१० लाख डलर तिर्दा अमेरिकामा स्थायी बसोबासको अनुमति दिने 'ट्रम्प गोल्ड कार्ड' सुरु

१० लाख डलर तिर्दा अमेरिकामा स्थायी बसोबासको अनुमति दिने 'ट्रम्प गोल्ड कार्ड' सुरु

bbc.com . २ दिन अघि

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा १० लाख अमेरिकी डलर तिर्ने विदेशीहरूलाई लक्षित गर्दै द्रुत गतिमा अमेरिकाको विशेष भिसा दिने योजना सुरु गरेका छन्।

ट्रम्पले अमेरिका आप्रवासन गर्न चाहने धनाढ्य विदेशीहरूका लागि यस्तो विशेष भिसाको व्यवस्था यो वर्षको आरम्भतिर घोषणा गरेका थिए। यसलाइ 'ट्रम्प गोल्ड कार्ड' भनिएको छ।

ट्रम्पले बुधवार सामाजिक सञ्जालमा लेख्दै यो कार्ड किन्ने सबै "योग्य र जाँच गरिएका" व्यक्तिहरूले अमेरिकी नागरिकताका लागि "सोझै बाटो" पाउने जनाएका छन्। उनका अनुसार यो योजनाले अमेरिकी कम्पनीहरूलाई आफूसँग भएका 'मूल्यवान् र प्रतिभाशाली' व्यक्तिहरूलाई आफूसँगै राख्न दिने छ।

ट्रम्पको 'गोल्ड कार्ड' भिसा के हो, यस्तो सुविधा कुनकुन देशले दिन्छन्

अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने व्यवस्थाविरुद्ध सुनुवाइ गर्न सर्वोच्च अदालत सहमत

यो योजनाको वेबसाइटका अनुसार आफूले अमेरिकालाई "उल्लेख्य लाभ" पुर्‍याउन सक्छु भन्ने देखाउन सक्ने आवेदकहरूलाई यो भिसा प्रदान गरिन्छ।

गोल्ड कार्ड योजनाले "छोटो समयमै" अमेरिकामा स्थायी बसोबासको अनुमति सुनिश्चित गर्छ। तर आवेदकले त्यसका लागि १० लाख डलर शुल्क तिर्नुपर्छ। उक्त वेबसाइटले त्यो शुल्कलाई उक्त व्यक्तिले अमेरिकालाई धेरै लाभ पुर्‍याउन सक्छ भन्ने "प्रमाण" मानेको छ।

प्ल्याटिनम कार्ड आउँदै

आफ्ना कर्मचारीहरूलाई प्रायोजन गर्ने व्यापार व्यवसायहरूले २० लाख डलर र अतिरिक्त शुल्क तिर्नुपर्छ। यो योजनाअन्तर्गत 'प्ल्याटिनम कार्ड' पनि चाँडै उपलब्ध हुने बताइएको छ।

पचास लाख डलर तिरेर उक्त कार्ड लिने व्यक्तिले विशेष कर छुट पाउने वेबसाइटमा उल्लेख गरिएको छ।

आवेदकहरूले आफ्नो परिस्थितिका आधारमा अतिरिक्त शुल्क तिर्नुपर्ने हुन सक्छ। आफ्नो आवेदनको समीक्षा हुनुअघि सुरुमा उनीहरूले 'प्रशोधन शुल्क'का रूपमा १५,००० डलर तिर्नुपर्छ। उक्त शुल्क फिर्ता हुँदैन।

'डीभी' भर्न अब एक डलर तिर्नुपर्ने नियमबाट नेपालमा 'लोकप्रिय' यो चिट्ठा कार्यक्रममा पर्न सक्ने असर

ट्रम्पद्वारा 'तेस्रो विश्वका देश'बाट हुने आप्रवासनमा 'स्थायी रोक' लगाउने टिप्पणी

ट्रम्प प्रशासनले १९ देशका 'ग्रीनकार्ड' धारकहरूको किन पुन: परीक्षण गर्दै छ

अमेरिका के चाहन्छ

गत फेब्रुअरीमा यो योजना घोषणा गर्दा ट्रम्पले गोल्ड कार्ड भिसा ग्रीन कार्डजस्तै हुने र त्यसले भिन्नाभिन्नै आयस्तर भएका आप्रवासीहरूलाई अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अनुमति दिने बताएका थिए।

ग्रीन कार्ड भएका विदेशीहरू सामान्यतया पाँच वर्षमा अमेरिकाको नागरिकता लिन योग्य हुन्छन्।

अमेरिकाले "उत्पादनशील मानिसहरू" खोजेको भन्दै ट्रम्पले गोल्ड कार्ड विशेष गरी "उच्च तहका" पेसाकर्मीहरूप्रति लक्षित भएको स्पष्ट पारेका छन्।

"पचास लाख डलर तिर्न सक्ने मानिसहरूले रोजगारी सिर्जना गर्ने छन्," ट्रम्पले भने। "तँछाडमछाड हुँदै यो बिक्ने छ। यो फाइदा हुने लेनदेन हो।"

अमेरिकामा आप्रवासन नियन्त्रण गर्न ट्रम्पका विभिन्न कदम, शरण माग गर्ने एप खारेज

अमेरिकाबाट 'अवैध' आप्रवासी निकाला गर्न सेनाको विमान किन

आप्रवासनबारे ट्रम्प प्रशासनका अन्य निर्णय

घोषणा भएदेखि नै गोल्ड कार्ड योजनाको आलोचना हुँदै आएको छ। केही डेमोक्र्याट नेताहरूले यो योजनाबाट धनी व्यक्तिहरू मात्र लाभान्वित हुने औँल्याएका छन्।

ट्रम्प प्रशासनले आप्रवासीहरूलाई देशनिकाला गर्न ठूलो साधनस्रोत खर्च गरिरहेकै बेला धनी विदेशीहरूका लागि यो योजना सुरु भएको छ।

अमेरिकाले विभिन्न १९ देशका नागरिकहरूले आप्रवासन अनुमति खोज्दै गरेका भिसा आवेदनहरू मुल्तबीमा राखेको छ। तीमध्ये अधिकांश देशहरू ट्रम्पले यात्राका लागि प्रतिबन्ध लगाएका अफ्रिका र मध्यपूर्वका राष्ट्र छन्।

ट्रम्पले एच-१बी भिसा शुल्क १ लाख डलर पुर्‍याउँदा भारतमा किन धेरै चिन्ता

किन भारतीयहरू अमेरिकी सपना पूरा गर्न जस्तोसुकै खतरा मोल्न तयार छन्

नेपाली नागरिकहरूलाई देशनिकाला गर्दा अमेरिकाले कस्तो कारण देखाउँछ

सरकारले अमेरिकामा शरण खोज्ने विदेशहरूले दिएका आवेदनमा तत्काल कुनै निर्णय नगर्ने र राष्ट्रपति जो बाइडनका पालामा अनुमति पाएका हजारौँ व्यक्तिहरूबारे फेरि समीक्षा हुने जनाएको छ।

दक्ष विदेशी कामदारहरूलाई अमेरिकाले दिँदै आएको एच-१बी भिसाका लागि आवेदकहरूले एक लाख डलर शुल्क बुझाउनुपर्ने निर्णयमा ट्रम्पले सेप्टेम्बर महिनामा हस्ताक्षर गरेका थिए।

उक्त निर्णयले अमेरिकामा भएका विदेशी विद्यार्थी र प्रविधि कम्पनीहरूलाई ठूलो चिन्तामा पारिदियो। पछि ह्वाइट हाउसले उक्त शुल्क विदेशमा भएका नयाँ आवेदकहरूका लागि भएको स्पष्टीकरण दिए।

अमेरिकाको भिसा लिन १५,००० डलर धरौटी राख्नुपर्ने नियम

बस्ने कि जाने? 'हिँडेर' अमेरिका छिरेका चिनियाँको सपना ट्रम्पको शासनमा धमिलिँदै

के ट्रम्पले साँच्चै लाखौँ आप्रवासीलाई देशनिकाला गर्न सक्छन्

'अमेरिकी सपना' का लागि ज्यान जोखिममा राखेर यस्तो खतरनाक यात्रा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.