पौडी पोखरी जत्रो क्षुद्रग्रह २३ वर्षपछि पृथ्वी नजिकै 'आइपुग्ने', धर्तीमा बज्रने सम्भावना कति? 

पौडी पोखरी जत्रो क्षुद्रग्रह २३ वर्षपछि पृथ्वी नजिकै 'आइपुग्ने', धर्तीमा बज्रने सम्भावना कति? 

bbc.com . ३ महीना अघि

नयाँ पत्ता लागेको एउटा एस्टेरोइड अर्थात् क्षुद्रग्रहले अबको २३ वर्षपछि पृथ्वीमा प्रभाव पार्ने सम्भावना न्यून रहेको अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गलवार जनाएको छ।

ओलिम्पिक्स खेलमा प्रयोग हुने पौडी पोखरी जत्रो आकारको उक्त चट्टानी टुक्रा पृथ्वीमा ठोकिने अवस्था आए त्यो सन् २०४६ को प्रणय दिवसका दिन आइपुग्ने नासाको पूर्वानुमान छ।

हरेक वर्ष फेब्रुअरी १४ का दिन प्रणय दिवस मनाउने गरिएको छ।

नासाका अनुसार उक्त क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिकको दूरीबाट १८ लाख किलोमिटर टाढा छ।

अनुसन्धानकर्ताले यसबारे थप तथ्याङ्क सङ्कलन गरिरहेका छन्।

विस्तृत विवरणपछि अहिले गरिएको प्रक्षेपण परिवर्तन पनि हुनसक्छ।

पृथ्वीमा क्षतिको सम्भावना

नासाले उक्त क्षुद्रग्रहलाई ‘२०२३ डीडब्लू’ नाम दिएको छ र यसले पृथ्वीमा क्षति पुर्‍याउने सम्भावना ५६० मा एक रहेको जनाएको छ।

पृथ्वीलाई असर गर्ने सूचीमा नासाले राखेका अन्तरिक्ष चट्टानहरू मध्ये यो एक नम्बरमा छ।

शून्य देखि १० सम्म सूचीकृत गरिएका अन्तरिक्ष वस्तुहरू पृथ्वीमा ठोकिने जोखिम हुन्छ।

शून्यमा सूचीकृत गरिएका अन्य वस्तुहरूको जोखिम शून्य हुन्छ।

करोडौँ वर्षअघि डाइनसोर लोप हुनेगरी महाप्रलय हुँदा 'एउटाभन्दा बढी क्षुद्रग्रह पृथ्वीमा बज्रिएको हुनसक्छ'

५०,००० वर्षपछि पृथ्वीनजिक आइपुग्दैछ यो दुर्लभ पुच्छ्रेतारा

एक नम्बरमा सूचीकृत भनेको पृथ्वीमा ठोकिने सम्भावना निकै कम रहेको र आम चिन्ताको विषय नभएको नासाको जेट प्रोपल्सन ल्याबोरेटरीले जनाएको छ।

“यो वस्तु खासै चिन्ता लिनुपर्ने किसिमको होइन,” उक्त ल्याबोरेटरीका एक जना इन्जिनियरले सीएनएनसँग भने।

कस्तो क्षति हुनसक्छ?

यदि यो क्षुद्रग्रह पृथ्वीमा बज्रिए पनि छ करोड ६० लाख वर्षअघि पृथ्वीबाट डाइनसोर लोप गराउने जस्तो प्रभाव नहुने बताइएको छ।

अहिलेको गल्फ अब मेक्सिको भनिने स्थानमा एउटाभन्दा बढी क्षुद्रग्रह बज्रिँदा पृथ्वीबाट डाइनसोर लोप भएको थियो।

उक्त क्षुद्रग्रह १२ किलोमिटर चौडा रहेको साइन्टिफिक अमेरिकनले अनुमान गरेको छ।

त्यसले २०० किलोमिटर चौडा खाडल बनाएको र त्यस क्रममा ठूलो भूकम्प र सुनामी मात्र हैन विश्वभरि आगोको ज्वालायुक्त आँधी फैलिएको बताइन्छ।

सानो भए पनि ‘२०२३ डीडब्लू’ पृथ्वीको प्रमुख सहर वा ठूलो जनघनत्व भएको क्षेत्रमा ठोकिन आइपुगे व्यापक क्षति निम्त्याउन सक्ने ठानिएको छ।

आजभन्दा १० वर्षअघि रुसमा एउटा उल्का बज्रिएको थियो जसले २०० वर्ग माइल टाढासम्म तरङ्ग पैदा गर्नुका साथै झ्यालका सिसाहरू फुटाइदिएको थियो। उक्त घटनामा करिब १५०० मानिसहरू घाइते भएका थिए।

पृथ्वीको नजिकै आएर गयो एउटा क्षुद्रग्रह

एपोफिस एस्टेरोइड र तीन सम्भावित खतरनाक एस्टेरोइडहरू

वैज्ञानिकहरूले क्षुद्रग्रहबाट हुनसक्ने सम्भावित जोखिमबारे वर्षौँदेखि तयारी गरिरहे पनि यस्ता चट्टानहरू पृथ्वीमा आइपुग्ने सम्भावना निकै कम हुन्छ।

गत अक्टोबरमा नासाले आफ्नो डबल एस्टेरोइड रिडिरेक्सन टेस्टमा एउटा अन्तरिक्षयानले ठक्कर दिएर सानो क्षुद्रग्रहको बाटो परिवर्तन गरिदिएको दाबी गरेको थियो।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.