वाग्नर प्रमुख चढेको विमान आकाशबाट यसरी खस्यो
वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन चढेको एउटा निजी विमान दुर्घटनामा परेको र उक्त विमानमा चढेका सबै १० जनाको मृत्यु भएको रुसले जनाएको छ।
उक्त दुर्घटना मस्कोबाट पश्चिमोत्तरतिर भएको थियो।
रुसको आपत्कालीन मामिला हेर्ने मन्त्रालयका अनुसार उक्त विमान टिभेर क्षेत्रस्थित कुजेन्किनो गाउँमा आकाशबाट "खसेको" थियो।
रुसका अनुसार उक्त विमान मस्कोबाट सेन्ट पिटर्स्बर्गका लागि उडेको थियो।
विमानमा प्रिगोजिन र चालकदलका तीन सदस्यसहित १० जना भएको रुसले जनाएको छ।
गत जुन महिनामा प्रिगोजिनले रुसी सेनाविरुद्ध विद्रोह घोषणा गर्दै आफ्नो समूहका लडाकुहरूलाई मस्कोतिर कुच गराएका थिए। तर उक्त विद्रोह २४ घण्टाभित्रै टुङ्गिएको थियो।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Liked by: