पपुवा न्युगिनीसँगको खेलमा नेपालको सङ्घर्षपूर्ण जित

पपुवा न्युगिनीसँगको खेलमा नेपालको सङ्घर्षपूर्ण जित

bbc.com . ३ महीना अघि

आईसीसी विश्वकप लिग-२ शृङ्खलाअन्तर्गत दुबईमा आफ्नो तेस्रो खेलमा नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)लाई पराजित गरेको छ।

पीएनजीले ४९.२ ओभर खेल्दै १७९ रन बनाएको थियो। सहज ठानिएको १८० रनको लक्ष्य नेपाली टोलीले ४७.६ ओभरमा सात विकेट गुमाएर १८२ रन बनायो।

ओपनर आसिफ शेखले जीतमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

अन्तिम समयमा सन्दीप लामिछानेले उनीसँग ब्याटिङमा राम्रो साझेदारी गरेका थिए।

सेखले ८६ र लामिछानेले ३५ रन बनाए।

आईसीसी विश्वकप लिग-२ शृङ्खलाको अङ्क तालिकामा नेपाल यूएईभन्दा पछाडि छैटौँ स्थानमा छ।

नेपाल, पीएनजी र यूएईबीच प्रतिस्पर्धाको सिलसिला अझै दुई हप्ता यसरी नै चल्नेछ। लिग-२ का ७ राष्ट्रमा बाँकी ४ टोलीले खेल्नुपर्ने ३६ खेल पूरा गरिसकेका छन्।

जारी प्रतिस्पर्धा भने कुन टोली उत्कृष्ट पाँचमा पर्छन् भन्नेमा केन्द्रित छ। शीर्ष पाँच टोलीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सीधै जोगिनेछ।

नेपालको सङ्घर्ष

कप्तान रोहित पौडेल ६ खेलपछि पहिलो पटक टस जित्न असफल भएका थिए।

ओपनर कुशल भुर्तेल इनिङको पहिलो बलमा नै 'रोयल डक आउट' भएपछि टोलीलाई सुरुआतमै झट्का लागेको थियो।

त्यस्तो झट्का नेपालले निरन्तर रूपमा बेहोरिरहनु पर्‍यो।

पाँचौँ ओभरमा ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट भए।

त्यसपछि प्रशिक्षक मोन्टी देशाईले टोलीमा स्थान दिएका भीम सार्कीलाई क्रिजमा पठाएका थिए।

तर उनको यो प्रयोग असफल साबित भयो। ३५ बल खेलेर मात्र ८ रन बनाउँदै सार्की पवेलियन फर्किए।

स्थिति थप बिग्रियो। कप्तान पौडेल (१ रन ), आरिफ शेख (१ रन) र दीपेन्द्र सिंह ऐरी (८ रन) लगातार आउट हुन पुगेका थिए।

२२ ओभरमा नेपालले ७४ रन मात्र जोडेको थियो भने टोलीको प्रमुख ६ खेलाडी आउट भइसकेका थिए।

एउटा इन्डमा ओपनर आसिफ शेख डटिरहेका थिए। उनलाई कुशल मल्लले आठौँ विकेटमा केही समय राम्रो साझेदारी गर्दै खेल उकासेका थिए।

तर मल्ल २३ रन बनाएर आउट भएपछि नेपालको मुस्किल फेरी बढेको थियो।

पीएनजीको मध्यम स्कोर

यसअघि पीएनजीले पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। ओपनरहरू टोनी उरा र किप्लिन डोरिगाले ११ ओभरसम्म संयमित ब्याटिङ गर्दै ४२ रनको राम्रो साझेदारी गरेका थिए।

स्पिनर सन्दीप लामिछानले डोरिगालाई एलबीडब्लुको धरापमा पारेर यो जोडीलाई तोडिदिएपछि पीएनजी केही समय धरमराएको जस्तो देखियो।

‌३९ रन बनाएर खेलिरहेका ओपनर उरालाई सोमपाल कामीले कट एण्ड बोल्ड गरेर विपक्षीलाई थप दबाबमा पारे। हिरी हिरीको २६ रनको मद्दतले पीएनजीले १७९ रन सम्म पुग्न सक्यो।

कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए। करण केसी र कुशल मल्लको नाममा १/१ विकेट रह्यो।

यूएईमा आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ४ विकेटले पराजित गरेको थियो।

यसअघि बुधवार भएको खेलमा नेपाल यूएईसँग पराजित भएको थियो।

कसिलो बलिङ गरेको भए पनि ब्याटरहरूले टिकेर खेल्न नसक्दा नेपालले यूएईसँग हार व्योहेरोको थियो।

यूएईसँगको पराजयसँगै नेपालले आइसीसी विश्वकप लिग-२ को पाचौँ स्थानमा उक्लिने अवसर गुमाएको थियो।

साथै नेपालले आइसीसी विश्वकप लिग-२ मा लगातार छैठौँ खेल जितेर कीर्तिमान रच्ने अवसर पनि सदुपयोग गर्न सकेन।

आईसीसी विश्वकप लिग-२ शृङ्खला अन्तर्गत नेपालमा भएका चार खेल जितेर टोली यूएई पुगेको थियो।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.