
मोरक्कोमा भूकम्पपछि हातैले अवशेष पन्छाउँदै जीवितहरूको खोजी र उद्धार
मोरक्कोको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका छन्।
गत शुक्रवार स्थानीय समयानुसार मध्यरातमा ६.८ म्याग्निट्यूडको भूकम्प जाँदा मोरक्कोमा धनजनको ठूलो क्षति भएको छ। अधिकारीहरूले अहिलेसम्म झण्डै २,५०० जनाको मृत्यु भइसकेको बताएका छन्।
उक्त उत्तर अफ्रिकी देशमा ६० वर्षपछि विनाशकारी भूकम्प गएको हो।
उद्धारकर्ताहरूले भग्नावशेषमा जीवित मानिसहरू फेला पर्ने आशामा विशेष उपकरण उपलब्ध नहुँदा खाली हातले नै उद्धार तथा खोजी अभियान चलाइरहेका छन्।
भूकम्पको केन्द्रबिन्दुनजिकै रहेका केही पहाडी गाउँहरूमा ठूलो विनाश भएको छ। त्यहाँका मानिसहरू व्यग्रतापूर्वक राहत कुरिरहेका छन्।
मोरक्को सरकारले अहिलेसम्म ब्रिटेन, स्पेन, कतार र यूएईबाट सहायता स्वीकार गरिएको जनाएको छ।
उसले आवश्यकताका आधारमा अन्य देशहरूबाट समेत सहयोग लिन सकिने जनाएको छ।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Liked by: