भारतमा चार्टर्ड विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्रीको मृत्यु
भारतको महाराष्ट्रमा एउटा चार्टर्ड विमान दुर्घटनाग्रस्त हुँदा उक्त राज्यका उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको उनका निजी सहायकले बीबीसी मराठीलाई बताएका छन्।
प्रारम्भरिक जानकारीअनुसार बुधवार बिहान अवतरण गर्ने क्रममा विमान बारामतीमा दुर्घटनामा परेको थियो।
विमानमा अजित पवारका अतिरिक्त अन्य चार जना सवार रहेका बताइएको छ। दुईजना चालकदलका सदस्य र दुईजना अजित पवारका सहयोगी भएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
उक्त विमान मुम्बईबाट उडेको थियो।
बीबीसी हिन्दीका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको र विमानमा आगो लागेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: