स्विस स्की रिजोर्टमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु

स्विस स्की रिजोर्टमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु

bbc.com . २ घण्टा अघि

दक्षिणी स्विजरल्यान्डको एउटा स्की रिजोर्टमा रहेको एउटा बारबाट आगलागी फैलिँदा कम्तीमा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनामा ११५ जना घाइते भएका छन् र तीमध्ये कैयौँ "गम्भीर" घाइते भएका छन्।

स्विजरल्यान्डको क्रान्स-मोन्टानास्थित ल कन्स्टेलेशन बारमा स्थानीय समयानुसार बिहान करिब १:३० बजे (जीएमटी ००:३०) विस्फोटन भएको थियो। उक्त बारमा नयाँ वर्ष मनाउनेहरूको भिड थियो।

उक्त घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरूले त्यसको कारण पुष्टि गर्न सकेका छैनन् तर आक्रमणको सम्भावनालाई भने अस्वीकार गरेका छन्।

थुप्रै देशका मानिसहरू प्रभावित भएका छन्। क्षेत्रीय प्रहरी कमान्डर फ्रेडरिख जिस्लरले आउँदा दिनमा मृत्यु भएकाहरूको पहिचान गर्नुलाई प्राथमिकतामा राखिने बताए। उनले ती शव चाँडै परिवारलाई फिर्ता गर्न सकियोस् भन्ने हेतुले त्यसो गरिने बताए।

गोवामा ज्यान गुमाएका पाँच नेपाली 'आगलागी भएको नाइटक्लबका कर्मचारी'

गोवाको नाइटक्लबमा 'ग्यास सिलिन्डर पड्किँदा' पर्यटक र कर्मचारीसहित २५ जनाको मृत्यु

१३ हेलिकप्टर, ४२ एम्बुलेन्स र १५० आपत्कालीन प्रतिक्रियाकर्ताहरूलाई रातभरि आगो लागेको भ्याले क्षेत्रमा पठाइएको थियो। यो क्षेत्र पर्यटकमाझ असाध्यै चर्चित छ।

घाइतेमध्ये अधिकांश गम्भीर रूपमा जलेका छन् र ६० जनालाई भ्यालेस्थित सियोँ अस्पतालमा पठाइएको छ। क्षेत्रीय गभर्नर म्याटिया रेनर्डले "उल्लेख्य सङ्ख्या" मा बिरामी रहेको र उनीहरूको अवस्था गम्भीर रहेको बताएका छन्।

विभिन्न अस्पतालमा जलेका बिरामीको उपचार हुँदै

सियोँ अस्पतालको सघन उपचार कक्ष पूर्ण क्षमतामा थियो र रेनर्डले स्थानीय समुदायले अनावश्यक रूपमा अस्पताल उपचारको आवश्यकता नपर्न थप सावधान हुनुपर्ने बताए।

"हामी पीडादायी रूपमा सचेत छौँ। शवहरू र घाइतेहरूको पहिचान गर्न अझै पनि संलग्न परिवारहरूलाई धेरै लामो समय लाग्न सक्छ," रेनर्डले थपे।

केही मानिसलाई जलेका मानिसहरूको उपचार गरिने बर्न युनिट भएका लोजान, ज्युरिखलगायतका अन्य स्विस सहरहरूमा लगिएको छ।

लोजान युनिभर्सिटी हस्पिटलका प्रवक्ताले जलेका २२ बिरामीको आफूहरूले उपचार गरिरहेको बताएका छन्। त्यस्तै ज्युरिख युनिभर्सिटी अस्पतालले आफूहरूले जलेका १२ बिरामीको उपचार गरिरहेको जनाएको छ।

केही मानिसहरूलाई जिनिभा युनिभर्सिटी अस्पतालमा सारिएको थियो जहाँ उनीहरूलाई गम्भीर, "थर्ड डिग्री" जलेको उपचार भइरहेको थियो र ती १५ देखि २५ वर्षका युवाहरू थिए", डाक्टर रोबर्ट लरिबउले बीबीसीसँग भने।

"आगो यति तीव्र गतिमा फैलिएको थियो कि आगो आन्तरिक रूपमा भएको हुनसक्छ। मानिसहरूले सास फेर्दा फोक्सोमा विषाक्त धुवाँ पुगेको छ," उनले भने।

काठमाण्डूका अग्ला भवनमा आगो लागे निभाउन न दमकल छ, न भर्‍याङ नै

कसरी हुन्छ बिजुलीबाट आगलागी वा दुर्घटना, क्षति घटाउने उपाय के हुन्

यूके एशोसियसन अफ फायर इन्भेस्टिगेटर्सका अध्यक्ष रिचर्ड ह्यागरले आगोको ज्वालाको असरले यति घातक बनाएको ठानिएको बताए।

इटलीको विदेश मन्त्रालयले बीबीसीलाई बताएअनुसार १६ इटलीका नागरिक हराइरहेका छन् भने अन्य १२ देखि १५ जनाको अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै फ्रान्सको विदेश मन्त्रालयले आफ्ना आठ नागरिक बेपत्ता रहेको र मारिनेमा फ्रान्सेली नागरिक रहेको सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएको छ।

घाइतेमध्ये कम्तीमा दुई जना फ्रान्सेली नागरिक रहेको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन्।

मृतक र घाइतेहरूको यकिन सङ्ख्या अझै थाहा हुन सकेको छैन। उनीहरू कुन देशका हुन् भन्ने पनि पुष्टि हुन बाँकी रहेको तर त्यहाँ धेरै देशका मानिसहरू रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।

बिहीवार साँझ एउटा पत्रकार सम्मेलनमा बोल्दै अधिकारीहरूले बारमा आगलागी हुँदा त्यहाँ कति मानिस थिए भन्ने थाहा नभएको बताएका छन्।

स्विजरल्याण्डका लागि इटलीका राजदूत जियान लोरेन्जो कोर्नाडोले मृतकको पहिचान गर्न हप्तौँ लाग्ने बताएका छन्।

स्थानीय मानिसहरू बिहीवार साँझ मोन्टानास्थित एक गिर्जाघरमा मृतकलाई श्रद्धाञ्जली दिन भेला भएका थिए। आगलागी भएको स्थान नजिकै फूलका गुच्छाहरू पनि चढाइएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.