धादिङ बस दुर्घटनामा विदेशी सहित १८ जनाको मृत्यु
धादिङमा गत राती भएको यात्रुवाहक बस दुर्घटनामा विदेशी नागरिक सहित १८ जनाको मृत्यु भएको घटनास्थलबाट त्यहाँका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट काठमाण्डू तर्फ गइरहेको उक्त बस धादिङको बेनीघाट रोराङ्ग-५ मा सडकबाट त्रिशूली नदी छेउमा खसेको थियो।
घटनास्थल पृथ्वी राजमार्ग अन्तर्गतको चरौँदी बजार नजिक पर्छ। प्रमुख जिल्ला अधिकारी विजयराज सुबेदीले बस सडकबाट करिब ३०० मिटर तल खसेको बताए।
उनका अनुसार दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरी उपचारको लागि पठाएको छ।
प्रमुख जिल्ला अधिकारी सुबेदीका अनुसार बस सडकबाट आफ्नै साइडबाट तल खसेको छ।
तर बस दुर्घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन।
'न सास भेटियो न लास': बस दुर्घटनामा परेका यात्रुका आफन्तको पीडा
‘बसमा मेरो परिवारका पाँच जना थियौँ, म मात्रै बाँचेँ’
उद्धारमा समस्या
दुर्घटना रातको करिब १ बजे भएको थियो। ज्यान गुमाउनेमा चारजना महिला रहेको बताइएको छ।
बस त्रिशूली नदी किनारमा खसको र त्यो ठाउँ ठाडो भिरालो भएकाले घाइतेहरूलाई नदीको एक किलोमिटर जति तल्लो भागमा पुर्याएर उद्धार गर्न सकिएको प्रमुख जिल्ला अधिकारी सुबेदीले बताए।
पानीभित्र ६० फीटसम्म जान्छन् गोताखोरहरू: जोखिमपूर्ण काम, सेवा सुविधा कम अनि कस्ता कस्ता अनुभव?
'मोटरसाइकलमा धेरै जोखिम': काठमाण्डूमा हुने दुर्घटनामा दुईपाङ्ग्रे सवारीसाधनको सङ्ख्या अधिक
कतिपय घाइतेहरूको अवस्था गम्भीर छ। र उनीहरूलाई उपचारको लागि काठमाण्डू पठाइएको प्रशासनले जानकारी दिएको छ।
बस दुर्घटनाको पनि कारणबारे केही बताइएको छ।
पृथ्वी राजमार्ग खण्डमा बस दुर्घटना पटक पटक हुने गर्छ। तर दुर्घटनाको यकिन कारण खुल्ने गरेको पाइँदैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: