ईयूले अमेरिकासँगको व्यापार सम्झौता 'निलम्बन गर्ने' भएपछि विश्वबजारमा हलचल

ईयूले अमेरिकासँगको व्यापार सम्झौता 'निलम्बन गर्ने' भएपछि विश्वबजारमा हलचल

bbc.com . २ घण्टा अघि

युरोपेली संसद्‌ले जुलाईमा संयुक्त राज्य अमेरिकासँग भएको व्यापार सम्झौतालाई निलम्बन गर्ने योजना बनाइरहेको उसको अन्तर्राष्ट्रिय व्यापार समितिनिकट स्रोतहरूले बताएका छन्।

उक्त निलम्बनबारे फ्रान्सको स्ट्राज्बर्गमा बुधवार घोषणा गरिने भएको छ।

ग्रीनल्यान्ड लिने आफ्नो योजनाको विरोध गर्ने युरोपेली देशहरूमाथि थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको धम्कीबीच यो कदमसँगै अमेरिका र युरोपबीच थप तनाव चुलिने देखिन्छ।

अमेरिका र ईयूबीच महत्त्वपूर्ण व्यापार सम्झौता, कसलाई कस्तो फाइदा

ट्रम्पको आयात शुल्कको विश्वव्यापी प्रभाव, मारमा अमेरिकी साझेदारदेखि साना देशसम्म

अमेरिका र युरोपबीच जारी बाझाबाझका कारण वित्तीय बजार हल्लिएको छ, जसले व्यापारयुद्ध तथा अमेरिकाले अवलम्बन गरेका व्यापारका उपायहरूविरुद्ध जबाफी कारवाहीका सम्भावनाबारे फेरि चर्चा सुरु भएको छ।

एट्लान्टिकका दुवैपट्टि मङ्गलवार शेअर बजार मन्द देखियो भने युरोपेली शेअर बजारहरूमा लगातार दोस्रो दिन घाटा भइरहेको पाइयो।

शेअर बजारमा असर

अमेरिकाको डाउ जोन्समा १.७ प्रतिशतभन्दा बढीले गिरावट आयो भने एस एन्ड पी ५०० मा २ प्रतिशतभन्दा बढी र नास्डाकको कारोबारमा २.४ प्रतिशतभन्दा बढीको गिरावट भएको देखियो।

एशिया प्यासिफिक क्षेत्रका शेअर बजारहरूमा बुधवार मिश्रित असर देखिएको छ। जापान र अस्ट्रेलियामा सामान्य गिरावट भएको छ भने मुख्य भूभाग चीनमा शेअर बजार उकालो लागेको पाइएको छ।

सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ र पहिलो पटक प्रतिआउन्स ४,८०० अमेरिकी डलर नाघेको छ। चाँदीको मूल्य ९४ डलर प्रतिआउन्सको कीर्तिमान उच्च स्तरबाट खसेको छ।

अनिश्चितताको समयमा मूल्यवान्‌ धातुमा गरिने लगानी सुरक्षित मानिन्छ र सुन एवं चाँदीको मूल्य पछिल्लो वर्ष उकालो लागेको छ।

अन्य मुख्य मुद्राहरूको तुलनामा अमेरिकी डलर स्थिर देखियो। बेलुका चाहिँ ०.५ प्रतिशतले अवमूल्यन भयो, जुन डिसेम्बर प्रारम्भयताकै दैनिक भएको गिरावटमा उच्च हो।

ट्रम्पको कदमसँगै विश्व शेअर बजारमा उथलपुथल

अमेरिका-चीन व्यापार युद्धमा बेइजिङले खेल्न सक्ने 'पाँच तुरुप'

'विकल्प छैन'

गत जुलाईमा अमेरिका र ईयूले व्यापार सम्झौता गरेयता द्विपक्षीय व्यापार तनाव मत्थर भएको थियो।

उक्त सम्झौताले युरोपेली सामानहरूमा १५ प्रतिशत शुल्क लगायो, त्यसअघि ट्रम्पले ३० प्रतिशत शुल्क लगाउने धम्की दिएका थिए।

त्यो सम्झौताको बदलामा युरोपले अमेरिकी बजारमा लगानी गर्ने र अमेरिकी निर्यात बढाउने अपेक्षा गरिएको परिवर्तन ल्याउन सहमति जनायो।

सम्झौतासँगै केही निश्चित उत्पादनहरूमा शून्य शुल्कसहित अमेरिकी निर्यातकर्ताहरूका लागि २७-सदस्यीय ईयूले आफ्नो बजार खोल्ने ट्रम्पले त्यस बेला बताएका थिए।

युरोपेली आयोगकी अध्यक्षले विश्वव्यापारको करिब एकतिहाइ भाग ओगट्ने दुई साझेदारहरूका लागि सम्झौताले स्थायित्व ल्याउने भन्दै त्यसको प्रशंसा गरेकी थिइन्।

तर उक्त सम्झौतालाई औपचारिकता दिनका लागि युरोपेली संसद्‌ले अनुमोदन गर्न बाँकी नै छ।

तर ग्रीनल्यान्डको विषयलाई लिएर ट्रम्पले ट्यारिफ बढाउने ताजा चेतावनी दिएसँगै युरोपेली संसद्‌का एक प्रभावशाली जर्मन सदस्य म्यान्फ्रेड वेबरले "यो अवस्थामा अनुमोदन सम्भव नभएको" बताएका छन्।

अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी युरोपेली संसदीय समितिका सभापति बर्न्ड लाङ्गले ग्रीनल्यान्डबारे दिइएको चेतावनीपछि उक्त सम्झौतालाई निलम्बन गर्नुको "विकल्प नरहेको" बताए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.