
टी२० विश्वकपमा नेपाल छानिने निश्चित, दुई खेल बाँकी छँदै यसरी सम्भव भयो यात्रा
दुई खेल बाँकी छँदै नेपाल सन् २०२६ को हुने टी२० विश्वकप क्रिकेटका लागि छनौट भएको छ। योसँगै लगातार टी२० विश्वकप खेल्ने नेपालको लक्ष्य पूरा हुने भएको छ।
बुधवारको खेलमा यूएईले सामोआलाई पराजित गरेसँगै अङ्कतालिकाका आधारमा नेपालको विश्वकप यात्रा सुनिश्चित भएको हो।
सन् २०२६ को फेब्रुअरी र मार्चमा हुने टी२० विश्वकप क्रिकेट यो पटक भारत र श्रीलङ्कामा हुँदै छ।
नेपाल विरुद्ध ओमान: समानता र फरक के के
कतारमाथि जितसँगै नेपाललाई अब विश्वकप छनोटका लागि आवश्यक समीकरण
नेपाल र ओमानबीच आज राति सुरु हुने प्रतीक्षित खेलअगावै यी दुवै टोली टी२० विश्वकपका लागि छनोट भएका हुन्।
बुधवार दिउँसो भएको खेलमा यूएईले सामोआलाई पराजित गरेपछि दुई खेल बाँकी छँदा नै दुवै टोलीले विश्वकपको यात्रा निश्चित भएको हो।
कसरी छनोट भए नेपाल र ओमान

'सूपर सिक्स'मा सहभागी छ टोलीको अङ्कतालिकामा नेपाल र ओमानको ६/६ अङ्क छ।
आजको जित सँगै यूएईले तीन खेलबाट ४ अङ्क जोड्यो।
बाँकी टोलीहरूमा जापान र कतारसँग २/२ अङ्क छ भने सामोआ अङ्कविहीन छ।
अब अङ्कतालिका र समीकरणको कुरा गरौँ।
सुरुवात पुछारको टोली सामोआबाट गरौँ। सूपर सिक्समा खेलेको तीनमध्ये दुई खेलमा सामोआ पराजित भएकाले उसको शून्य अङ्क छ।
त्यसैले बाँकी दुई खेल जितेमा पनि टोलीको अङ्क ४ मात्र हुने छ। अर्थात् सामोआले नेपाल र ओमानको ६ अङ्क छुन सक्ने कुरै भएन।
नेपाल-वेस्ट इन्डिज क्रिकेट शृङ्खलाको अर्थ यसकारण जितहारमा मात्र सीमित छैन
नेपालको टी-२० विश्वकप खेल्ने बाटो कस्तो ?
पाँचौँ स्थानमा रहेको कतारको स्थिति पनि त्यही नै हो। कतारले सूपर सिक्समा तीन खेल खेल्दा एक जितका साथ २ अङ्क मात्र जोड्न सकेको छ। त्यसैले उसले अब अन्तिम खेलमा सामोआलाई जितेमा पनि ४ अङ्क मात्र हुने छ। उसले पनि ६ अङ्क छुन सक्ने छैन।
अब शीर्ष ३ को दौडमा यूएई र जापानको सम्भावना बढी हुन सक्छ।
तालिकाको चौथो स्थानमा रहेको जापानको पनि दुई खेलबाट एक जितका साथ २ अङ्क छ र उसले दुई खेल खेल्न बाँकी छ। भोलि बिहीवार जापानको खेल यूएईसँग हुने छ।
यूएईका लागि यो लीगमा अन्तिम खेल हो।
यदि भोलि हुने खेलमा यूएईले जितेमा यूएई ६ अङ्कका साथ शीर्ष तीन मा उक्लिनेछ। यदि जापानले जितेमा भने दुवैको ४/४ अङ्कको बराबरी हुनेछ।
अनि जापानले थप २ अङ्कका लागि अन्तिम खेलमा हाल शीर्ष स्थानमा रहेको ओमानको सामना गर्नुपर्ने छ।
यी सबैको नतिजा जेजस्तो आए पनि जापान र यूएईमध्ये एक टोलीले मात्र छ अङ्क प्राप्त गर्न सक्ने छन्।
अर्थात् बाँकी खेलको नतिजा जेजस्तो आए पनि नेपाल र ओमानको अङ्कलाई उछिन्ने छैन।
लीगको दुई अङ्कको फाइदा

'सूपर सिक्स'मा पुगेको छ वटा टोलीमा नेपाल, ओमान र यूएईले समूह चरणबाटै २ अङ्क लिएर आएका थिए।
सूपर सिक्समा २ अङ्क त्यो टोलीले मात्र पाउँथ्यो, जसले समूह चरणमा हराएको प्रतिद्वन्द्वी पनि सूपर सिक्समा पुगेको होस्।
जस्तै नेपालले समूह चरणमा जापानलाई हराएको थियो र जापान पनि सूपर सिक्समा उक्लिएको थियो।
नेपाल र ओमान दुवैले सूपर सिक्समा युएई र कतारलाई हराउँदै ६/६ अङ्क जोडेर तालिकाको शीर्ष २ मा रहन सफल भएका हुन्।
अब नेपालले ओमान र त्यसपछि अन्तिम खेलमा शुक्रवार सामोआको सामना गर्ने छ।
अस्ट्रेलिया जान लागेका तर विमानस्थलबाटै फर्केका नन्दन यादवको क्रिकेट यात्रा
नेपालको राष्ट्रिय क्रिकेट टोलीभित्रको रोचक प्रतिस्पर्धा
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Liked by: