्वपूर्ण छ, अर्कोतर्फ राज्यले पनि कर्मचारीलाई जिवन चलाउन सक्ने वेतन प्रदान गर्न सकोस ताकि उनिहरुले आफ्नो दायित्व पूरा गर्न कुनै चोरवाटो अवलम्बन गर्ने जरुरत नहोस । बनेका प्रतिवेदन र योजनाहरु लागु फाइलमा मात्र थन्किनको साटो लागु होस्, नयाँ नेपाल श्रृजनामा निजामती कर्मचारीको आदर्श र मनोवलमा कतैवाट आँच नआओस । हामीमध्य धेरैजना हातमा लोकसेवाका पुस्तक र पाठ्यक्रम लिएर भविष्यमा निजामती सेवामा कार्य गर्न चाहना राखिरखेका छौँ, भोलि गएर निजामति सेवालाई अझ प्रभावकारी र स्वच्छ वनाउने हाम्रो उत्कट चाहना रहन जरुरी छ । मुख्यतया हामीले तीरेको करवाट चलेको यो कर्मचारीतन्त्र जनतामुखी होस, राजनिती र कर्मचारीतन्त्रविच स्पष्ट सिामङ्कन होस, एउटा पारदर्शि, सेवामुखी र भ्रष्टाचारविहिन प्रशाशनको परिकल्पना पूर्ण होस ।
-निजामती कर्मचारीको पारदर्शिता र चुस्तता सदैव कायम होस् , यस दिवसको सबैलाई शुभकामना ।









काठमाडौं । पाकिस्तान महिला क्रिकेट टोलीकी कप्तान फातिमा सानालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कारबाही गरेको छ । एसियाको कपको समूह चरणमा भारतविरुद्धको खेलमा अभद्र इसारा गरेको भन्दै उ...

चिनिया नागरिक सकुशल भेटिएको सुरुङमा दुई वटा शव फेला पर्यो १ दिन अघि काठमाडौं : एक चिनिया नागरिक सकुशल भेटिएको रसुवाको माथिल्लो त्रिशूली जलविद्युत् आयोजना-१ को सुरुङमा आइतबार दुई वटा शव फेला परेक...

मदन–आश्रित स्मृति प्रतिष्ठानको अध्यक्षमा पुनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली चयन हुनुभएको छ । हालै सम्पन्न प्रतिष्ठानको ३२ औँ वार्षिक साधारणसभाले ज्ञवालीको अध्यक्षतामा ...

समाचार गत वर्ष जेन-जी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन, संसद्को भविष्य र मुलुकको राजनीतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो । गत वर्षको आन्दोलनपछि विकसित घटनाक...

भियना । इरानका प्रमुख आणविक सुविधाहरूमा आईएईएलाई पहुँच दिएमा यसले इरानका लागि ‘सकारात्मक प्रभाव’ पर्ने अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए) का प्रमुख राफेल ग्रोसीले सोमबार बताएका छन् । एएफपीले...

काठमाडौँ । भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरोपछि भोटेकोसी नदीमा आएको लेदोसहितको आकस्मिक बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद...

काठमाडौं। भोटेकोशी बाढीपछि ५ सयभन्दा बढी विद्यार्थी अझै सम्पर्कविहीन रहेको अवस्थामा सरकारले विपत्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।...

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सङ्घीय सरका...