
एकसाथ ५५५ जना नेपाली सेनालाई मादल बजाउन सिकाएका खर्कबहादुर
परिवारमा नयाँ बच्चा जन्मिँदा मादलको तालले स्वागत र कोही बितेमा बिदाइ पनि मादलको तालबाटै।
त्यस्तो परम्परा भएको समुदायमा जन्मिएका खर्कबहादुर बुढामगरको ध्याउन्न मादल बजाउँदै नाच्ने र गाउने भयो।
गाउँघरमा मादल बजाउँदै नाच्दै गर्दा धोको नमेटिएपछि उनी लागे राजधानीतिर- २०४३ सालमा।
रेडियो नेपालमा लोकगायन प्रतिस्पर्धामा तेस्रो स्थान हात लागेपछि वाद्यवादन उनको झन् बढी प्रिय भयो।
विसं२०४५ सालतिर राष्ट्रिय नाचघरमा कलाकारका रूपमा छानिएपछि उनी मादल प्रशिक्षकका रूपमा झुल्किए।
उनलाई परिवेशले मादल सिकायो औपचारिक गुरु कोही थिएनन्। उनले हजारौँलाई मादल सिकाउँदै आएका छन्।
खासमा उनलाई मादल बजाउनभन्दा पनि मन पर्ने काम हो नाच्नु र गाउनु।
विभिन्न लोकप्रिय लोकगीतमा मादल बजाएका उनी ‘डिस्टोनिया’ नामको स्नायुप्रणालीसम्बन्धी एक दुर्लभ रोगले पीडित बन्न पुगे।
सौभाग्यबस, नेपालमै उनको रोगको उपचार भयो।
नेपालका न्यूरोसर्जनहरूले उनलाई अपरेशन थिएटरमा मादल बजाउँदै शल्यक्रिया गरेका थिए, जुन सफल भयो।
त्यसपछि आफू सङ्गीतकर्ममा झन् दत्तचित्त बनेको उनी बताउँछन्।
गत वर्षमात्रै राष्ट्रिय नाचघरबाट अवकाश लिए पनि हाल उनी नाचघरमै मादल बजाउन सिकाउँछन्।
केही दिन अघि शिवरात्रि तथा सेना दिवसमा एकसाथ ५५५ वटा मादल बजाउन उनले सैनिक जवानलाई तीन महिनामा पोख्त बनाएको उनी बताउँछन्।
तर सामाजिक सञ्जालमा सुरक्षाकर्मीले सिँगारिएको मादल बजाउनु फजुलको खर्च भन्दै कतिपयले नेपाली सेनाको आलोचना गरेका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि
गौरवान्वित आमा कमला: जसको सहारामा रचना रिमालले भरिरहेकी छिन् सुन्दर उडान
अमेरिकन आइडल २०२०का उपविजेता 'अर्थर गन'को अङ्ग्रेजी नेपाली साङ्गीतिक यात्रा
मस्तिष्कको शल्यक्रिया गर्दा बिरामी आफैँले बजाए मादल

Liked by: