ब्रिटिश पानीजहाजमा हान्टा भाइरस फैलिएको आशङ्का, ३ जनाको मृत्यु

ब्रिटिश पानीजहाजमा हान्टा भाइरस फैलिएको आशङ्का, ३ जनाको मृत्यु

bbc.com . २ घण्टा अघि

विश्व स्वास्थ्य सङ्गगठन (डब्ल्यूएचओ) ले आन्ध्र महासागरमा यात्रा गरिरहेको एउटा पानीजहाजमा हान्टा भाइरसको सम्भावित प्रकोपका कारण तीन जनाको मृत्यु भएको बीबीसीलाई बताएको छ।

डब्ल्यूएचओका अनुसार एक जनामा सङ्क्रमणको पुष्टि भएको छ भने अन्य पाँच जनामा सो भाइरसबाट सङ्क्रमण भएको आशङ्का गरिएको छ। अधिकारीहरूले त्यसबारे अनुसन्धान भइरहेको बताएका छन्।

आर्जेन्टिनाबाट केप भर्ड जाँदै गरेको एमभी होर्डिअस नामक उक्त ब्रिटिश क्रूज जहाजमा हान्टा भाइरस फैलिएको आशङ्का गरिएको हो। दक्षिण अफ्रिकाका अधीकारीहरूका अनुसार उक्त जहाजमा विभिन्न देशका १५० जति पर्यटक सवार थिए।

'नाकादेखि प्रयोगशालासम्म': निपा भाइरस भित्रिन र फैलिन नदिने प्रयासमा नेपाल

चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वले कति चिन्ता गर्नुपर्छ

दक्षिण अफ्रिकाको जोहानेस्बर्गस्थित एउटा अस्पतालको सघन उपचार कक्षमा ६९ वर्षीया एक ब्रिटिश महिलालाई उपचारका लागि भर्ना गरिएको छ। सेन्ट हेलेनाबाट असेन्शन द्वीपतिर जाने क्रममा उनी बिरामी परेकी थिइन्।

दक्षिण अफ्रिकाको स्वास्थ्य विभागका प्रवक्ताका अनुसार "प्रयोगशालामा गरिएको परीक्षणको नतिजाले उनलाई हान्टा भाइरस भएको देखाएको छ।" ती व्यक्तिलाई असेन्शनस्थित अस्पतालबाट जोहानेस्बर्गस्थित अस्पतालमा सारिएको छ।

जहाजमा बिरामी परेका एक दम्पतीको मृत्यु भएको दक्षिण अफ्रिकी अधिकारीहरूले गरेका छन्।

जहाज सेन्ट हेलेना टापु आइपुग्दा ७० वर्षीय व्यक्तिको मृत्यु भएको थियो भने उनकी ६९ वर्षीया पत्नीको जोहानेस्बर्गस्थित अस्पतालमा मृत्यु भयो। उनीहरू नेदरल्यान्ड्सका नागरिक हुन्।

'विस्तृत अध्ययन जारी'

डब्ल्यूएचओका अनुसार हान्टा भाइरस सङ्क्रमणको सम्बन्ध सामान्यतया पर्यावरणीय कारक तत्त्वहरूसँग हुन्छ।

सङ्क्रमित मुसा र अन्य जीवको मलमूत्रसँग संसर्ग हुँदा मानिसलाई पनि हान्टा भाइरस सर्ने सम्भावना हुन्छ।

कहिलेकाहीँ दुर्लभ अवस्थामा पनि सो भाइरस मानिसबाट मानिसमा सर्न सक्छ। त्यसो हुँदा "श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या" हुन्छ।

हान्टा भाइरस सङ्क्रमण हुँदा बिरामीलाई "सावधानीपूर्वक निगरानी, सहयोग र उपचार" आवश्यक हुने डब्ल्यूएचओले जनाएको छ।

'विश्वभरि भेपिङ दुर्व्यसनको नयाँ प्रकोप, १.५ करोड बालबालिका कुलतमा'

खोकीको 'प्राणघातक औषधि' बनाएको अभियोगमा कम्पनीका प्रमुखलाई जेल सजाय

डब्ल्यूएचओले पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण फैलिएको हुन सक्ने घटनाबारे "विस्तृत अनुसन्धान र प्रयोगशालामा थप परीक्षण भइरहेको" बीबीसीलाई बताएको छ।

"यात्रु र चालकदललाई चिकित्सासेवा र सहयोग प्रदान गरिएको छ। भाइरसको सीक्वन्सिङ पनि चलिरहेको छ," डब्ल्यूएचओले भनेको छ।

सङ्क्रमण अझ फैलिने जोखिम कति?

"डब्ल्यूएचओले सदस्यराष्ट्रहरू र जहाजका सञ्चालकहरूबीच लक्षण देखा परेका दुई यात्रुहरूको स्वास्थ्य उद्धारको निम्ति समन्वय गरिरहेको छ, साथै जहाजका बाँकी यात्रुहरूलाई सहयोग पुर्‍याइरहेको र पूर्ण जनस्वास्थ्य जोखिम मूल्याङ्कन गरिरहेको छ।"

सूक्ष्मजीववैज्ञानिक सूजी वाइल्सका अनुसार हान्टा भाइरस थरीथरीका ठाउँमा फेला पर्छ र यसको प्रकोप प्रायः छिटपुट र "सानो" हुन्छ अनि अन्ततः बिस्तारै हराउने गर्छ।

उनले मानिसहरू कसरी यो भाइरसको सम्पर्कमा पुग्छन् भन्ने स्पष्ट नभएको बीबीसीलाई बताइन्।

'३० लाख बालबालिकाको मृत्युको कारण औषधि प्रतिरोधसँग सम्बन्धित'

अमेरिकी सहयोग कटौतीमाझ स्वास्थ्यसम्बन्धी कार्यक्रम नरोक्न सरकारसँग 'सीमित विकल्प'

"मानिसबाट मानिसमा सर्ने घटना निकै दुर्लभ हुन्छ, वास्तवमा चिकित्सा अभिलेखमा यो वास्तविक हो कि होइन भन्ने बहस छ," उनी भन्छिन, "के मानिसहरूको समूह सङ्क्रमित मुसाजस्ता जीवको सम्पर्कमा आउँछ वा एउटा मानिस सम्पर्कमा आएपछि अरूमा सर्छ भन्ने प्रश्न छ।"

उनका भनाइमा खाद्यपदार्थ हान्टा भाइरसबाट दूषित भएको हुन सक्छ।

मानिसहरू हान्टा भाइरसको सम्पर्कमा पुग्ने र लक्षणहरू देखा पर्ने समयावधि एकदेखि आठ सातासम्म हुन सक्ने उनले बताइन्।

"सङ्क्रमणको लक्षण बढ्ने यो अवधिलाई विचार गर्दा आगामी दिनहरूमा सङ्क्रमित मानिसहरूको सङ्ख्या थपिएला?"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.