ब्रिटेनमा बलात्कार र यौन दुराचारमा नेपालीलाई २५ वर्ष कैद सजाय, घटनाबारे थाहा पाउँदा नेपाली समुदाय स्तब्ध

ब्रिटेनमा बलात्कार र यौन दुराचारमा नेपालीलाई २५ वर्ष कैद सजाय, घटनाबारे थाहा पाउँदा नेपाली समुदाय स्तब्ध

bbc.com . १ घण्टा अघि

बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा नेपालीमूलका एक पुरुषलाई २५ वर्षको जेल सजाय सुनाइएपछि स्थानीय नेपाली समुदाय स्तब्ध बनेको छ। उक्त घटनाबाट पाठ सिकेर अभिभावक र समुदाय पनि सचेत रहनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

४९ वर्षीय प्रमोद ढकाललाई केम्ब्रिज क्राउन कोर्टले यौन दुराचारसम्बन्धी अभियोगहरूमा दोषी ठहर गर्दै यसै साता २५ वर्षको जेल सजाय सुनाएको थियो।

त्यसपछिका ८ वर्षसम्म समेत उनलाई लाइसेन्स अर्थात् कडा निगरानीमा राख्न अदालतले आदेश दिएको छ।

उक्त प्रकरणबारे थाहा पाउँदा आफुहरु आश्चर्यचकित भएको पिटरबरो नेपाली समाजका अध्यक्ष बिष्णु थापाले जनाए ।

"बालबालिकाको सुरक्षाको निम्ति ब्रिटिश सरकारले कडा नीतिहरु (सेफगार्डिंग पलिसिज) लागू गरेको छ। ती नियमहरु लगायत हाम्रा बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्ने बारे छलफल गरेर हामी छिट्टै पिटरबरो नेपाली समाज मार्फत नै सचेतना कार्यक्रम संचालन गर्ने तयारी गरिरहेका छौं," उनले भने।

कसुर र अदालतको ठहर

ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा अभियोगमा अदालतले दोषी ठहर गरेको थियो।

उनले १३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको जनाइएको छ । उनले ८ वर्ष उमेरकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर अदालतले गरेको छ।

उनी सन् २००७ देखि पिटरबरोमा बस्दै आएको र सन् २००९ देखि साझेदारीमा व्यवसाय सुरु गरेको स्थानीय नेपाली समुदायका एक सदस्यले बताए।

उनले कहिलेकाहीँ पण्डितको रूपमा काम गर्ने गरेको पनि बताइएको छ।

काठमाण्डूमा दुई सातामा दुई वैवाहिक बलात्कारका मुद्दा दर्ता, कसरी टुङ्गिन्छन्?

नेपाली महिलालाई खाडीमा बन्धक बनाएर 'बलात्कार र जबरजस्ती गर्भपतन'

यी महिलालाई नजिकका साथीले धोका दिएर डीपफेक भिडिओ बनाए: 'मेरो प्रत्येक क्षण अश्लील बन्न पुग्यो'

एमजनका अवैध खानीहरूमा सुनका निम्ति देहव्यापार

मानसिक आघात

ब्रिटेनका राजकुमार एन्ड्रूको उपाधि खोसियो, उनका दुई छोरीको उपाधि यथावत्

पत्नी बलात्कारको आरोप लागेका पुरुषलाई रिहा गर्ने न्यायाधीशको आदेशपछि भारतमा आक्रोश

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा लामो समय सेवा गरेका वरिष्ठ चिकित्सक डा. राघवप्रसाद धितालले यौन हिंसाबाट पीडित कलिला बालबालिकामा त्यसको गम्भीर आघात पर्ने र त्यसको असर लामो समयसम्म रहने बताउँछन्।

"यस्ता घटनाबाट पीडित बालबालिकाले आत्मविश्वास गुमाउने र पछिसम्म पनि उनीहरूको बौद्धिक तथा पठनपाठनमा नकारात्मक असर पर्ने गरेको पाइएको छ," डा. धितालले भने।

"आफ्ना छोराछोरीसँग खुलेर कुरा गर्ने वातावरण घरमा बनाउनु पर्छ र उनीहरूले आफूमाथि त्यस्तो दुर्व्यवहार भएको सङ्केत गरे त्यस्ता घटनालाई लुकाउनु हुँदैन। "

देउतालाई 'चढाइएका' किशोरीहरू जो यौन शोषणमा पर्छन्

'सबैभन्दा भयानक यौन अपराधी' : १० महिलालाई बलात्कार गरेका चिनियाँ विद्यार्थीलाई आजीवन कारावास

बाल यौन दुर्व्यवहारका घटनाहरूलाई बेलायतमा निकै गम्भीर रूपमा लिइन्छ।

नेपाली समुदायका एकजना अगुवाका रूपमा पनि स्थापित डा. धिताल आफ्नै परिवारको सदस्य, नातेदार वा छिमेकबाट पनि बालबालिकाहरू यौन हिंसा वा दुर्व्यवहारको सिकार हुन सक्ने उदाहरणहरू वारम्बार सार्वजनिक हुने गरेकाले अभिभावकहरू यस विषयमा सचेत हुनुपर्ने बताउँछन् ।

"दक्षिण एसियाली समुदायमा आफ्नो वा आफ्नो परिवारको बेइज्जत हुन्छ भनेर यस्ता घटनाहरूलाई दबाउने वा लुकाउने चलन छ। मुख्य कुरा शिक्षा र सचेतना नै हो," उनले भने।

बेलायतको व्यस्त जीवनमा आफ्ना बालबालिकाको लागि भन्दै रातदिन मेहनत गरिरहेका बाबुआमा नै आफ्ना छोराछोरीको स्थिति कस्तो छ भन्ने बारे बढी जागरूक हुनु पर्ने विज्ञहरू बताउँछन्।

बाल मनोविज्ञानमा विद्यावारिधि गरेर त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरूमा लामो समय प्राध्यापन गरेकी डा. सुमाया राई शारीरिक र मानसिक रूपमा विकास नभइसकेका कलिला नानीहरू यौन हिंसाको सिकार हुँदा उनीहरूलाई तत्काल मात्रै हैन छैन दीर्घ कालसम्म आघात पर्ने बताउँछिन्।

"पीडित बालबालिकामा 'पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर' लगायत मनोसामाजिक समस्या देखिन सक्छ," उनले भनिन्।

डा. राई आफ्ना नानीहरूको व्यवहार अचानक परिवर्तन भयो भने त्यस तर्फ अभिभावक सजग रहनुपर्ने सुझाव दिन्छिन्।

"नानीहरू घरमा वा स्कुलमा साथीहरूसँग घुलमिल गर्न नसक्ने, एक्लै बस्ने, तनावमा रहने तथा घरमा कोही मानिस आयो भने झर्कने जस्ता व्यवहार देखाउन थाले भने उनीहरूलाई केही समस्या परेको छ कि भनेर छुट्टै खुलस्त कुराकानी गर्नु पर्छ," डा. राईले भनिन्।

"नयाँ देश, नयाँ वातावरणमा घुलमिल गर्दै जानु पर्ने हुन्छ। बाबा आमा दुवैले काम नगरे धान्न गाह्रो हुन्छ। धेरै जसो 'न्युक्लियर फ्यामिली' हुन्छ।

"त्यसैले आफै स्कुल जानसक्ने उमेरका नानीहरूलाई बाबा आमाले नै कसरी सुरक्षित रहने र कसैले दुर्व्यवहार गरे तत्काल शिक्षक वा आफ्ना अभिभावकलाई भन्न प्रोत्साहित गर्नु पर्छ।

"त्यस्तै अहिले सामाजिक सञ्जालबाट सम्पर्क गरेर दुर्व्यवहार गर्ने प्रचलन पनि बढेकाले आफ्ना नानीहरूलाई 'अनलाइन सेफ्टी' बारे पनि जागरूक बनाउनु पर्छ," उनले भनिन्।

उनले कुनै पनि समस्या आइपरे गुपचुप नराख्न र तत्काल सहायता लिन सुझाव पनि दिइन्।

'महिलालाई लागुपदार्थ दिएर बेहोस बनाई बलात्कार' : यूकेमा चिनियाँ विद्यार्थी दोषी ठहर

पत्नीलाई बेहोस बनाई दर्जनौँ मानिसलाई बलात्कार गर्न लगाउने फ्रान्सेली पुरुषलाई जेल

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.