मतदानको अघिल्लो दिन चुनावको तयारी कस्तो छ?
bbc.com
. २ घण्टा अघि
प्रतिनिधिसभाको निर्वाचनका लागि १६५ वटा निर्वाचन क्षेत्रमा भोलि फागुन २१ गते एकै चरणमा मतदान हुन लागेको छ
यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
निर्वाचनमा प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि छुट्टाछुट्टै मतपत्र हुने छन्
गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा भङ्ग भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन हुन लागेको हो
निर्वाचन आयोगले देशभरि रहेका सबै मतदानकेन्द्र र मतदानस्थलमा निर्वाचन सामग्री र निर्वाचन गराउने कर्मचारी पठाइसकिएको जनाएको छ
निर्वाचनका दृष्टिगत गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ
मतदानको अघिल्लो दिन चुनावको तयारी कस्तो छ?
Comment
Liked by: