भदौ आन्दोलनपछि एमालेभित्र युवापुस्ताले देखेको परिवर्तन र नयाँ नेतृत्वबाट राखेको आश

भदौ आन्दोलनपछि एमालेभित्र युवापुस्ताले देखेको परिवर्तन र नयाँ नेतृत्वबाट राखेको आश

bbc.com . २ घण्टा अघि

नेकपा एमालेले ११ औँ महाधिवेशनमार्फत् पार्टीको नयाँ नेतृत्व चुनेको छ। अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्।

पार्टी पदाधिकारी र केन्द्रीय समिति छान्न भएको चुनावमा मतदान गर्न पाएका युवा प्रतिनिधिहरूले यस पटक युवाको सहभागिता बढी देख्न पाइएको र अब जिम्मेवार पदमा पार्टीको शीर्ष नेतृत्वले आफूहरूलाई विश्वास गरून् भन्ने लागेको बताएका छन्।

नेतृत्वपङ्क्तिमा अधिकांश पुरानै व्यक्तिहरू दोहोरिएका छन्। यद्यपि केन्द्रीय समितिमा युवापुस्ताको सहभागिता हुने व्यवस्थालाई आफूहरूले सकारात्मक मानेको युवा प्रतिनिधिहरूले बताएका छन्।

भदौमा पार्टी सत्ताच्युत हुने गरी विकसित घटनाक्रमको झन्डै तीन महिनापछि एमालेको महाधिवेशन भएको हो। जेन जी आन्दोलन हुनुअघि पार्टीको विधान अधिवेशन भएको थियो।

युवा सहभागिता बढ्नुलाई भदौमा भएको जेन जी आन्दोलनको प्रभावका रूपमा केहीले हेरे पनि केहीले भने त्यसकै प्रभाव भन्न नमिल्ने र नेतृत्व तहका पदहरूमा आफूहरूले अनुभवी व्यक्ति नै चाहेको बताएका छन्।

जेन जी आन्दोलनले विस्थापित भएका केपी ओली एमाले नेतृत्वमा स्थापित

नेकपा एमालेको नेतृत्व चयनको परिणाम आयो, ओली अध्यक्षमा निर्वाचित बाँकी को-को आए?

नेकपा एमालेभित्र पहिलो पटक ४० वर्षमुनिका प्रतिनिधि राख्नुपर्ने व्यवस्था महाधिवेशनले गरेपछि यो महाधिवेशनमा युवाहरूको सहभागिता र प्रतिनिधित्व दुवै विगतमा भन्दा बढेको बताइन्छ।

"चालीस वर्षमुनिका मानिसहरू रहनुपर्ने अनिवार्य गरेपछि युवा प्रतिनिधित्व बढेको छ। तर विगतको महाधिवेशनमा अनिवार्य व्यवस्था नहुँदा पनि २०० जति प्रतिनिधिहरू थिए," एमालेको केन्द्रीय सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीले भने।

जेन जी आन्दोलनपछि भएको एमालेको महाधिवेशनमा केही पदाधिकारीले भने आफूले उम्मेदवारी नै नदिने घोषणा समेत गरे।

त्यसो गर्नेमा अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली छन्। उनीहरूको यो निर्णयलाई कतिपयले जेन जी आन्दोलनपछिको प्रभावका रूपमा पनि अर्थ्याएका छन्।

विगतमा भन्दा कसरी भिन्न

यसपालि केन्द्रीय सदस्यको उम्मेदवार समेत रहेकी युवा प्रतिनिधि नीता घतानीले युवाहरूको उपस्थिति र उच्च मनोबल देखेर आफूलाई खुसी लागेको बताइन्।

उनी विगतको १० औँ महाधिवेशनमा सहभागी भए पनि प्रतिनिधि भएर मत दिन पाएकी थिइनन्।

"अलिअलि चाहिँ [जेन जी]को प्रभाव पनि देख्न चाहिँ देखिन्छ। यसकै कारणले भन्ने चाहिँ होइन। तर अहिले प्रतिनिधि आउनेले पनि अब युवा चाहिन्छ, नत्र त घर जलाइदिइहाल्छन् नि। युवा भयो भने पार्टीको रक्षा गर्छन् भन्ने छ। उहाँहरूले ब्याक सपोर्टरजस्तो उत्पादन गर्नुपर्छ भन्ने छ," घतानीले भनिन्।

एमाले महाधिवेशन के भदौको परिवर्तनपछि पार्टीमा परेको प्रभाव हेर्ने अवसर हो

एमाले नेतृत्वका लागि दुई जनाको उम्मेदवारी : ११ वर्षपछि भृकुटीमण्डपमा ‌ओलीको दोस्रो परीक्षा

उनले यो महाधिवेशनमा देखिएको युवा सहभागिताले निरन्तरता पाओस् भन्ने अपेक्षा रहेको बताइन्।

"युवाहरूको नेतृत्व निरन्तर होस्। विभिन्न क्लस्टरबाट आएका युवाहरूलाई तालिम पनि छैन। अलिअलि प्रशिक्षण पनि हुनुपर्‍यो। जिम्मेवारी दिन हामीलाई नेतृत्वले विश्वास पनि गर्नुपर्‍यो," उनले भनिन्।

"एमालेभित्र युवाको सहभागिताले अन्य दललाई पनि चुनौती दिएको छ। नेतृत्वले जिम्मेवारी दिएपछि हामीले पनि परिणाम दिन सक्नुपर्छ।"

त्यस्तै २९ वर्षीय प्रतिनिधि प्रकाश विष्टले एमालेले विगतदेखि नै युवा सहभागितालाई प्राथमिकता दिँदै आएको र अहिले झन् बढेको तर्क गरे।

"भदौमा जस्ता खालका घटनाहरू भए त्यसपछि एमालेमा पनि युवापङ्क्तिलाई समावेश गर्नुपर्छ भन्ने आवाज भएकाले ४० वर्ष मुनिका युवालाई ल्याउन कोटा निर्धारण गरियो," उनले भने।

"लोकतान्त्रिक संस्थाहरूको पुनर्सुधारीकरणका विषय र युवापुस्तालाई अब आउने नेतृत्वको रूपमा 'ग्रूम' गर्दै लैजानुपर्ने अपेक्षा गरेका छौँ।"

'उन्माद, उपद्रव, महाविनाश': के केपी शर्मा ओलीले जेनजी आन्दोलन 'अस्वीकार' गरेका हुन्?

संसद् पुनर्स्थापना माग गर्दै ओलीले एमाले महाधिवेशन उद्घाटनमा चर्चा गरेको 'गम्भीर षड्यन्त्र'

पुराना

जेन जी आन्दोलनले सरकारको नेतृत्वमा रहेका केपी शर्मा ओलीलाई सरकारबाट हटायो। अहिले एमालेले तिनै व्यक्तिलाई तेस्रो कार्यकालमा अध्यक्षमा चयन गरेको छ, पार्टीभित्रका युवा प्रतिनिधिहरूको रोजाइमा पनि पुरानै नेताहरू परेका देखिन्छ।

"जेन जीहरूले उठाएका युवापुस्तालाई राजनीतिक दलको मूलधारमा ल्याउनुपर्छ भन्ने कुरा चाहिँ जायज हो। यद्यपि उमेरलाई मापदण्ड मानेर गर्ने वैज्ञानिक आधार रहँदैन," उनले भने।

"खारिएको नेतृत्व खास गरी दुई-चार चरण पार्टीमा लोकतान्त्रिक मूल्यको अभ्यास गरेको व्यक्ति नै हुन्छ भन्ने मान्यताअन्तर्गत नै गरेका हौँ।"

सप्तरीका ललितनारायण रजकले पार्टीको नयाँ नेतृत्वबाट आफूहरूले परिवर्तन चाहेको बताए।

"राजनीतिमा कुनै पार्टीले आफ्नो कार्यकर्तालाई मात्रै गर्छ। तर अब यो पार्टीले हरेक जनता भाषाभाषी, जाति-जनजाति सबैका लागि मार्गदर्शकको रूपमा अग्रभूमिका खेलोस् भन्ने चाहना छ," रजकले भने।

"यो महाधिवेशनले दबाव दिइसकेको छ। ओलीले पार्टीभित्र एकतन्त्रीय निर्णय गरेको जस्तो देखिए पनि राष्ट्रहितका लागि देशीविदेशी तत्त्वसँग अडान लिएको भएर युवा आकर्षित छन् जस्तो लाग्छ।"

एमाले महाधिवेशनमा जेन जी आन्दोलनको जगबाट केपी ओलीलाई चुनौती

केपी ओलीलाई महाधिवेशनमा चुनौती दिने ईश्वर पोखरेलको घोषणाले 'एमालेमा तीव्र ध्रुवीकरण'

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.