ह्वाइट हाउस वार्तापछि इजरेल-लेबनन युद्धविराम तीन साताका लागि थप

ह्वाइट हाउस वार्तापछि इजरेल-लेबनन युद्धविराम तीन साताका लागि थप

bbc.com . २ घण्टा अघि

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लेबननमा थप तीन साताका लागि युद्धविरामलाई निरन्तरता दिइने बताएका छन्।

इजरेलले इरानको समर्थन पाएको हिज्बुल्लाह समूहविरुद्ध सैन्य कारबाही गर्दै आएको लेबननमा पहिलो चरणको युद्धविरामको समयावधि आइतवार सकिन लागेको थियो।

वाशिङ्टनमा इजरेली र लेबननी अधिकारीहरूले दोस्रो चरणका वार्ताे गरेपछि राष्ट्रपति ट्रम्पले युद्धविरामको अवधि लम्ब्याउन लागिएको घोषणा गरेका हुन्।

इरान युद्ध 'छिट्टै अन्त्य हुने' ट्रम्पको दाबी, इजरेल र लेबननबीच युद्धविराम

अमेरिका-इरान युद्धमा अब के होला? यस्ता छन् चार सम्भावित परिदृश्य

इजरेली सेनाले दक्षिण लेबननका भूभागमाथि नियन्त्रण कायम गरेको भन्दै हिज्बुल्लाहले उक्त बैठकप्रति विमति जनाएको थियो।

वार्ता आरम्भ भएको केही समयअघि मात्रै उसले आफूले उत्तरी इजरेलमा रकेट हमला गरेको बताएको थियो।

अमेरिकी राष्ट्रपतिले के भने

ओभल अफिसमा बोल्दै राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि सहभागी भएको बैठक "राम्रोसँग अघि बढेको" बताए।

एउटा "ज्यादै ऐतिहासिक बैठक"मा भाग लिन पाउनु "ठूलो गर्व"को विषय भएको भन्दै ट्रम्पले इजरेलका प्रधानमन्त्री र लेबननका राष्ट्रपतिलाई ह्वाइट हाउसमा निम्त्याउने घोषणा गरे।

राष्ट्रपति ट्रम्पले भने, "संयुक्त राज्य अमेरिकाले हिज्बुल्लाहबाट लेबननलाई जोगाउनका लागि उक्त देशसँग मिलेर काम गर्ने छ।"

हिज्बुल्लाहलाई इजरेल र लेबनन दुवैका लागि "साझा समस्या'को सङ्ज्ञा दिँदै ट्रम्पले ती देशसँग मिलेर एउटा टुङ्गोमा पुग्ने बताए।

यसैबीच राष्ट्रसङ्घका लागि इजरेली राजदूतले थप गरिएको युद्धविरामले इजरेल र लेबननमा आधारित इरानबाट समर्थन पाएको हिज्बुल्लाहबीचको द्वन्द्व पूर्ण रूपमा रोक्नेबारे भन्न नसकिने बताएका छन्।

सीएनएनसँग कुरा गर्दै ड्यानी ड्याननले भने, "हिज्बुल्लाहमाथि लेबनन सरकारको कुनै नियन्त्रण छैन।"

वार्ता चालिरहँदा इजरेली सेनाले आफ्नो भूमिमा लेबननबाट रकेटहरू प्रहार गरिएको जनाएको थियो। आक्रमण भएको भनिएको क्षेत्रमा साइरन पनि बजेका थिए।

तर पछि इजरेली सेनाले रकेट हमला गर्न प्रयोग गरिएको स्थानमा आफूले आक्रमण गरेको बतायो।

लेबननमा इजरेल र हिज्बुल्लाहबीच द्वन्द्व, अमेरिका-इरान युद्धविराम दबावमा

इजरेली गुप्तचर निकाय मोसादका सफल र विफल गोप्य कार्वाहीहरू

वास्तविक शान्ति कति टाढा

बीबीसीका स्टेट डिपार्टमन्ट संवाददाता टम बेटमनका अनुसार ट्रम्पले इजरेल र लेबननबीच युद्धविरामको समयावधि थप गरिएको घोषणा गरिरहँदा उनीसँग ओभल अफिसको रेजलूट डेस्कनजिकै उपराष्ट्र भान्स र विदेशमन्त्री रुबिओबाहेक दुवै देशका राजदूतहरू पनि उपस्थित थिए।

उनीहरू सबै जनाले "इतिहास बनाएको" भन्दै राष्ट्रपति ट्रम्पको प्रशंसा गरेका थिए।

युद्धविराम महत्त्वपूर्ण छ तर ट्रम्प र उनका इजरेली साझेदारहरूले इरानविरुद्ध युद्ध सुरु गरेपछि लेबनन र इजरेलबीच हिंसा भड्किएको हो।

त्यसको समाधान अझै टाढा देखिन्छ।

इजरेल र लेबननबीच दीर्घकालीन शान्ति कायम गर्ने विषय निकै महत्त्वाकाङ्क्षी छ र त्यसका लागि हिज्बुल्लाहलाई निरस्त्रीकरण गर्नुपर्ने माग गरिएको छ।

इरानी समर्थनप्राप्त हिज्बुल्लाह लेबननको सर्वाधिक शक्तिशाली समूह हो। तर अमेरिका र इजरेलले पछिल्ला वर्षहरूमा इरान कमजोर भएकाले उसको पनि शक्ति क्षीण भएको ठानेका छन्। उनीहरूका अनुसार यसले हिज्बुल्लाहलाई निरस्त्र बनाउने अवसर आएको छ।

तर यस्ता कुनै पनि प्रयासमा सहमति जनाउन लेबननी राज्य बलियो प्रतिफल चाहन्छ। अहिले कब्जा गरिएका क्षेत्रहरूबाट इजरेली सेनाको फिर्तीदेखि लेबननका सशस्त्र बलहरूको क्षमता अभिवृद्धिका लागि वाशिङट्नबाट धेरै ठूलो सहयोगको अपेक्षा उसले राख्ने छ।

हिज्बुल्लाहले आफूलाई इजरेलविरूद्ध देशको एकमात्र प्रभावकारी सशस्त्र प्रतिरोधका रूपमा हेर्छ। उक्त सङ्गठनको विघटनका लागि दबाब मात्र दिने तर त्यसको साटो कुनै पनि लाभ उपलब्ध नगराउने अमेरिकी रणनीतिले १५ वर्षदेखि निरन्तर विनाशकारी गृहयुद्धमा फसेको लेबननमा पुन: साम्प्रदायिक तनाव चर्काउन सक्ने छ।

लेबननलाई कसले चलाउँछ, हिज्बुल्लाहसँग कस्तो शक्ति छ?

इजरेल र इरानसँग कति हतियार छन्, सैन्य शक्ति कसको बढी छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.