इरानको विद्यालयमा मारिएका विद्यार्थी र कर्मचारीको अन्तिम संस्कार

इरानको विद्यालयमा मारिएका विद्यार्थी र कर्मचारीको अन्तिम संस्कार

bbc.com . २ घण्टा अघि

इरानको दक्षिणी भागमा रहेको एउटा विद्यालयमा अमेरिका तथा इजरेलले गरेको आक्रमणमा मारिएका विद्यार्थी र कर्मचारीको अन्तिम संस्कार गरिएको इरानी अधिकारीहरूले जनाएका छन्।

इरानको मिनाब सहरको एउटा कन्या विद्यालयमा शनिवार भएको आक्रमणमा १६० जनाभन्दा धेरैको मृत्यु भएको उनीहरूको भनाइ छ।

उक्त घटना अमेरिका र इजरेलले इरानी सैन्य अखडा र नेतृत्वलाई निसाना बनाएर व्यापक हमला गर्ने क्रममा भएको थियो।

इरानमाथि अमेरिका र इजरेलको आक्रमण कति लम्बिन सक्छ

इरानका सर्वोच्च नेतालाई फेला पारेर मार्ने महिनौँ लामो अमेरिकी-इजरेली अभियान

बीबीसी न्यूजले इरानी अधिकारीहरूको मृत्यु सङ्ख्याबारे स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। उक्त विद्यालय इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी) को एउटा शिविरनजिकै थियो।

अमेरिकी सेनाले उक्त घटनाबारे आएका विवरणको अध्ययन गरिरहेको बताएको छ भने इजरेली सेनाले उक्त क्षेत्रमा कुनै कारबाही भएको बारेमा "आफूलाई थाहा नभएको" बताएको छ।

इरानको सरकारी टेलिभिजनले अन्तिम संस्कार कार्यक्रममा श्रद्धाञ्जि व्यक्त गर्न सडकभरि सयौँ शोकाकुल मानिसहरू उपस्थित रहेको प्रसारण गरेको थियो।

'अनगिन्ती अपराधको अर्को कालो पाना'

इस्लामिक गणतन्त्रको झण्डामा बेरिएका शव राखिएका बाकसहरू भिडको बीचबाट बोकेर लगिँदै गर्दा छोरीहरू गुमाएका आमा र बुवाहरूको चित्कार सुनिएको थियो।

उक्त विद्यालयमा शनिवार बिहान तीनवटा क्षेप्यास्त्र प्रहार भएको इरानी अधिकारीहरूले बताएका छन्। उक्त विद्यालय आईआरजीसीको आधारबाट लगभग ६०० मिटरको दूरीमा थियो।

इरानमा शनिवारदेखि बिहीवारसम्म छ दिन कार्यालय सञ्चालन हुन्छ।

त्यहाँ शुक्रवारमात्रै बिदा हुने भएकाले आक्रमण हुँदा सम्भवतः विद्यालय पूर्ण क्षमतामा सञ्चालनमा थियो।

इरानका राष्ट्रपति मसूद पेजस्कियानले उक्त घटनालाई "बर्बर कार्य" र "आक्रमणकारीहरूद्वारा गरिएका अनगिन्ती अपराधको सूचीको अर्को कालो पाना" भनेका छन्।

विदेशमन्त्री सैयद अब्बास अराग्चीले १६० जनाका लागि खन्दै गरिएका चिहानहरूको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, "ट्रम्पले जुन 'उद्धार' को वाचा गरेका थिए, त्यो वास्तवमा यस्तो देखिन्छ।"

बीबीसीले विस्फोटपछिको भिडिओ क्लिपको पुष्टि गरेको छ। त्यसमा नजिकै भिड जम्मा भएको र भवनबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ, केही मानिसहरू आत्तिएर चिच्याइरहेका छन्।

यूएईमा इरानी ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन विदेशीको मृत्यु

खामेनेई को थिए, उनको अनुपस्थितिमा अहिले इरानको सत्ता कसले चलाउने छन्?

रुबिओलाई प्रश्न : अमेरिकाले विद्यालयमा क्षेप्यास्त्र हानेको हो?

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इरान प्रवेश गर्नका निम्ति आवश्यक भिसा दिन प्राय: अस्वीकार गरिन्छ। त्यसैले उनीहरूले त्यहाँ गएर सूचना सङ्कलन गर्न सक्दैनन्।

बीबीसीले सोमवार अमेरिकी विदेशमन्त्री मार्को रुबिओलाई विद्यालयको भवनमा अमेरिकी क्षेप्यास्त्र प्रहार भएको हो भनेर सोधेको थियो।

"अमेरिकाले नियतवश कुनै पनि विद्यालयलाई निसाना बनाउँदैन," रुबिओको उत्तर थियो, "नागरिक पूर्वाधारलाई लक्षित गर्ने हाम्रो कुनै उद्देश्य छैन, र स्पष्ट रूपमा भन्दा कुनै कारण छैन।"

'यति ठूलो प्रहार थियो कि घर हल्लियो'

मध्यपूर्वमा लडाइँ चर्किने डर, नेपाली कामदारहरू कुन मनस्थितिमा छन्

उनले त्यस्तो किन भयो भन्नेबारे आफूसँग विस्तृत विवरण नभएको बताए। "तर के स्पष्ट कुरा के हो भने संयुक्त राज्य अमेरिकाले कुनै पनि विद्यालयलाई निसाना बनाउँदैन," विदेशमन्त्री रुबिओले भने।

अमेरिकी सञ्चारमाध्यममा सेन्ट्रल कमान्डका प्रवक्ता टिम हकिन्सलाई उद्धृत गरिएको छ, "हामी यी विवरणहरूलाई गम्भीरतापूर्वक लिन्छौँ।"

"नागरिकहरूको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण हो, र हामी अन्जानमा हुन सक्ने क्षतिको जोखिम कम गर्न आवश्यक सबै सावधानी निरन्तर अपनाउने छौँ," उनले भनेका छन्।

एक हजारभन्दा धेरैको सर्वसाधारणको मृत्यु

अमेरिकास्थित ह्यूमन राइट्स एक्टिभिस्टस् न्यूज एजेन्सी (एचआरएएनए) ले इरानमा फेब्रुअरी २८ तारिख यता १,०९७ सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

उक्त संस्थाका अनुसार ती मध्ये १८१ जना १० वर्षभन्दा कम उमेरका बालबालिका छन्।

एक सय बालबालिकासहित घाइते हुने सर्वसाधारणको सङ्ख्या ५,४०२ पुगेको एचआरएएनएले जनाएको छ।

विगत २४ घण्टामा मात्रै १०४ वटा आक्रमण भएको उसको भनाइ छ।

ती आक्रमणहरूले सैन्य अखडा, चिकित्सा केन्द्र र आवासीय क्षेत्रहरूलाई निसाना बनाएको एचआरएनएले जनाएको छ। थप सयौँ मृत्यु भएको भन्ने तथ्यबारे परीक्षण भइरहेको छ।

आफ्ना सर्वोच्च नेता खामेनेई मारिएका इरानद्वारा पुष्टि, चालिस दिने शोक घोषणा

इरानी आक्रमणको मार अमेरिकाका खाडी सहयोगी राष्ट्रहरूमाथि

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.