
गौरा सप्तमी
विशेष अडियो
सुन्न ट्याप गर्नुहोस्
गौरा पर्वको एउटा नयाँ आयाम
गौरा पर्वसँग आसन्न सप्तमी तिथिमा गौरा सप्तमीको विधि गरिन्छ । गौरा अर्थात् गौरी, यस पर्व माता पार्वती को पूजा आराधना गरी मनाइन्छ । पुरुषहरूले यज्ञोपवीत गरेर या व्रतबन्ध गरेर जनै धारण गरे झैँ महिलाहरूको पनि घाटीमा रातो धागोको डोरी धारण गर्न गौरा पर्व को महत्त्व छ। सामान्यतया गायत्री मन्त्र जनै धारण नगरीकन कसैले पनि जप नगर्नु भनिएको हुन्छ तर घाटीमा डोरी बाधेपछि महिलाहरूले पनि गायत्री जप्न पाउँछन् । एक हिसाबले हेर्दा यो पर्व द्वारा महिलाहरूको व्रतबन्ध गरेको मानिन्छ ।
गौरा सप्तमी
पुत्रदा एकादशीबाट गौरा अष्टमीसम्म चल्ने गौरा पर्वको मुख्य पर्व दिन अर्थात् अष्टमीको एक दिन अगाडि सप्तमी परेको छ ।

तपाईंको विचारमा गौरा पर्वको सबैभन्दा विशेष पक्ष के हो?
गौरा सप्तमीमा के के गरिन्छ ?
महिलाहरूले आफ्नो घाटीमा "सप्तन्ने" डोरी (एउटा धागो मा दुबो राखेर सात गाँठो पारेर बनाएको डोरी) धारण गर्छन् । पुराना व्रतालुहरु र नयाँ व्रतालुहरूको विधि फरक रहन्छ, नयाँ ब्रतारी या व्रतालु वा जसको पहिलो पटक घाटीमा (दुईधागो ) अर्थात् डोरी बाँधिन्छ त्यस व्रतालुले रात परेपछि गौरा देवी को मूर्ति स्थापना गर्न खेतबाट धानको बोट लिएर देउघर भित्र राख्छन् । अनि ब्राह्मण द्वारा पूर्वाङ्ग पूजा गरी गौरा को मूर्ति बाट अभिषेक गराउँछन् (दुईधागो )डोरी को अभिषेक गरेर जम्मै डोरी हरु गौरा देवी को मूर्ति वरिपरि बाँधिदिन्छन् ।
यसका साथै अब गौरा अष्टमी अर्थात् मुख्य गौरा पर्वको तयारी पनि धूमधामसँग चल्दछ । भोलिको दिन विशेष लेखमा गौरा पर्वका सबै जानकारी लिएर आउने छौँ, नबिराउनु होला ।


नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्नेछ। कामको प्राथमिकता छुट्याउँदा समय बच्नेछ। नजिकको व्यक्तिसँग आवश्यक छलफल हुनेछ। थकान भए शरीरलाई विश्राम दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।




काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले १ करोड डलरको सहयोग घोषणा गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...

१८ भदौ, काठमाडौं । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका भएर बग्ने शान्तिघाट खोलामा पानीको बहाव एक्कासी बढेपछि करिब डेढ सय खोला किनारका स्थानीय सुरक्षित ठाउँमा सरेका छन् । बिहीबार साँझ करिब ७ बजेबा...

काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका रामेछापका ४४ जना नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र पार्न रामेछापका प्रतिनिधिसभा सदस्य डा. कृष्णहरि बुढाथोकीले सरकारसँग मा...

भोटेकोशी बाढी : बिरामी काकालाई काठमाडौं आउन भन्दै फोन गरेका हेमन्त त्यसपछि सम्पर्कविहीन बुवा बितेको ६ महिना नबित्दै परिवारमा अर्को बज्रपात परेको हेमन्तकी बहिनी सावित्रीले बताइन् । ‘बुवापछि परिवारक...

काठमाडौं– प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने भएका छन् । महासभामा उनले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुद...

प्रधानमन्त्री बालेन शाह दुई सातापछि अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुने भएका छन्। प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक तयारी अघि बढाउन प्रधानमन्त्री कार्यालयले पररा...

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको बाढीपछि विभिन्न देश र अन्तरराष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रममा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार ...

काठमाडौं । गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान नगर्न सबैमा आग्रह गरेको छ। मन्त्रालयका अनुसार राहत सामग्री ढुवानी तथा शव स्थानान्तरणका लागि प्रयोग हुने १०० किलोग्रा...