ब्याङ्कको ब्याजदरभन्दा महँगीदर धेरै,'यो चिन्ताको विषय हो'

ब्याङ्कको ब्याजदरभन्दा महँगीदर धेरै,'यो चिन्ताको विषय हो'

bbc.com . ३९ मिनेट अघि

महँगीदर (मुद्रास्फीति ) भन्दा ब्याङ्कले दिने ब्याजदर सस्तो भएपछि त्यसले पुर्‍याउने असरबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

नेपाल राष्ट्र ब्याङ्कले हालै सार्वजनिक गरेको "देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति" मा २०८२ सालको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी दर) ४.४७ प्रतिशत रहेको छ।

त्यस्तै २०८२ चैत मसान्तमा वाणिज्य ब्याङ्कहरूको निक्षेपको औसत भारित ब्याजदर ३.४० प्रतिशत पुगेको छ।

यसरी बचतकर्ताले ब्याङ्कबाट आफूले राखेको रकममार्फत् पाउने ब्याजदरभन्दा महँगी धेरै भएपछि बिस्तारै ''डिससेभिङ"को अवस्था आउने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका हुन्।

डिससेभिङ अर्थात् व्यक्तिले महँगीका कारण आफ्नो कमाइबाट खर्च धान्न नसक्ने भएपछि बचतमा राखेको रकम झिकेर खर्च गर्ने अवस्थालाई भनिने अर्थशास्त्रीहरूको भनाइ छ।

ब्याङ्कमा पैसा थुप्रियो, ब्याज पनि घट्यो तर किन कोही लिन चाहँदैनन् कर्जा

ब्याङ्कहरूको निष्क्रिय कर्जा र कालोसूचीमा पर्ने ऋणीको सङ्ख्या बढ्नुपछिको कारण

नेपाल राष्ट्र ब्याङ्कले भने ब्याङ्कले दिने ब्याजदर अहिलेभन्दा कम नहोस् भन्नका लागि उपायहरू चालिरहेको जनाएको छ।

दुई वर्षभन्दा बढी समयदेखि ब्याङ्कहरूले बचतकर्तालाई दिँदै आएको ब्याजदर क्रमशः घटिरहेको छ।

आम मानिसलाई कस्तो असर पर्छ?

ब्याजदर कम हुने र महँगी बढ्दा मानिसहरूले पैसा बचत गर्नुभन्दा उपभोगमा खर्च गर्ने र त्यसले बिस्तारै ब्याङ्कमा रहने कर्जा कम हुँदै जाने राष्ट्र ब्याङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बताए।

उनले विगतमा मुद्दती बचतमा ब्याज बढी पाउने भएकाले मानिसहरूको आकर्षण रहे पनि पछिल्लो समय ब्याजदर घटेपछि त्यो आकर्षण घट्दै गएको बताए।

राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार गएको चैत मसान्तमा ब्याङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा मुद्दती निक्षेपको अंश ३८.९ प्रतिशत रहेको छ। जबकि अघिल्लो वर्षको त्यही अवधिमा मुद्दती निक्षेपको अंश ५१ प्रतिशत रहेको थियो।

महँगी बढ्ने र ब्याङ्कले दिने ब्याजदर कम हुने हुँदा बचतकर्ताले समयभन्दा अगाडि नै मुद्दती निक्षेपबाट बचत गरेको रकम झिक्ने र खर्च गर्ने क्रम बढ्ने र त्यो क्रम देखिइसकेको उनले बताए।

"सेभिङ्ग्स डिपोजिटमा राखेको रकम र फिक्स्ड डिपोजिटमा राखेको रकमको ब्याज उस्तै उस्तै भएपछि अहिले फिक्स्ड डिपोजिटको रकम घट्दै गएको छ," उनले भने।

"यो कारणले गर्दा अब बचतमा रहेको रकम पनि धमाधम निकाल्दै अन्तै प्रयोग गर्दा जाति हुन्छ कि भन्दा ब्याङ्कको बचत घट्न सक्छ।"

यसो हुँदा उपभोक्ताले तत्कालका लागि उपभोग गर्ने कुरामा रमाए पनि दीर्घकालमा आवश्यक परेका बेला उनीहरूसँग बचत नहुने जोखिम रहने क्षेत्री बताउँछन्।

त्यसैले ब्याङ्क र उपभोक्ता दुवै अहिलेको अवस्था बढ्दै गए मारमा पर्ने उनको बुझाइ छ।

नेपालले कोसँग कति ऋण लिएको छ, भारत र चीनलाई कति ब्याज तिर्छ

ब्याङ्कहरू किन घटाउँदै छन् ब्याजदर, कर्जा लिने र बचत गर्नेलाई के फाइदा?

नेपाल राष्ट्र ब्याङ्कका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धर तत्कालका लागि असर नदेखिए पनि ब्याङ्कको ब्याजदर र मुद्रास्फितिको अहिलेको अवस्था लम्बिइरहे त्यसले दीर्घकालमा गम्भीर असर पुर्‍याउने बताउँछन्।

"ब्याजदर कम भएपछि मुद्दती खाताबाट बचतमा सर्छ। विभिन्न देशको अनुभवले बचतमा सरिसकेको पैसा बिस्तारै उपभोगमा अलि बढी नै जाँदो रहेछ। त्यसले दीर्घकालमा बचत कम हुन जान्छ र त्यसलाई रिकभर गर्न गाह्रो हुन्छ," उनले भने।

मानिसहरूले ब्याङ्कमा बचत गरेको रकम प्रयोग गर्ने राम्रो विकल्प नपाएका कारण मात्रै अहिले ब्याङ्कमा कर्जा खासै नघटेको उनले बताए।

मानिसहरूले लगानी गर्ने सुन, शेयर र घरजग्गा क्षेत्रमा अहिले त्यति अनुकूल नभएका कारण मात्रै ब्याङ्कमा कर्जा अडिएको बताए।

लगानी फिर्ता हुने वा कर्जाको माग बढ्ने लक्षण अहिले पनि नदेखिएकोले खतरा बढेको उनी ठान्छन्।

"अहिले ब्याङ्कहरू अलि जोगिएको कारण चाहिँ त्यहाँ ब्याजदर कम भयो भनेर सहकारी जाऊँ त्यो खत्तम छ। सुनमा जाऊँ एकदम महँगो छ। जग्गाजमिन जोड्न पनि अप्ठ्यारो छ। शेयरमा पनि अप्ठ्यारो भएकोले मात्रै अहिले ब्याङ्कको निक्षेप ओरालो लाग्ने दबावमा नभएको हो," मानन्धरले भने।

"विकल्प सबै अप्ठ्यारो खालको भएर मात्रै ब्याङ्कहरू जोगिएका हुन्। ब्याजदर यति कममा झर्दा पनि निक्षेपमा कमी नआएको भनेको विकल्प खराब भएर मात्रै हो।"

यस्तो अवस्था सुधारको उपाय भनेको लगानी गर्ने र कर्जा जाने वातावरण बनाउनु नै रहेको उनी ठान्छन्।

राष्ट्र ब्याङ्कले के गर्दै छ?

महँगी र ब्याजदरको अहिलेको अवस्था छोटो समय रहे त्यति नकारात्मक असर नपर्ने तर लामो समयसम्म रहे असर गर्न सक्ने नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ।

"एक दुई महिनाकै हिसाबमा निष्कर्षमा पुग्नुपर्ने जस्तो लाग्दैन," नेपाल राष्ट्र ब्याङ्कका सहायक प्रवक्ता सुमन न्यौपानेले भने।

"यसको विश्लेषण मौद्रिक नीतिमा हुन्छ। प्रत्येक तीन तीन महिनामा समीक्षा भएर माथि लैजानुपर्ने हो कि होइन भन्ने राष्ट्र ब्याङ्कले निर्णय गर्छ।"

मुद्दतीततर्फ मुद्दती खाताको रकम सार्ने गरेको सहायक प्रवक्ता न्यौपाने बताउँछन्।

अहिले ३.४ प्रतिशत रहेको वाणिज्य ब्याङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर झन्डै तीन वर्षयता निरन्तर घट्दै आएको राष्ट्र ब्याङ्कको तथ्याङ्कबाट देखिन्छ।

२०७९ को चैत मसान्तमा ब्याङ्कहरूले दिने ब्याजदर ८.२६ प्रतिशत रहेको थियो। त्यसपछि २०८० मा ६.५३ प्रतिशत रहेको ब्याजदर २०८१ मा ४.५४ प्रतिशत रहेको थियो।

यसरी ब्याजदर कम हुँदै गएका बेला राष्ट्र ब्याङ्कले थप नझर्नका लागि गरिरहेको प्रयास के हो?

"अहिलेको अवस्थामा नेपाल राष्ट्र ब्याङ्कले अल्पकालीन ब्याजदरलाई निश्चित सीमाभित्र नियन्त्रण गरेर राख्ने संरचना छ र त्यसको आधारमा तरलता प्रशोचन गर्ने (बजारबाट पैसा खिच्ने) काम भइरहेको छ," जबाफमा सहायक प्रवक्ता न्यौपानेले भने।

"त्यो प्रशोचन पनि नगरेको भए अहिलेभन्दा पनि तल जान्थ्यो। त्यसैले ब्याजदर थप तल जान नदिन राष्ट्र ब्याङ्कले काम गरिरहेको छ।" खातामा राख्दा र बचत खातामा रकम राख्दा ब्याजदरमा धेरै फरक नभएपछि मानिसहरूले बच

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.