क्यानडाले 'चीनसँग सम्झौता गरे' १०० प्रतिशत कर वृद्धि गर्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाका सामानमाथि १०० प्रतिशत कर लगाउने चेतावनी दिएका छन्।
"यदि क्यानडाले चीनसँग सम्झौता गर्यो भने, क्यानडाबाट आउने सबै सामग्रीमा अमेरिकाले १०० प्रतिशत कर वृद्धि गर्नेछ," ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा भनेको सम्झौता कुन हो भनेर स्पष्ट छैन। गत साता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग "रणनीतिक साझेदारी" को घोषणा गरे र कर वृद्धि घटाउन सहमति जनाए।
ट्रम्पले त्यति बेला उक्त कदमलाई "राम्रो कुरा" भनेका थिए। तर हालैका दिनहरूमा अमेरिका र क्यानडाबीचको तनाव बढेको छ जब कार्नीले डाभोसमा एउटा भाषणमा अमेरिकी नेतृत्वको विश्व व्यवस्था भत्किएको बताएका थिए।
क्यानडाका आगामी प्रधानमन्त्रीले गरे ट्रम्पविरुद्ध व्यापार युद्ध जित्ने वाचा
ट्रम्पको घोषणापछि अमेरिकी उत्पादनमा आयात शुल्क लगाउने क्यानडाको निर्णय, मेक्सिको र चीनले के भने?
कार्नीले ट्रम्पको नाम त उल्लेख गरेनन् तर अन्य "मध्यम शक्तिहरू" लाई "ठूला शक्तिहरू" द्वारा आर्थिक जबरजस्ती सामना गर्न आग्रह गरे।
ट्रम्पले त्यसको भोलिपल्ट नै उक्त टिप्पणीको प्रतिक्रिया जनाउँदै भने: "अमेरिकाकै कारण क्यानडा बाँचिरहेको छ।"
क्यानडाको भनाइ के हो?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडालाई आफ्नो नयाँ 'पीस अफ बोर्ड'मा सामेल हुन दिएको निमन्त्रणालाई फिर्ता गरेका छन्।
शनिवार सामाजिक सञ्जालमा ट्रम्पले एउटा पोस्ट गर्दै कार्नीलाई "यदि उनी चीनका लागि सामान र उत्पादन अमेरिका पठाउन क्यानडालाई 'ड्रप अफ पोर्ट' बनाउँछन् भने उनी सरासर गलत छन्" भनेका छन्।
बीबीसीले त्यसबारे टिप्पणीका लागि ह्वाइट हाउस र कार्नीको कार्यालयलाई सम्पर्क गरेको छ।
क्यानडाका अमेरिकी व्यापार मन्त्री डोमिनिक लिब्लँले एउटा वक्तव्यमा भनेका छन्: "चीनसँग स्वतन्त्र व्यापार सम्झौता गर्ने कुनै लक्ष्य छैन।"
"थुप्रै महत्त्वपूर्ण करका विषयहरूमा समाधान भेटिनु नै उपलब्धि भयो।"
ट्रम्पद्वारा क्यानडाले थप आयात शुल्क तिर्नुपर्ने घोषणा, दर्जनौँ देशमाथि लेभी
ट्रम्पविरुद्ध कडा टिप्पणी गरेका क्यानडाका प्रधानमन्त्री के अब पछि हट्दै छन्
लिब्लँले सरकार एउटा बलियो अर्थतन्त्र बनाउन र व्यापार सम्झौता "विश्वभरि नै" मजबुत पार्न केन्द्रित रहेको बताएका छन्।
ट्रम्पले बारम्बार कर वृद्धि गरेका कारण उत्पन्न अनिश्चितताका माझ क्यानडा आफ्नो सबैभन्दा ठूलो व्यापार साझेदार अमेरिकाबाट टाढा व्यापार विविधीकरण गर्न खोजिरहेको छ।
विद्यार्थी भिसा अन्तर्वार्ताको समय नदिने अमेरिकी निर्णयले नेपालीलाई पर्न सक्ने असर
ट्रम्पले थपेका करका कारण उत्पन्न 'व्यापार युद्ध'को परिणाम कस्तो आउन सक्छ
कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच गत साता भएको सम्झौता अनुसार चीनले क्यानडाको क्यानोला तेलमा ८५ प्रतिशतबाट घटाएर १५ प्रतिशत कर लगाउनेछ भने क्यानडाले चिनियाँ विद्युतीय कारमा १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत लगाउने छ।
यो सम्झौतालाई वर्षौँको तनावपूर्ण सम्बन्ध र जस्तालाई तस्तैको करको व्यवहारपछि एउटा सफलताको रूपमा हेरिएको थियो र क्यानडामा चीनको थप लगानी हुने देखिन्छ।
कार्नीले चीनसँग भएको प्रगतिले क्यानडालाई "नयाँ विश्व व्यवस्थाको लागि राम्रो" गरेको बताए।
अमेरिका: ट्रम्पले रोपे अनिश्चयको बीज – चीनका सीका सामु खुल्यो अवसर
ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट हुने आयातमा 'लगाउने' नयाँ भन्सार दर कस्तो छ?
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: