बाङ्ग्लादेशमा शेख हसिना सत्ताच्युत भएपछिको पहिलो आमनिर्वाचनमा मतदान हुँदै

बाङ्ग्लादेशमा शेख हसिना सत्ताच्युत भएपछिको पहिलो आमनिर्वाचनमा मतदान हुँदै

bbc.com . ३ घण्टा अघि

बाङ्ग्लादेशमा सन् २०२४ मा भएको घातक जुलाई विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई नाटकीयरूपमा पदबाट हटाएपछि बिहीवार पहिलो पटक आमनिर्वाचन हुँदै छ।

हसिनाको अवामी लीग पार्टीलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ भने प्रधानमन्त्रीका प्रमुख दाबेदार बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी र जमात-ए-इस्लामी दलबाट हुने अपेक्षा गरिएको छ।

जमात-ए-इस्लामीले विद्रोहबाट जन्मिएका शक्तिहरूसँग चुनावी सहकार्य गरेको छ।

यो दशकौँपछि पहिलो पटक बाङ्ग्लादेशका दुई प्रमुख राजनीतिक व्यक्तित्वहरू शेख हसिना र खालिदा जियाबिनाको चुनाव समेत हुँदै छ।

पूर्ण रूपमा बिथोलिएको राजनीतिक प्रणालीलाई ठिक गर्न अन्तरिम सरकारले प्रस्ताव गरेको संवैधानिक परिवर्तनको बारेमा जनमत सङ्ग्रहमा पनि मतदाताहरू सहभागी भइरहेका छन्।

के बाङ्ग्लादेशका युवा भारतविरोधी हुँदै छन्?

बाङ्ग्लादेशमा 'चुनावपछि प्रधानमन्त्री बन्न सक्ने' तारिक रहमान १७ वर्षपछि देश फिर्ता

भोलि नतिजा आउने अपेक्षा गरिएको चुनावका लागि व्यापक रूपमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

ढाकामा रहेकी बीबीसी संवाददाता योगिता लिमयले लामो समयपछि बाङ्ग्लादेशमा यतिखेर पहिलो पटक मतदानअघि नतिजाको ठोस भविष्यवाणी गर्न नसकिने अवस्था रहेको बताएकी छन्।

"यस चुनावमा मानिसहरूले आफूसँग विकल्प छ भन्ने महसुस गर्छन्," संवाददाता लिमय भन्छिन्।

जेनजी विद्रोहको छाया

सन् २०२४ मा भएका युवा नेतृत्वका प्रदर्शनले हसिनाको नेतृत्वमा १५ वर्षदेखि बढ्दो रूपमा अधिनायकवादी बनिरहेको शासनको अन्त्य गराएको थियो।

उक्त जेनजी विद्रोहका क्रममा ४६ दिनमा कम्तीमा १,४०० प्रदर्शनकारीहरू मारिएका थिए।

हसिनालाई दमनको आदेश प्रत्यक्ष रूपमा दिएको आरोप लगाइएको छ जुन उनले अस्वीकार गर्दै आएकी छन्।

हसिना बहिर्गमनको एक वर्ष : बाङ्ग्लादेशमा उत्सवका दृश्य तर अगाडिको बाटो कठिन

शेख हसिनाले आन्दोलनकारीमाथि घातक बल प्रयोग गर्न आदेश दिएको सुनिने अडिओ रेकर्ड

गत नोभेम्बरमा बाङ्ग्ला देशको एक अदालतले हसिनालाई उनको दमनको कारण मानवताविरुद्धको अपराध भएको भन्दै उनीविरुद्ध मृत्युदण्डको सजाय सुनाएको थियो।

हसिना देश छाडेर भागेदेखि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले बाङ्ग्लादेशको नेतृत्व गर्दै आएको छ।

बिहीवारको चुनावले बाङ्ग्लादेशका लागि प्रतिनिधि शासनको नयाँ युगको सुरुवात गर्ने धेरैको आशा छ।

पतिको हत्यापछि राजनीतिमा पाइला टेकेकी बाङ्ग्लादेशकी प्रथम महिला प्रधानमन्त्री

बाङ्ग्लादेशमा भारतले के गुमायो? इन्टरन्याश्नल क्राइसिस ग्रुपको प्रतिवेदनका सार र विज्ञका धारणा

दुईवटा मतपत्र

मतदाताले बिहीवार दुई वटा मतपत्र पाउने छन्।

पहिलो सेतो मतपत्रमा उनीहरूले आफ्नो निर्वाचन क्षेत्रबाट एक सांसद चयन गर्न मतदान गर्छन्।

दोस्रो गुलाबी मतपत्र राष्ट्रिय जनमत सङ्ग्रहका लागि हो वा होइन भन्न पाउँछन्।

बाङ्ग्लादेशमा प्रधानमन्त्री हसिनाको सत्ता ढाल्ने आन्दोलनको झिल्को कसरी सल्कियो?

खालिदा जियाका पति जियाउर रहमानको शव उत्खनन र पुन: गाडिएको कथा

त्यसमा मतदाताले संसद्मा बढ्ता महिला प्रतिनिधित्व, प्रधानमन्त्रीको कार्यकालको सीमा र १०० सदस्यीय माथिल्लो सदन मिलेर बनेको द्विसदनात्मक सदनसहितको सुधारका प्रस्तावित प्याकेजलाई हो वा होइन भन्न पाउँछन्।

जनमत सङ्ग्रह पारित भएमा अगाडि बढ्ने कुनै पनि संवैधानिक संशोधनलाई माथिल्लो सदनको बहुमतले अनुमोदन गर्नुपर्ने छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.