सुदूरपश्चिम प्रदेश : निर्वाचन नजिक आउँदै गर्दा मतदाताहरूमा 'उत्साह र संशय' को मिश्रण

सुदूरपश्चिम प्रदेश : निर्वाचन नजिक आउँदै गर्दा मतदाताहरूमा 'उत्साह र संशय' को मिश्रण

bbc.com . २ घण्टा अघि

निर्वाचनमा मतदान गर्ने मिति नजिक आउँदै गर्दा सुदूरपश्चिम प्रदेशका मतदाताहरूमा उत्साह र संशयको मिश्रण देखिन्छ।

धनगढीको सन्तोषी टोलकी ६० वर्षे जुना राई मतदान गर्न उत्साहित देखिन्छिन्।

अघिल्लो आमनिर्वाचनमा भने मतदान नगरेको बताउने उनी भन्छिन्, "नयाँ दलहरू आएका छन्, पुराना झन् तम्सिएर आइरहेका देखिन्छन्। खै के पो हुने हो, हेरौँ के हुन्छ," उनले भनिन्।

धनगढीमा भेटिएका बझाङका धर्मराज रोकाया फागुन २१ गतेको निर्वाचनलाई पुरानो पुस्ता र नयाँ सोचबीचको प्रतिस्पर्धा हो भन्छन्।

महिलाहरू अबको चुनावबाट के भइदिओस् भन्ने चाहन्छन्?

कुन दलको चुनावी प्रचारप्रसार रणनीति कस्तो

कैलालीको अत्तरिया निवासी गुणकर भन्छन्, "भोट दिने बेला गाउँमा राम्रालाई होइन, 'हाम्रालाई' छानौँ भन्ने दबाव हुन्छ। त्यसैले अहिले नै केही भन्न सकिन्नँ।"

गत भदौमा भएको राजनीतिक उथलपुथलपछि हुन लागेको यो निर्वाचनलाई अझ पनि धेरैले 'पर्ख र हेर' को अवस्थामा हेरिरहेका छन्।

खासै देखिँदैन चुनावी रौनक

जनसङ्ख्या बढी छ तर मतदाता सूचीमा किन कम छन् महिला

'मतदाता परिचयपत्रमा पति-पत्नीको नाम फरक पर्‍यो, के गर्ने?': आयोगको कल सेन्टरमा सोधिने अरू प्रश्न कस्ता

चुनाव हुन केही दिन मात्रै बाँकी रहँदा पनि सहर, बजार र गाउँघरमा पहिले पहिलेको निर्वाचनमा जसरी अपेक्षित चुनावी चहलपहल देखिँदैन।

धनगढी क्याम्पस रोडका दीपक जोशी भन्छन्, "चुनाव आउनै लाग्यो तर सुनसान जस्तो छ। भोट माग्न फाटफुट उम्मेदवारहरू आइरहेका छन्, तर पहिलाजस्तो रौनक छैन।"

निर्वाचन आयोगले फागुन ३ गतेसम्म आमसभा, प्रचार प्रसार गर्न नपाइने व्यवस्था गरेका कारण पनि त्यसो भएको हुन सक्ने कतिपयको ठम्याइ छ।

फागुन ४ गतेपछि आमसभा, प्रचार प्रसार गर्न खुला भएसँगै चुनावको माहोल पनि तातिँदै गएको ठान्छन् धनगढी उत्तरवेहडीका विज्ञान भट्ट।

साझा मुद्दा: सुशासन र विकास

स्थानीय भाषा बोल्दै र पोसाक लगाउँदैमा के चुनाव जित्न सहयोग पुग्छ

नेपाल निर्वाचन: नयाँ मतदाताहरूले मतदाता परिचयपत्र कहिले र कसरी पाउलान्?

धनगढीसँग जोडिएको कञ्चनपुरका रैकवारविचुवाका श्याम भट्ट भन्छन्, ''हामीले गरिबीबाट मुक्ति चाहेको हो। सुशासन चाहेको हो। शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी चाहेको हो। तर हरेक चुनावमा यी नारा मात्रै बन्छन्। नेताहरूले आश्वासन मात्रै दिने भए।''

उम्मेदवारहरू घरदैलोमा आएर सुशासन र रोजगारीको वाचा गरिरहँदा श्यामलाई ती शब्दहरू पुरानै लय जस्तो लाग्छन्।

"यसपालि केही हुन्छ कि भन्ने आशा त हो, तर त्यति विश्वास लाग्दैन", उनी थप्छन्।

परम्परागत दलहरूप्रति असन्तुष्टि चुलिँदै गएको देखिए पनि पूर्ण भरोसा नयाँ राजनीतिक दलहरूप्रति पनि नरहेको मतदाताहरू बताउँछन्।

गेटा, कैलालीका मानबहादुर चौधरी भन्छन्,''नयाँ पनि पुरानाजस्तै त हुने होलान् नि।''

सहरी र ग्रामीण मतदाताका प्राथमिक मागमा केही भिन्नता देखिए पनि, विकास र सुशासनका सवाल सबैका लागि साझा देखिन्छन्।

सुदूरपश्चिम प्रदेशका चर्चित उम्मेदवार

कञ्चनपुरमा नारायण प्रकाश ''एनपी'' साउद तथा कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको क्षेत्र डडेल्धुरामा यस पटक नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महर चुनावी प्रतिस्पर्धामा छन्।

कैलालीको निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका लेखराज भट्ट तथा नेपाली कम्युनिस्ट पार्टीबाट पूर्व गृहमन्त्री तथा पूर्व एमाले नेता भीम रावल अछाम निर्वाचन क्षेत्र न १मा उम्मेदवार बनेका छन् ।

यस पटक कांग्रेसका चतुरबहादुर चन्द पनि मैदानमा छन्।

कञ्चनपुर १ मा बिना मगर, डोटीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रहीसकेका त्रिलोचन भट्ट र राष्ट्रिय स्वतन्त्र पार्टीका दिपकराज बोहरा पनि चर्चित उम्मेदवारमा पर्छन्।

चुनावी तथ्याङ्कमा सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश

कुल निर्वाचन क्षेत्र: १६

कुल मतदाता संख्या: १७१६६६०

महिला: ८६४४२३

पुरुष: ८५२२१९

अन्य: १८

कुल उम्मेदवार: २०६

महिला: १८

पुरुष: १८८

अन्य:

मतदान केन्द्र :२१९९

मतदान स्थल: ११७६

विगतको नतिजा कुन दलले जिते

कांग्रेस: ८

एमाले: २

एकीकृत समाजवादी: ३

नागरिक उन्मुक्ति: ३

माओवादी:०

टिकटकले जेन जी आन्दोलनको बेलासहितका तीन महिनामा नेपालबाट हटायो '२८ लाख भिडिओ'

चुनावैपिच्छे बदर मतको प्रतिशत बढ्दो, घटाउन निर्वाचन आयोग यसपालि के गर्दै छ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.