दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भण्डारीलाई २५ लाख धरौटीमा छाड्न आदेश
ratopati.com · Fri Aug 14 18:10:34 GMT 2026

काठमाडौँ । स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारीलाई अदालतले धरौटीमा रिहा गर्न आदेश गरेको छ । शुक्रबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमले भण्डारीलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
२०८० वैशाखदेखि बन्द रहेको स्मार्ट टेलिकमको सम्पत्ति सरकारको नाममा आउनुपर्ने भए पनि प्राधिकरणको अध्यक्ष भण्डारी समेतको मिलेमतोमा बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यका साथ लिलाम गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सीआईबीले भण्डारीलाई साउन १५ मा पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनी प्राधिकरणको कार्यकारी अध्यक्ष हुँदा स्मार्ट सेलको सामग्रीको लिलाम प्रक्रिया अघि बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)