ट्रम्पको विश्वव्यापी आयात शुल्कमा अदालतको अङ्कुश पछि नयाँ १० प्रतिशत ट्यारिफ घोषणा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका विश्वव्यापी ट्यारिफ अर्थात् आयात शुल्क अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएपछि ट्रम्पले नयाँ १० प्रतिशत करको घोषणा गरेका छन्।
ह्वाइट हाउसले गत वर्ष घोषणा गरेका अधिकांश ट्यारिफ अवैध रहेको ठहर गरेका न्यायाधीशहरूको पनि ट्रम्पले आलोचना गरेका छन्।
अदालतमा बहुमत न्यायाधीशहरूले ट्रम्पले आफ्नो अधिकारहद पार गरेको ठहर गरेका थिए। छ जना न्यायाधीशले ट्यारिफ अवैध भएको ठहर गर्दा बाँकी तीन जना विपक्षमा उभिएका थिए।
यो आदेशलाई अमेरिकी व्यवसायी र नयाँ आयात शुल्कविरुद्ध अदालत पुगेका अमेरिकी राज्यहरूको जितका रूपमा चर्चा गरिएको छ।
अमेरिकाले इतिहासमा किनेका यी भूभाग जसले उसको वर्तमान सिमाना निर्धारण गरेका छन्
यसले नयाँ ट्यारिफ बापत जम्मा भएको अर्बौँ डलर फिर्ता हुने बाटो पनि खोलेको छ। तर शुक्रवार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले कानुनी लडाइँ बिना कर फिर्ता नहुने सङ्केत गरेका छन्।
ट्यारिफलाई निरन्तरता दिन अब अरू कानुनको सहारा लिनसक्ने समेत उनले बताएका छन्।
आयात शुल्कले अमेरिकामा लगानी र उत्पादन बढ्न सहयोग पुग्ने ट्रम्पको दाबी छ।
अमेरिकी अदालतको फैसलाले विश्वव्यापी व्यापारमा भने नयाँ अनिश्चितता थपेको छ।
गत वर्ष मेक्सिकोलाई लक्षित गरेर लागु गर्न सुरि गरिएको ट्यारिफ पछि क्यानडा चीन सहित दर्जनौँ अमेरिकी व्यापारिक साझेदार देशहरूबाट आयात हुने सामग्रीमा बिस्तार गरिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: